Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालबालिकालाई हुर्काउने कला: ‘सकारात्मक अभिभावकत्व’ पुस्तक समीक्षा

    २ दिन अगाडि

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ महिना अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ३ महिना अगाडि
    Facebook X (Twitter) Instagram
    Bedanta Press
    • होमपेज
    • समाज
    • अनुसन्धान
    • खोज
    • पुरातत्व
    • प्रकाशन
      • रिपोर्ट
      • लेख
    • बहस
      • प्रकृति
      • शिक्षा
      • समाज
      • संस्कृति
    • मल्टिमिडिया
    • रैथाने ज्ञान
    • सम्पदा
    Bedanta Press
    Home » निलकण्ठ धामः आध्यात्मिकताको नयाँ ज्योति
    अनुसन्धान

    निलकण्ठ धामः आध्यात्मिकताको नयाँ ज्योति

    adminadmin१२ महिना अगाडि5 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Follow Us
    Google News Flipboard Threads
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    भागवतश्री न्यौपाने

    आजको समाजमा भौतिक सुख–सुविधाको पछि लाग्दै गर्दा धेरै मानिसहरू आध्यात्मिक शान्ति र जीवनको गहिरो अर्थबाट टाढिँदैछन् । व्यस्त जीवनशैली, तनाव र निराशाले घेरेको वर्तमान अवस्थामा मानिसहरूले मनको शान्ति खोज्न थालेका छन् । यस्तो बेला, हाम्रा धार्मिक स्थलहरू र आध्यात्मिक गुरुहरूको महत्त्व अझ बढेको छ। यही सन्दर्भमा, बुटवलको नीलकण्ठ पहाडमा रहेको नीलकण्ठ बाबाधाम एउटा महत्त्वपूर्ण आध्यात्मिक केन्द्रका रूपमा उदाएको छ। यो धाम निर्माण र त्यसको आध्यात्मिक उन्नयनमा आध्यात्मिक मार्गदर्शक माता देवमाया भट्टराईको योगदान प्रेरणादायी छ ।

    नीलकण्ठ बाबाधाममा यज्ञशाला, गौशाला र गुरुकुल बनेका छन् । यी संरचनाले यस स्थानलाई आध्यात्मिक शिक्षा, परम्परागत गोसेवा र वैदिक साधनाको केन्द्र बनाएका छन् । बुटवल सुखनगर निवासी माता देवमाया भट्टराईको अगुवाइमा पहाडको गर्भमा रहेका श्री नीलकण्ठ भगवान्लाई बाहिर ल्याई सम्पूर्ण जनमानसलाई दर्शन सुलभ गराइएको छ । यसले भक्तजनमा ठूलो उत्साह थपेको छ । यस क्षेत्रलाई एक महत्वपूर्ण आध्यात्मिक गन्तव्यका रूपमा चिनाएको छ ।

    माता देवमाया भट्टराईः भक्ति र अनुभवको यात्रा

    अत्यन्त आध्यात्मिक स्वभावकी माता देवमाया भट्टराई सानैदेखि भक्तिमार्गमा लाग्नुभएको हो। नौ वर्षको उमेरदेखि नै सन्तोषीमाताको व्रत बस्न सुरु गरेर उहाँले आफ्नो आध्यात्मिक स्वभाव र साधनाको परिचय दिनुभएको थियो । उहाँको गहिरो भक्ति र आराधनाको प्रभावले भगवती माताले सपनामा आई दर्शन दिन थाल्नुभयो। माताले भोलिपल्ट के गर्नुपर्ने हो सोसम्बन्धी आवश्यक निर्देशन दिन थालेपछि माताप्रतिको उहाँको भक्ति र समर्पण अझ बढ्दै गयो ।

    समय बित्दै जाँदा, सन्तोषी माता साक्षात् प्रकट भई उहाँलाई दर्शन दिन र वार्तालाप गर्न थाल्नुभयो । माताले सोध्ने हरेक प्रश्नको उत्तर सन्तोषी माताले दिन थाल्नुभएपछि उहाँले आफूलाई सन्तोषी माताको शरणमा समर्पित गर्नुभयो । त्यसपछि, उहाँले आफ्नो जीवन सन्तोषी माताको निर्देशनअनुसार बिताउन लाग्नुभयो ।

    एकपटक, घरमा रहेको मन्दिरमा पूजा गरिरहेको बेला भगवान् विष्णु र नीलकण्ठ महादेव दुवैले शिलामय प्रतिमाबाट बाहिर निस्केर सशरीर दर्शन दिनुभयो । यो अभूतपूर्व प्रत्यक्ष दर्शन करिब एक घण्टासम्म भइरह्यो । त्यसपछि, देवद्वयले माताजीलाई ‘हे पुत्री, तिम्रो घरमा कमी भएको दुईवटा चीज आज हामी दिँदैछौँ । हात थाप’ भनेर अमूल्य दुर्लभ पदार्थ प्रसादका रूपमा प्रदान गर्नुभयो । माताजी हर्षविभोर भई भक्तिमा लीन हुनुभयो । भगवान् स्वयं प्रकट भई प्रदान गर्नुभएका ती दिव्य प्रसाद रत्नहरू माताजीमार्फत श्रद्धालु भक्तजनलाई एकादशी, आरती र पूर्णिमाको दिनमा दर्शन गराउने व्यवस्था गरिएको छ ।

    नीलकण्ठ शिव र नेपालका तीन पवित्र क्षेत्रको सम्बन्ध

    त्यस अपूर्व दर्शनका क्रममा नीलकण्ठ शिवले त्यस पवित्र क्षेत्रलाई ‘मेरो शरीरको मध्यक्षेत्र’ हो भनेर माता देवमायालाई जानकारी गराउनुभयो । साथै, पशुपति शिरोभाग र स्वर्गद्वारी पाउ (खुट्टा) हो भनेर समेत माताजीको सामुन्ने भन्नुभएको थियो । यी तीन क्षेत्र अत्यन्तै पवित्र र आध्यात्मिक ऊर्जाले भरिएका छन् । यहाँ नीलकण्ठ धाम बनेर त्यहाँको घण्टी बजेपछि देशमा हिंसाको अन्त्य भई शान्ति छाउने वाणी समेत प्रकट गर्नुभयो ।

    २०६१ वैशाख ४ गते मन्दिरको शिलान्यास भयो । २०६२ साल फागुनमा उक्त मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न भई आजको अवस्थामा आइपुगेको हो । यस धरामा भगवान् नीलकण्ठ महादेव (शिव) को दर्शन, उपासना र आराधनाका लागि यो स्थान अलौकिकपूर्ण रहेको छ।

    नीलकण्ठ नामको महिमाः त्याग र सहनशीलताको प्रतीक

    भगवान् शिवलाई नीलकण्ठ भनिनुको प्रमुख कारण समुद्रमथनको घटनासँग जोडिएको छ । यसको वर्णन श्रीमद्भागवत महापुराण, विष्णुपुराण, महाभारत जस्ता विभिन्न हिन्दू धर्मग्रन्थमा पाइन्छ । समुद्रमथनका क्रममा अन्य बहुमूल्य वस्तुहरूसँगै कालकूट विष पनि निस्कियो, जुन अत्यन्तै घातक र प्रलयकारी थियो। यसले तीनै लोकलाई नाश गर्न सक्ने भएकाले यसलाई रोक्न देवताहरू शिवको शरणमा गए । आशुतोष भगवान् शिवले जगज्जननी पार्वतीसमेतको आज्ञाले कालकूट विषलाई घाँटीमै राखिरहनुभयो र उहाँको घाँटी नीलो भयो । त्यसैले उहाँको नाम नीलकण्ठ रहन गएको हो ।

    श्रीमद्भागवत महापुराणमा भनिएको छः

    ‘स भगवान् भूतभवन। कृतवैशरणमस्त्रयः दधार गरलं घोरं दृढ प्राणेषु नाक्षवित् ।’

    यसैगरी, शिवपुराण संहितासार (अध्याय २३) मा पनि देवी पार्वतीको आग्रहमा शिवले विषलाई आफ्नो कण्ठमा धारण गर्नुभयो भन्ने लेखिएको छ ।

    यसरी भगवान् शिवले विषपान गरी नीलकण्ठ हुनुभएको कुराले उहाँको त्याग, कर्तव्यपालना, संसारप्रतिको दायित्व र सहिष्णुता लाई प्रकट गर्दछ। नीलकण्ठ नामले भगवान् शिवलाई संकटमोचन र संसारको संरक्षकको रूपमा पनि स्मरण गर्न सकिन्छ। यो नाम शिवको त्याग, साहस र सहनशीलताको प्रतीक हो जसले जीवनका नकारात्मक तत्त्वलाई सहने र त्यसलाई नियन्त्रणमा राख्ने प्रेरणा दिन्छ ।

    नेपालको देवभूमिमा नीलकण्ठ शिवको शयन

    यसरी विषपानको प्रभाव कम गर्न भगवान् शिव नेपाल भूमिमा शयन गर्नुभयो । श्रद्धेय देवमाया माताजीलाई उहाँ स्वयंले भन्नुभए अनुसार, शयनका क्रममा अर्जुनले तपस्या गरी पाशुपतास्त्र प्राप्त गरेका शिरोभाग पशुपतिनाथ, मध्यभाग नीलकण्ठ बाबाधाम (जहाँ कलियुगका मानिसहरूलाई कष्ट परेका बेला शान्ति दिनका लागि स्वयं प्रकट हुनुभयो) र पाउ भाग स्वर्गद्वारी (जहाँ सत्ययुगमा ऋषिगणद्वारा शिवको आराधनाका लागि यज्ञ गरिएको थियो) हुन् । यसरी देवभूमि नेपालका यी तीन क्षेत्रहरू शिवको नीलकण्ठ स्वरूपसँग प्रत्यक्ष सम्बन्धित रहेका छन् ।

    माता देवमायाको लोकोपकारी कार्य र नीलकण्ठ बाबाधामको महत्व

    भक्ति र साधनाको माध्यमद्वारा यसरी नीलकण्ठ बाबा र भगवान् शिवलाई धर्तीमा प्रकट गराई मन्दिर बनाई हामी सर्वसाधारणको लागि दर्शन गर्ने सौभाग्य प्रदान गर्नुहुने माता देवमाया आफैँमा स्तुत्य हुनुहुन्छ । भगवत्कृपाको वरदान प्राप्त गर्नुभएकी माताजी अत्यन्त सामान्य देखिनुहुन्छ ताकि सर्वसाधारण श्रद्धालु भक्तजनहरूले उहाँसँग निर्धक्क आफ्ना कुराहरू राख्न सकून् । यसका साथै, हरेक भक्तजनका दुःख, पीर, कष्ट र वेदनाहरूलाई सुनी, बुझी त्यसको निवारण गर्ने लोकोपकारी कर्म पनि स्वयं माताजी गर्नुहुन्छ । देवमूर्तिहरूसँग प्रत्यक्ष संवाद गर्न सक्ने अलौकिक शक्तिले युक्त श्रद्धेय माताजी हाल यस नीलकण्ठ बाबाधामकी प्रमुख संरक्षक हुनुहुन्छ ।

    यस स्थानमा वि.सं. २०६२ साल फागुनमा प्राणप्रतिष्ठा गरेपश्चात् हरेक वर्षजसो विभिन्न पुराण एवम् धनधान्याचल महायज्ञ हुँदै आएका छन् । श्री सन्तोषीमाता गुरुकुल, गौशाला, भोजनालय, अन्नपूर्णा मन्दिर, सन्तोषी माताको मन्दिर लगायतका संरचनाहरूको निर्माण एवम् तिनको संवर्धन गर्नका साथै वैदिक सनातन परम्पराको जगेर्ना गर्नका लागि यस किसिमका यज्ञ तथा अनुष्ठानहरू निरन्तरता पाइरहेका छन् ।

    नीलकण्ठ शिव शयन गर्दाका शिर, मध्य तथा पाउ भागका रूपमा रहेको पशुपति, नीलकण्ठ बाबाधाम तथा स्वर्गद्वारीको दर्शन गरी जो मनुष्यले आफूले गरेको गलत कर्महरूको पश्चात्तापसहित सत्य बयान गर्दै परमात्माप्रति समर्पित हुन्छ, उसको सम्पूर्ण पापहरू नष्ट भई शिवसायुज्य प्राप्त हुनेछ भन्ने वाणी स्वयं शिवले भन्नुभएको छ । तीन औँला आकारको प्रवाहमा बग्ने पवित्र तिलोत्तमा नदीको सान्निध्यमा रहेको पवित्र नीलकण्ठेश्वर बाबाधाम क्षेत्रको उत्खनन् गरी वैदिक सनातनीहरूलाई सुलभ दर्शन गराई आत्मिक आनन्द र पारलौकिक सुखको मार्ग प्रशस्त गराइदिने देवमाया माताजीको प्रयासलाई शत शत नमन् ।

    Author

    • admin
      admin

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    admin
    • Website

    Related Posts

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ महिना अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ३ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ४ महिना अगाडि
    Leave A Reply Cancel Reply

    Demo
    Don't Miss

    बालबालिकालाई हुर्काउने कला: ‘सकारात्मक अभिभावकत्व’ पुस्तक समीक्षा

    वेदान्त प्रेस२ दिन अगाडि

    कमला केसी ​दामोदर न्यौपाने पत्रकारिता र पुस्तकमार्फत बालबालिका, बालमनोविज्ञान, अभिभावक शिक्षा र शिक्षा प्रणालीका समस्याहरूमाथि…

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ महिना अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ३ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ४ महिना अगाडि
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo
    About Us
    About Us

    वेदान्त प्रेस – ज्ञान, अनुसन्धान र बौद्धिक विमर्शको मञ्च

    वेदान्त प्रेस एउटा अनलाइन प्रकाशन गृह र बौद्धिक मञ्च हो । हाम्रो मुख्य उद्देश्य नेपालको शैक्षिक, सांस्कृतिक, पुरातात्विक र प्राकृतिक सम्पदाका क्षेत्रमा गहन अनुसन्धान, विश्लेषण र खुला बहसलाई बढावा दिनु हो ।

    ‘वेदान्त’ शब्दले बोकेको ज्ञानको गहिराइ, सत्यको खोजी र अन्तर्निहित एकताको भावनालाई आत्मसात् गर्दै, हामी पूर्वीय ज्ञान परम्परालाई आधुनिक अनुसन्धान विधिहरूसाग जोडेर नयाँ आयामहरू पत्ता लगाउने प्रयत्नमा छौं ।

    Facebook X (Twitter) Pinterest YouTube WhatsApp
    Our Picks

    बालबालिकालाई हुर्काउने कला: ‘सकारात्मक अभिभावकत्व’ पुस्तक समीक्षा

    २ दिन अगाडि

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ महिना अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ३ महिना अगाडि
    Most Popular

    मोक्षको भ्रम र वास्तविक मार्ग: के हामी सही बाटोमा छौँ ?

    १२ महिना अगाडि5 Views

    निलकण्ठ धामः आध्यात्मिकताको नयाँ ज्योति

    १२ महिना अगाडि7 Views

    राष्ट्रिय विभूति अरनिकोको जन्मघर: इतिहास र संरक्षणको नयाँ पहल

    ७ महिना अगाडि8 Views
    © 2026 GoSA Desktop. Designed by GOSA.
    • Home

    Type above and press Enter to search. Press Esc to cancel.