Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ४ हप्ता अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    २ महिना अगाडि
    Facebook X (Twitter) Instagram
    Bedanta Press
    • होमपेज
    • समाज
    • अनुसन्धान
    • खोज
    • पुरातत्व
    • प्रकाशन
      • रिपोर्ट
      • लेख
    • बहस
      • प्रकृति
      • शिक्षा
      • समाज
      • संस्कृति
    • मल्टिमिडिया
    • रैथाने ज्ञान
    • सम्पदा
    Bedanta Press
    Home » कालो खुर्सानी: रोगको काल
    मुख्य स्टोरी

    कालो खुर्सानी: रोगको काल

    दामोदर न्यौपानेदामोदर न्यौपाने९ महिना अगाडि3 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Follow Us
    Google News Flipboard Threads
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    झापा, भदौ ५ गते ।

    ​खुर्सानीको रंग कस्तो हुन्छ ? उत्तर आउँछ- काँचो भए हरियो, पाकेको रातो ! तर बजारमा नदेखिए पनि झापाका बंगैचामा भने रातो मात्र हैन कालो खुर्सानी पनि फल्न थालेका छन ।

    नेपालमा विशेष गरी अकबरे वा डल्ले खुर्सानीको चर्को पिरोले जिब्रो तर्साउने गर्छ। रातो रङ र तीखा स्वादका लागि परिचित यी खुर्सानीहरू नेपाली भान्साको अभिन्न अंग बनिसकेका छन्। तर, झापाको बिर्तामोडमा भने नेत्र यो बर्ष आफ्नो बगैचामा कालो खुर्सानी रोप्नु भएको छ, जुन उहाँको लागि एउटा फरक र अनौठो यात्राको सुरुवात हो । यसको खेती देशका बिभिन्न ठाउँमा आफूलाई खान रोप्ने गरिन्छ । तर नेत्र खनालको लागि चाहिँ यो नौलो खेती हो । अरू ठाउँमा पनि यसको खेती हुन्छ होला तर मैले सुनेको थिइन, उनले भने, यो मेरो लागि नौलो खेती हो ।´

    मसलाको रूपमा प्रयोग हुने कालो खुर्सानीको बिरुवा नेपाला कमै भेटिन्छ। त्यसैले नेत्र खनालले आफ्नो करेसाबारीमा लगाएको कालो खुर्सानीको बिरुवा अहिले धेरैको लागि चासोको विषय बनेको छ। अहिले बिरुवामा लटरम्म कालो खुर्सानीका दाना फलेका छन्, जसले नेत्र खनालको मेहनत र धैर्यको कथा भनिरहेका छन्।

    ​तर, यति धेरै फले पनि यसको स्वाद कस्तो छ भन्ने कुरा धेरैलाई थाहा छैन। स्वयं नेत्र खनाललाई पनि यसको स्वादबारे निश्चित जानकारी छैन । किनकि यो पूर्ण रूपमा पाकेर प्रयोग गर्ने अवस्थामा पुगेको छैन।

    ​ नेत्रका छोरा सन्तोष खनालले भने यो खुर्सानीको स्वाद चाखिसकेका छन्। उनको अनुभव फरक छ। “यसको स्वाद अर्कै हुन्छ,” उनले भने, “अकबरेजस्ता खुर्सानीको जस्तो स्वाद हुँदैन। हल्का तितो पनि हुन्छ।”

    सन्तोषलाई यसको स्वाद त्यति मिठो लागेको छैन। उनको अनुभवले के देखाउँछ भने, हामीले परम्परागत रूपमा खाँदै आएको चर्को पिरो खुर्सानीको जस्तो स्वाद कालो खुर्सानीमा पाइँदैन। यसको स्वादमा हल्का तीतोपन हुन्छ, जुन हाम्रो जिब्रोका लागि नयाँ अनुभव हो।

    ​कालो खुर्सानी मुख्यतया मसलाको रूपमा प्रयोग हुने र यसलाई सुकाएर पिँधेपछि मात्र यसको वास्तविक सुगन्ध र स्वाद आउँछ । कालो खुर्सानीले किसानहरूलाई नयाँ आम्दानीको बाटो पनि देखाउन सक्छ।

    नेत्रको मात्र नभै उनका छिमेकीले पनि आफ्नो बगैचामा कालो खुर्सानी रोपेका छन । यसको बिउ समेत पाइन्छ । दराज अनलाइनको मेन्युमा समेत कालो खुर्सानीको बीउ भेटिन्छ ।

    दुर्लभ खुर्सानी

    नेत्र खनालले भर्खर रोपे पनि यसको खेती पहिले देखि नै हुने गरेको छ । स्याङजाका पूर्णबिक्रम खाँड ४० बर्ष अघि कालो खुर्सानी रोपेको सम्झाउँछन । उनी भन्छन, `पहिला हाम्रोमा हुन्थ्यो । अहिले डल्ले छ ।´

    हेटौंडाकी उमा मैनालीले पनि आफ्नो बगैचामा कालो खुर्सानी रोपेको बताइन । `हाम्रो बारीमा धेरै पहिला देखि फलिरहेको छ, आफूलाई खान ।´

    दराजले बिउ बाँड्न थालेपछि काठमाडौँमा पनि गमलामा फल्न लागेका छन । स्याङजाका लालु पान्डेले स्वयम्भुमा आफ्नो घरको गमलामा कालो खुर्सानी फलाएका छन । रामेछापकी शालिसा ढुङानाले पनि भक्तपुरको बोडेमा कालो खुर्सानी फलाएकी छिन ।

    रंगीचंगी खुर्सानी

    कालो मात्र हैन, प्याजी रंगको खुर्सानी पनि कतै कतै फलेका छन । इटहरीकि साहित्यकार दीपा दिपहरीले प्याजी रंगको खुर्सानी फलाएको जानकारी दिइन । `हाम्रो गाउँतिर एउटा/एउटा देखिन्छ,´उनले भनिन ।

    पहेलो रंगको खुर्सानी पनि कतै कतै भेटिन्छ । गोरखाका कैलाशबाबु श्रेष्ठले आफ्नो बारीमा पहेलो रंगको खुर्सानी भएको जानकारी दिए ।

    कालो खुर्सानी : भान्साको औषधि

    ​कालो खुर्सानीमा पाइने पाइपरिन नामक तत्वले पाचन क्रियामा सुधार ल्याउन, रोग प्रतिरोधात्मक क्षमता बढाउन र तौल घटाउनसमेत मद्दत गर्छ। यसका यी औषधीय गुणहरूले नेपाली बजारमा यसको माग सिर्जना गर्न सकिने सम्भावना छ। यद्यपि, सन्तोषले भनेझैं यसको स्वादमा रहेको तितोपनलाई स्वीकार गर्दै नेपाली बजारमा यसको माग कसरी बढाउन सकिन्छ भन्ने कुरा भने महत्त्वपूर्ण चुनौतीको रूपमा रहनेछ।

    ​झापा लगायत अन्य ठाउँमा पनि कालो खुर्सानीको एक दुई बोट रोपिएका छन । यसले कृषि क्षेत्रमा एउटा नयाँ आशा जगाएको छ। औषधीय गुणले भरिपूर्ण यो खुर्सानीको व्यावसायिक उत्पादन भयो भने नेपालले विदेशी बजारमा पनि कालो खुर्सानी निर्यात गर्न सक्ने सम्भावना छ।

    Author

    • दामोदर न्यौपाने

      न्यौपाने वेदान्त प्रेसका सम्पादक हुन् । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा संलग्न न्यौपानेका कर्मः सिकाइमा गहिरिएको खाडल, सम्पदा लडाइँ, स्कुल बेच्ने बालकसहित दर्जन बढी पुस्तक प्रकाशित छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    दामोदर न्यौपाने

    न्यौपाने वेदान्त प्रेसका सम्पादक हुन् । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा संलग्न न्यौपानेका कर्मः सिकाइमा गहिरिएको खाडल, सम्पदा लडाइँ, स्कुल बेच्ने बालकसहित दर्जन बढी पुस्तक प्रकाशित छन् ।

    Related Posts

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ४ हप्ता अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    २ महिना अगाडि
    Leave A Reply Cancel Reply

    Demo
    Don't Miss

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    वेदान्त प्रेस३ हप्ता अगाडि

    ​ समाजको ऐना मानिने पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव सँगाल्नुभएका र १९ वटाभन्दा बढी…

    जगदुल्लाको शैक्षिक उडान

    ४ हप्ता अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    २ महिना अगाडि

    विद्यालय ज्ञान आर्जन गर्ने स्थान मात्र होइन, अनुशासन, संस्कार र जीवन जिउने कला सिक्ने दोस्रो घर हो

    ३ महिना अगाडि
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo
    About Us
    About Us

    वेदान्त प्रेस – ज्ञान, अनुसन्धान र बौद्धिक विमर्शको मञ्च

    वेदान्त प्रेस एउटा अनलाइन प्रकाशन गृह र बौद्धिक मञ्च हो । हाम्रो मुख्य उद्देश्य नेपालको शैक्षिक, सांस्कृतिक, पुरातात्विक र प्राकृतिक सम्पदाका क्षेत्रमा गहन अनुसन्धान, विश्लेषण र खुला बहसलाई बढावा दिनु हो ।

    ‘वेदान्त’ शब्दले बोकेको ज्ञानको गहिराइ, सत्यको खोजी र अन्तर्निहित एकताको भावनालाई आत्मसात् गर्दै, हामी पूर्वीय ज्ञान परम्परालाई आधुनिक अनुसन्धान विधिहरूसाग जोडेर नयाँ आयामहरू पत्ता लगाउने प्रयत्नमा छौं ।

    Facebook X (Twitter) Pinterest YouTube WhatsApp
    Our Picks

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ४ हप्ता अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    २ महिना अगाडि
    Most Popular

    मोक्षको भ्रम र वास्तविक मार्ग: के हामी सही बाटोमा छौँ ?

    १० महिना अगाडि5 Views

    निलकण्ठ धामः आध्यात्मिकताको नयाँ ज्योति

    १० महिना अगाडि7 Views

    राष्ट्रिय विभूति अरनिकोको जन्मघर: इतिहास र संरक्षणको नयाँ पहल

    ५ महिना अगाडि8 Views
    © 2026 GoSA Desktop. Designed by GOSA.
    • Home

    Type above and press Enter to search. Press Esc to cancel.