Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालबालिकालाई हुर्काउने कला: ‘सकारात्मक अभिभावकत्व’ पुस्तक समीक्षा

    २ दिन अगाडि

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ महिना अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ३ महिना अगाडि
    Facebook X (Twitter) Instagram
    Bedanta Press
    • होमपेज
    • समाज
    • अनुसन्धान
    • खोज
    • पुरातत्व
    • प्रकाशन
      • रिपोर्ट
      • लेख
    • बहस
      • प्रकृति
      • शिक्षा
      • समाज
      • संस्कृति
    • मल्टिमिडिया
    • रैथाने ज्ञान
    • सम्पदा
    Bedanta Press
    Home » शिक्षामा संस्कार र सिर्जनाको खोजी
    मुख्य स्टोरी

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    दामोदर न्यौपानेदामोदर न्यौपाने४ महिना अगाडि4 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Follow Us
    Google News Flipboard Threads
    Share
    Facebook Twitter LinkedIn Pinterest Email


    हामी प्राय विकासलाई सिमेन्टको संरचना, चौंडा सडक र अग्ला भवनहरूसँग मात्र जोडेर हेर्ने गर्छौं । तर, के इाट्टा र ढुङ्गाको थुप्रो मात्रै विकास हो ? यदि एउटा बालकले आफ्ना अग्रजलाई सम्मान गर्न जान्दैन, उसको मनमा सिर्जनाको भोक छैन र उसको चरित्रमा इमानदारिताको सुगन्ध छैन भने, ऊ जतिसुकै भव्य भौतिक संरचनामा बसे पनि त्यो समाज समृद्ध हुन सक्दैन । वास्तवमा, साँचो विकास त हाम्रा नानीबाबुहरूको मस्तिष्कमा अङ्कुरित हुने विचार र उनीहरूको व्यवहारमा देखिने असल संस्कारमा लुकेको हुन्छ ।
    काठमाडौं सामाखुसीस्थित ज्ञान संस्कार इन्टरनेशनल स्कुलको वार्षिक मुखपत्र ‘स्पन्दन’ विमोचन गर्ने क्रममा मैले यही सत्यलाई पुनः गहिरोसाग महसुस गर्ने मौका पाएँ । जब स–साना भाइबहिनीहरूले आˆना कापीका पानामा कोरेका सपना र भावनाहरूलाई एउटा कभरभित्र बाँधिएको देख्दा, मलाई लाग्यो— यो एउटा विद्यालयको पत्रिका मात्र होइन, यो त ती कलिला मस्तिष्कहरूको धड्कन हो ।


    इतिहासको एउटा साक्षीः स्पन्दन


    विद्यालयले आफ्नो पहिलो अङ्क निकाल्नु भनेको एउटा ठूलो इतिहासको जग बसाल्नु हो । मैले कार्यक्रममा पनि उल्लेख गरो— यो पत्रिका आजको लागि एउटा साधारण पुस्तक जस्तो सुनिएला, तर २०–२५ वर्षपछि जब आजका यी साना विद्यार्थीहरू युवा बन्नेछन्, तब यो पत्रिका एउटा अमूल्य दस्तावेज बन्नेछ । धुलैधुलोमा पुरिएको कुनै दराजको कुनामा भेटिने ती पुराना पानाहरूमा उनीहरूले आˆनो बाल्यकालको सिर्जनात्मक ऊर्जा र विद्यालयको पदचाप भेट्नेछन् ।
    यो पत्रिकामा समेटिएका रामायणका प्रसङ्गदेखि चित्रकलासम्मले के पुष्टि गर्छ भने, हाम्रा नानीबाबुहरूमा इतिहास र पौराणिक ज्ञानको पनि उत्तिकै रुचि जगाउनु पर्छ ।


    पढ्ने संस्कृति र मस्तिष्कको व्यायाम


    अहिलेको पुस्तामा एउटा ठूलो समस्या देखिएको छ— पढ्नमा अरुचि र होमवर्कलाई भार मान्ने प्रवृत्ति । तर, हामीले बुझ्नुपर्छ—शरीरलाई स्वस्थ राख्न जसरी शारीरिक व्यायाम चाहिन्छ, मस्तिष्कलाई धारिलो बनाउन पढ्ने संस्कृतिको आवश्यकता पर्छ ।
    विज्ञानले पनि प्रमाणित गरेको छ—हामीले ६ मिनेट मात्र कुनै राम्रो पुस्तक एकाग्र भएर पढ्याौ भने हाम्रो तनावको स्तर उल्लेख्य रूपमा घट्छ । मुटुको धड्कन शान्त हुन्छ । पुस्तक पढ्नु भनेको सूचना पाउनु मात्र होइन, यो त आफ्नो हृदयको गतिलाई जीवनको लयसाग जोड्नु पनि हो । ५ कक्षासम्मको उमेरलाई हामीले जराको रूपमा लिनुपर्छ । जरामा खेल, खुसी र सिर्जनाको पानी हाल्न सकियो भने मात्र भोलि त्यो बालक एउटा विशाल र फलदायी वृक्ष बन्न सक्छ ।


    नेतृत्वको दृष्टिः परीक्षाभन्दा माथि जीवन
    कार्यक्रमको एउटा महत्वपूर्ण पक्ष प्रधानाध्यापक नीलम बानिया बडूको उर्जावान् र जीवनमुखी सम्बोधन थियो । उहाँले ‘स्पन्दन’ लाई केवल कागजको सागालो मात्र होइन, विद्यार्थीहरूको खुसी र सिर्जनशीलता साट्ने माध्यमको रूपमा अर्थ्याउनुभयो ।
    विद्यार्थीहरूलाई प्रेमपूर्वक संवाद गर्दै उहााले भन्नुभयो, ‘आज हामीले यो पत्रिका विमोचन मात्र गरेका होइनाौ, आज हामीले त्यो खुसी साटेका छाौ जहाा तपाईाहरूको सिर्जनशीलताको बीज अङ्कुरित भएको छ । तपाईंहरू प्रत्येकमा अद्भुत क्षमता छ, र यो पत्रिका त्यसको प्रमाण हो ।’ उहााले विद्यार्थीहरूलाई पुस्तक पढ्ने संस्कारलाई जीवनको अभिन्न हिंसा बनाउन आग्रह गर्दै थप्नुभयो, ‘हाम्रो विद्यालयका ५ वटा मुख्य खम्बाहरू मध्ये ‘रिडिङ कल्चर’ एउटा हो । जति धेरै पढ्नुहुन्छ, त्यति नै धेरै लेख्न र बोल्न सक्नुहुन्छ । त्यसैले सुत्नुअघि कम्तीमा केही पाना पुस्तक पढ्ने बानी आजैबाट सुरु गर्नुस् ।’
    परीक्षाको पूर्वसन्ध्यामा विद्यार्थीहरूको मनोविज्ञानलाई सम्बोधन गर्दै उहााले दिनुभएको सन्देश निकै मार्मिक र प्रभावकारी थियो । उहााले भन्नुभयो, ‘तपाईाहरू धेरै स्मार्ट र मिहिनेती हुनुहुन्छ । तर याद राख्नुस्, परीक्षा नै संसारको अन्त्य होइन । यो त तपाईंको सिकाइको एउटा पाटो मात्र हो ।’ उहााको यो भनाइले विद्यार्थीहरूमा रहेको परीक्षाको डरलाई कम गर्दै उनीहरूलाई आत्मविश्वासी बन्न प्रेरित गरेको देखिन्थ्यो ।
    संस्कारः असल बन्ने निरन्तर अभ्यास


    विद्यालयको नामै ‘ज्ञान संस्कार’ छ । संस्कार भनेको कुनै कठिन दर्शन वा भारी शब्द होइन । यो त आफूभित्रका खराब कुराहरूलाई हटाएर असल कुराहरू भर्ने एउटा सरल र दैनिक अभ्यास हो । विद्यालयमा शिक्षकलाई आदर गर्नु, घरमा आमाबुबालाई सानोतिनो काममा सघाउनु र इमानदार रहनु नै संस्कारको असली रूप हो ।
    मैले लेखेको स्थानीय पाठ्यक्रम ‘हाम्रो टोखा’ मा पनि मैले यही कुरालाई जोड दिएको छु । शिक्षाले मानिसलाई साक्षर त बनाउँछ, तर संस्कारले मात्र मानिसलाई ‘मानिस’ बनाउँछ । क्रिशा बजगाईंले आˆनो लेख ‘मेरो खुसीको बिहानी’ मा व्यत्त गरेको सकारात्मकता होस्, वा रियान्स श्रेष्ठले आˆनो बुबालाई ‘सुपर हिरो’ मानेको आत्मीय भाव— यी सबै संस्कारका विभिन्न आयाम हुन् । सानो शिवान्स सिंहले कवितामार्फत आˆनो विद्यालय र घरको परिचय दिादा उसको आत्मविश्वासमा झल्कने त्यो चमक नै हाम्रो शिक्षाको सफलता हो ।
    शिक्षा केवल पाठ्यपुस्तकको भारी र ग्रेडको दौड हुनुहुँदैन । विद्यालय त यस्तो थलो हुनुपर्छ जहाा ज्ञान र विज्ञानको सुन्दर एकता होस् । ‘ज्ञान संस्कार’ स्कुलको आागनमा उभिएर स्वस्ति वाचन र गुरु वन्दना सुन्दै गर्दा मैले महसुस गरो— जबसम्म हाम्रा बालबालिकाको हातमा कलम र मनमा संस्कार रहन्छ, तबसम्म हाम्रो भविष्य सुरक्षित छ ।

    Author

    • दामोदर न्यौपाने

      न्यौपाने वेदान्त प्रेसका सम्पादक हुन् । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा संलग्न न्यौपानेका कर्मः सिकाइमा गहिरिएको खाडल, सम्पदा लडाइँ, स्कुल बेच्ने बालकसहित दर्जन बढी पुस्तक प्रकाशित छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    दामोदर न्यौपाने

    न्यौपाने वेदान्त प्रेसका सम्पादक हुन् । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा संलग्न न्यौपानेका कर्मः सिकाइमा गहिरिएको खाडल, सम्पदा लडाइँ, स्कुल बेच्ने बालकसहित दर्जन बढी पुस्तक प्रकाशित छन् ।

    Related Posts

    बालबालिकालाई हुर्काउने कला: ‘सकारात्मक अभिभावकत्व’ पुस्तक समीक्षा

    २ दिन अगाडि

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ महिना अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ३ महिना अगाडि
    Leave A Reply Cancel Reply

    Demo
    Don't Miss

    बालबालिकालाई हुर्काउने कला: ‘सकारात्मक अभिभावकत्व’ पुस्तक समीक्षा

    वेदान्त प्रेस२ दिन अगाडि

    कमला केसी ​दामोदर न्यौपाने पत्रकारिता र पुस्तकमार्फत बालबालिका, बालमनोविज्ञान, अभिभावक शिक्षा र शिक्षा प्रणालीका समस्याहरूमाथि…

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ महिना अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ३ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ४ महिना अगाडि
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo
    About Us
    About Us

    वेदान्त प्रेस – ज्ञान, अनुसन्धान र बौद्धिक विमर्शको मञ्च

    वेदान्त प्रेस एउटा अनलाइन प्रकाशन गृह र बौद्धिक मञ्च हो । हाम्रो मुख्य उद्देश्य नेपालको शैक्षिक, सांस्कृतिक, पुरातात्विक र प्राकृतिक सम्पदाका क्षेत्रमा गहन अनुसन्धान, विश्लेषण र खुला बहसलाई बढावा दिनु हो ।

    ‘वेदान्त’ शब्दले बोकेको ज्ञानको गहिराइ, सत्यको खोजी र अन्तर्निहित एकताको भावनालाई आत्मसात् गर्दै, हामी पूर्वीय ज्ञान परम्परालाई आधुनिक अनुसन्धान विधिहरूसाग जोडेर नयाँ आयामहरू पत्ता लगाउने प्रयत्नमा छौं ।

    Facebook X (Twitter) Pinterest YouTube WhatsApp
    Our Picks

    बालबालिकालाई हुर्काउने कला: ‘सकारात्मक अभिभावकत्व’ पुस्तक समीक्षा

    २ दिन अगाडि

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ महिना अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ३ महिना अगाडि
    Most Popular

    मोक्षको भ्रम र वास्तविक मार्ग: के हामी सही बाटोमा छौँ ?

    १२ महिना अगाडि5 Views

    निलकण्ठ धामः आध्यात्मिकताको नयाँ ज्योति

    १२ महिना अगाडि7 Views

    राष्ट्रिय विभूति अरनिकोको जन्मघर: इतिहास र संरक्षणको नयाँ पहल

    ७ महिना अगाडि8 Views
    © 2026 GoSA Desktop. Designed by GOSA.
    • Home

    Type above and press Enter to search. Press Esc to cancel.