Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रत्नकोट आधारभूत विद्यालयमा विद्यार्थी तथा शिक्षकलाई कपडा वितरण

    १ हप्ता अगाडि

    उर्जाशील कर्मचारी संघमा पदभार ग्रहण

    २ हप्ता अगाडि

    एक चिहानको बिशेष शो

    ३ हप्ता अगाडि
    Facebook X (Twitter) Instagram
    Bedanta Press
    • होमपेज
    • समाज
    • अनुसन्धान
    • खोज
    • पुरातत्व
    • प्रकाशन
      • रिपोर्ट
      • लेख
    • बहस
      • प्रकृति
      • शिक्षा
      • समाज
      • संस्कृति
    • मल्टिमिडिया
    • रैथाने ज्ञान
    • सम्पदा
    Bedanta Press
    Home » जोखिममा चोभार गल्छी: मञ्जुश्रीको लिगेसी जोगाउने कसरी ?
    अनुसन्धान

    जोखिममा चोभार गल्छी: मञ्जुश्रीको लिगेसी जोगाउने कसरी ?

    दामोदर न्यौपानेदामोदर न्यौपाने५ महिना अगाडि4 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Follow Us
    Google News Flipboard Threads
    Share
    Facebook Twitter LinkedIn Pinterest Email


    काठमाडौं उपत्यकाको दक्षिणी भेगमा अवस्थित चोभार गल्छीले बागमती नदीको निकासद्वारका रूपमा सदियौँदेखि महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यो गल्छी पौराणिक, सांस्कृतिक र आध्यात्मिक रूपमा पनि निकै महत्वपूर्ण मानिन्छ । पौराणिक कथाअनुसार, बोधिसत्व मञ्जुश्रीले यही गल्छीलाई आफ्नो खड्गले काटेर काठमाडौं उपत्यकाको विशाल जलराशिको निकास गरेको र मानव बसोबासका लागि उपयुक्त बनाएको विश्वास गरिन्छ ।

    यसैले चोभार गल्छीलाई काठमाडौं उपत्यकाको सभ्यताको उद्गम बिन्दु र पवित्र स्थलका रूपमा हेरिन्छ । यो ऐतिहासिक महत्व बोकेको गल्छी हाल विभिन्न वातावरणीय तथा भूगर्भीय चुनौतीहरूको सामना गरिरहेको छ । यसलाई भत्काएर निकास ठूलो बनाउनु पर्छ भनेर बहसको शुरुवात् पनि भइरहेका छन् । यसलाई के गर्न सकिन्छ ? जलस्रोत विज्ञ र सडक विभागका पूर्व इन्जिनियरहरूले आ–आफ्ना धारणा राखेका छन् ।

    गल्छीको भौगर्भिक विश्लेषण: वर्तमान अवस्था र जोखिम

    जलस्रोत विज्ञ प्रा. हरि पण्डितले चोभार गल्छी र बागमती नदीको स्थलगत अध्ययनपछि यसलाई तीन मुख्य खण्डमा विभाजन गरी विश्लेषण गरेका छन्:

    पहिलो खण्ड (१० गल्छी खण्ड/मञ्जुश्री खण्ड)

    यो ठाडो चट्टानले घेरिएको प्राकृतिक रूपमा बलियो खण्ड हो । तत्काल पहिरो खस्ने वा गल्छीमा अवरोध पुग्ने सम्भावना कम देखिएको छ । यस खण्डबाट हालसम्मको बाढी सजिलै तल जाने गरेको पाइएको छ । यसको थप अध्ययन आवश्यक रहेको पण्डित बताउँछन् । यो खण्ड नै मञ्जुश्रीले आफ्नो खड्गले काटेको विश्वास गरिने पौराणिक स्थल हो । यसले काठमाडौं उपत्यकालाई बसोबासयोग्य बनायो र मानव सभ्यताको नयाँ अध्याय सुरु ग¥यो । यसैले यो खण्डको सांस्कृतिक र आध्यात्मिक महत्व अझ बढी छ ।

    दोस्रो खण्ड

    यो खण्ड सबैभन्दा संवेदनशील र जोखिमयुक्त रहेको प्रा. पण्डितको भनाइ छ । यस खण्डमा नदीको दुवैतर्फ पहिरो खस्ने क्रम जारी छ । ललितपुरतर्फ चट्टान देखिए पनि कीर्तिपुरतर्फको भाग कमजोर छ र माटो बगेको पाइएको छ । गत वर्ष खसेका ठूला ढुंगाहरूले नदीको सतहलाई करिब २ मिटर माथि उठाएको र यसले थप डुबानको अवस्था सिर्जना गरेको स्थानीयले बताएका छन् । यही खण्डको तत्काल व्यवस्थापन आवश्यक रहेको पण्डितको जोड छ ।

    तेस्रो खण्ड (फराकिलो बागमती र मोडिएको मुख खण्ड)

    यो खण्डमा बागमती ठूलो पोखरीबाट साँघुरिएको नदी उपत्यकातर्फ प्रवेश गर्छ । यहाँ खासै ठूलो समस्या नदेखिए पनि यसको मुखलाई केही सुधार गर्दा बहावमा सुधार आउन सक्ने देखिन्छ ।

    तत्काल, मध्यकालीन र दीर्घकालीन समाधानका उपायहरू

    प्रा. पण्डितले चोभार गल्छीको समस्या समाधानका लागि निम्न उपायहरू सुझाएका छन् ः

    तत्कालिन कार्य: दोस्रो खण्डमा पहिरोबाट खसेका ठूला ढुंगाहरू तुरुन्त हटाउनु पर्नेछ । यो खण्ड अत्यन्त जोखिमपूर्ण भएकाले ललितपुरतर्फबाट एक्स्काभेटर कीर्तिपुरतर्फ ल्याउन सकिने विकल्प उनले दिएका छन् । दीर्घकालका लागि बाढीको सतहभन्दा माथि दुवै किनारामा बाटो र संरक्षण आवश्यक छ ।
    मध्यकालीन कार्य: बागमती नदीको शिरदेखि चोभार परिसरसम्म सबै विशेषज्ञहरू सम्मिलित टोलीले गुरुयोजना बनाएर अध्ययन गर्नु पर्नेछ ।
    दीर्घकालीन कार्य: गुरुयोजनाअन्तर्गतका कार्यहरूलाई खण्ड–खण्डमा विस्तृत अध्ययन गर्दै निर्माण तथा अन्य संरक्षण कार्यहरू कार्यान्वयन गर्नुपर्छ ।

    नदी कटानको गति: एक शताब्दीको अवलोकन

    सडक विभागका पूर्व वरिष्ठ इन्जिनियर राजेन्द्र शर्मा काफ्लेले धादिङको ‘गल्छी’ भन्ने स्थानको उदाहरण दिँदै नदीले आफ्नो पिँध र किनाराका चट्टानहरूलाई कसरी काट्छ भन्नेबारे प्रकाश पारेका छन् । करिब १०० वर्षअघि चन्द्र शमशेरको पालामा फौदसिंह नामका कर्नेलले महेश खोला र त्रिशूली नदीको संगमस्थललाई साँघुरो ठाउँबाट काटेर गल्छी बनाएको रोचक इतिहास उनले प्रस्तुत गरेका छन् । यसपछि त्यो ठाउँको नाम नै ‘गल्छी’ रहन गयो ।

    काफ्लेको अध्ययनअनुसार, १०० वर्षको अवधिमा महेश खोलाले आफ्नो पिँधलाई करिब १० मिटर गहिरो बनाइसकेको छ । यसले नदीले कटान गर्ने गति अत्यन्तै धीमा हुने र मानव जीवनको छोटो अवधिमा यसलाई स्पष्ट रूपमा अनुभव गर्न नसकिने देखाउँछ ।

    चोभारको सन्दर्भमा पनि यही सिद्धान्त लागू हुने उनको भनाइ छ । चन्द्र शमशेरको पालामा बनेको झोलुङ्गे पुल बन्दा चोभार गल्छी कति गहिरो थियो र त्यसको लगत्तै सन् २००५ तिर बनेको आर्च पुलको उचाइले विगत २० वर्षमा गल्छी कति गहिरियो होला भन्ने कुरा खोजको विषय हुन सक्ने काफ्लेले औंल्याएका छन् । यो अनुसन्धानले चोभार गल्छीको भौगर्भिक परिवर्तनको दर बुझ्न मद्दत गर्नेछ ।

    निष्कर्ष

    चोभार गल्छी काठमाडौं उपत्यकाको लागि प्राकृतिक निकासको रूपमा महत्वपूर्ण छ । यसको ऐतिहासिक, सांस्कृतिक र आध्यात्मिक महत्वले चोभारलाई एउटा सामान्य भौगोलिक संरचनाभन्दा बढी अर्थपूर्ण बनाएको छ । प्रा. पण्डितको विस्तृत विश्लेषण र राजेन्द्र शर्मा काफ्लेको ऐतिहासिक परिप्रेक्ष्यले गल्छीको संवेदनशीलता र भावी चुनौतीहरूलाई उजागर गरेका छन् ।

    तत्काल दोस्रो खण्डमा जम्मा भएका ढुंगाहरू हटाउनेदेखि लिएर दीर्घकालीन गुरुयोजना निर्माणसम्मका कदमहरू चाल्न आवश्यक छ । चोभार गल्छीको संरक्षण र व्यवस्थापनले काठमाडौं उपत्यकालाई भविष्यमा सम्भावित बाढी र डुबानबाट जोगाउनुका साथै यसको अद्वितीय सांस्कृतिक र आध्यात्मिक विरासतलाई पनि अक्षुण्ण राख्न मद्दत गर्नेछ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    दामोदर न्यौपाने

    न्यौपाने वेदान्त प्रेसका सम्पादक हुन् । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा संलग्न न्यौपानेका कर्मः सिकाइमा गहिरिएको खाडल, सम्पदा लडाइँ, स्कुल बेच्ने बालकसहित दर्जन बढी पुस्तक प्रकाशित छन् ।

    Related Posts

    समय र संवेदनाको क्रमिक यात्रामा ‘क्रमशः एक्लै–एक्लै’

    ३ हप्ता अगाडि

    राष्ट्रिय विभूति अरनिकोको जन्मघर: इतिहास र संरक्षणको नयाँ पहल

    ३ हप्ता अगाडि

    ऐतिहासिक र धार्मिक सम्पदाहरूको संरक्षणलाई मुख्य प्राथमिकता

    ३ हप्ता अगाडि
    Leave A Reply Cancel Reply

    Demo
    Don't Miss

    रत्नकोट आधारभूत विद्यालयमा विद्यार्थी तथा शिक्षकलाई कपडा वितरण

    वेदान्त प्रेस१ हप्ता अगाडि

    सिन्धुपाल्चोक, २१ पुस ।रत्नकोट आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम कुमार लामाको पहलमा समाजसेवी…

    उर्जाशील कर्मचारी संघमा पदभार ग्रहण

    २ हप्ता अगाडि

    एक चिहानको बिशेष शो

    ३ हप्ता अगाडि

    समय र संवेदनाको क्रमिक यात्रामा ‘क्रमशः एक्लै–एक्लै’

    ३ हप्ता अगाडि
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo
    About Us
    About Us

    वेदान्त प्रेस – ज्ञान, अनुसन्धान र बौद्धिक विमर्शको मञ्च

    वेदान्त प्रेस एउटा अनलाइन प्रकाशन गृह र बौद्धिक मञ्च हो । हाम्रो मुख्य उद्देश्य नेपालको शैक्षिक, सांस्कृतिक, पुरातात्विक र प्राकृतिक सम्पदाका क्षेत्रमा गहन अनुसन्धान, विश्लेषण र खुला बहसलाई बढावा दिनु हो ।

    ‘वेदान्त’ शब्दले बोकेको ज्ञानको गहिराइ, सत्यको खोजी र अन्तर्निहित एकताको भावनालाई आत्मसात् गर्दै, हामी पूर्वीय ज्ञान परम्परालाई आधुनिक अनुसन्धान विधिहरूसाग जोडेर नयाँ आयामहरू पत्ता लगाउने प्रयत्नमा छौं ।

    Facebook X (Twitter) Pinterest YouTube WhatsApp
    Our Picks

    रत्नकोट आधारभूत विद्यालयमा विद्यार्थी तथा शिक्षकलाई कपडा वितरण

    १ हप्ता अगाडि

    उर्जाशील कर्मचारी संघमा पदभार ग्रहण

    २ हप्ता अगाडि

    एक चिहानको बिशेष शो

    ३ हप्ता अगाडि
    Most Popular

    पशुपतिमा जल्दै गरेको शवबाट हड्डी निकालेको आरोपमा दुई जना पक्राउ

    ५ महिना अगाडि2 Views

    खोटाङको भुल्केधाममा भव्य सांस्कृतिक मेला

    ५ महिना अगाडि2 Views

    आज जनै पूर्णिमा पर्व मनाइँदै

    ५ महिना अगाडि2 Views
    © 2026 GoSA Desktop. Designed by GOSA.
    • Home

    Type above and press Enter to search. Press Esc to cancel.