टोखा आफैंमा शक्ति हो । टोखाको शक्ति भनेको इतिहासको शक्ति हो । अनेक मुर्त र अमुर्त सांस्कृति सम्पदा शक्ति हो । टोखाले अब आफ्नो शक्ति चिन्न सक्नु पर्छ । अमुर्त सम्पदाको शक्ति भनेको सौम्य शक्ति हो । टोखाको शक्ति शान्ती र मेलमेलापको शक्ति हो, जुन जात्रा पर्वमा देखिन्छ । अब आफ्नो शक्ति चिन्नु पर्छ भन्नुको अर्थ अमुर्त सांस्कृतिक सम्पदाको जगेर्नाको आह्वान हो ।
टोखा मात्र होइन, काठमाडौं उपत्यकाका थुप्रै नेवार वस्ती छन् टोखा जस्तै सांस्कृतिक भैवभ बोकेका । यो लेखमाचाहि“ टोखामा केन्द्रित भएर लेख्ने जमर्काे गरिएको हो ।
टोखा, काठमाडौं उपत्यकाको उत्तरी भेगमा अवस्थित एक ऐतिहासिक नगरी, प्राकृतिक सुन्दरता र सांस्कृतिक वैभवको अनुपम संगम हो । यहाँ सदियौंदेखि चलिआएका टोखा विस्का, चण्डेश्वरी जात्रा, सपनतीर्थ मेला जस्ता अनेकौं अमुर्त सांस्कृतिक सम्पदाहरू छन्, जसले यस ठाउँलाई विशिष्ट पहिचान दिएका छन् । चाकु बनाउने परम्परादेखि लिएर अनगिन्ती यस्ता मौलिक ज्ञान, सीप, रीतिरिवाज र जीवनशैली यहाँ जीवित छन्, जसमा विश्वलाई चकित पार्ने क्षमता छ । तर, समयको परिवर्तनसँगै यी अमूल्य निधिहरू ओझेलमा पर्दै गएका छन् । अब टोखा जाग्नुपर्छ– आफ्नो अमुर्त सांस्कृतिक सम्पदाको महत्व बुझेर, त्यसको संरक्षण र प्रवद्र्धनमा एकजुट भएर लाग्नुपर्छ ।
चाकु बनाउने परम्परा टोखाको एक जीवन्त उदाहरण हो । यो केवल एक मिठाई बनाउने सीप मात्र होइन, यससँग जोडिएको छ स्थानीय ज्ञान, मौसमको चक्र, समुदायको सहभागिता र पुस्तान्तरण हुँदै आएको अनुभव । यस्ता अनगिन्ती परम्पराहरू टोखामा अझै जीवित छन् । यसले यहाँको माटोलाई उर्वर बनाएको छ, यहाँका मानिसहरूलाई पहिचान दिएको छ र यहाँको जीवनशैलीलाई अर्थपूर्ण बनाएको छ । यी परम्पराहरू हाम्रो सौम्य शक्ति हुन् । यसले विश्वसामु टोखाको मौलिकता र विशिष्टतालाई प्रस्तुत गर्न सक्छन् ।
हाम्रो अमुर्त सांस्कृतिक सम्पदा यति धनी छ कि यसले सजिलै युनेस्कोको सूचीमा आफ्नो स्थान बनाउन सक्छ । युनेस्कोको सूचीकरणले विश्वको ध्यान हाम्रो सम्पदातिर आकर्षित गर्छ । त्यतिमात्र होइन यसले सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय सहयोग र पहिचान पनि दिलाउँछ । यो टोखाको लागि आफ्नो सांस्कृतिक गौरवलाई विश्वसामु चिनाउने एक महत्वपूर्ण अवसर हुन सक्छ ।
तर, यो अवसरलाई वास्तविकतामा बदल्नको लागि टोखा अब ब्यूँझनुपर्छ । हामीले आफ्नो अमुर्त सांस्कृतिक सम्पदाको पहिचान गर्नुपर्छ, त्यसको दस्तावेजीकरण गर्नुपर्छ र त्यसको महत्वलाई नयाँ पुस्तासम्म पु¥याउनुपर्छ । स्थानीय समुदाय, बुद्धिजीवी, युवा र सरोकारवाला सबै एकै ठाउँमा उभिएर यसको संरक्षण र प्रवद्र्धनका लागि ठोस कदम चाल्नुपर्छ ।
टोखाले आफ्नो अमुर्त सांस्कृतिक सम्पदालाई जीवन्त राख्न र विश्वसामु चिनाउन के गर्न सक्छ ?
पहिचान र दस्तावेजीकरण ः टोखामा रहेका सबै अमुर्त सांस्कृतिक सम्पदाको विस्तृत पहिचान र दस्तावेजीकरण गर्नुपर्छ । चाकु बनाउने परम्परा जस्ता विशिष्ट सीप, ज्ञान, रीतिरिवाज, लोकगीत, लोककथा र प्रदर्शन कलालाई अभिलेखबद्ध गर्नुपर्छ ।
युनेस्को सूचीकरणको पहल ः टोखाका विशिष्ट अमुर्त सांस्कृतिक सम्पदालाई युनेस्कोको सूचीमा समावेश गराउन पहल गर्नुपर्छ । यसका लागि आवश्यक प्रक्रिया र मापदण्ड पूरा गर्न विज्ञहरूको सहयोग लिनुपर्छ ।
के छ मापदण्ड ?
पुरानो ज्ञानलाई देशले सम्पदा मान्न सक्छ । सम्पदा मानेर देशले संरक्षण गर्न सक्छ । संयुक्त राष्ट्र संघीय निकाय संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) मा सुचीकरण गर्न सक्छ ।
यसमा दर्ता गर्न सकिने धेरै अमुर्त सांस्कृतिक सम्पदा छन् हाम्रो टोखामा । जस्तै यःमरी बनाउने हाम्रो प्राचीन ज्ञान हो । यसलाई सरकारले सम्पदा घोषणा गरेर संरक्षण गर्न सक्छ । चाकु बनाउने सीप हुन सक्छ । हाम्रा मौलिक जात्रा पर्व छन् । यस्ता धेरै छन् दर्ता गर्न सकिने विषय ।
कोही सम्पदा राष्ट्रिय सूचीमा सूचीकरण गर्न सकिएला, कोही अन्तराष्ट्रिय निकायमा । युनेस्कोमा सुचीकरण गर्ने प्रकृया जानिराख्नु पर्छ । सुचीकरणका लागि केही चरण पार गर्नु पर्छ, जुन प्रक्रिया निम्न अनुसार छन् ः
१. सांस्कृतिक महत्वको प्रमाण
संस्कृति हाम्रो भनेर बलियो प्रमाण जुटाउनु पर्छ । जस्तै चाकुलाई सुचीकरण गर्ने हो भने यसको उत्पत्ति र विकासबारे लेखिएको प्राचीन ग्रन्थ, चाकुस“ग सम्बन्धित परम्परागत गीत, कथा, लोकसाहित्य, बनाउने विधि, यसको सांस्कृतिक महत्व देखाएको फोटो र भिडियो जस्ता सांस्कृतिक महत्वका प्रमाण जुटाउनु पर्छ ।
२. समूदायको सहभागीता

कुनै परपरागत ज्ञान र यसस“ग सम्बन्धित परम्परालाई संरक्षण गर्न समूदाय सक्रिय रुपमा सहभागी भएको हुनुपर्छ । चाकुलाई दर्ता गर्ने हो भने आफ्नो सांस्कृतिक पहिचानको रुपमा स्विकार गरेको र यसको संरक्षणमा समूदाय सक्रिय रुपमा लागेको प्रमाण जुटाउनु पर्छ ।
३. राष्ट्रिय सुचीमा दर्ता
युनेस्कोमा दावी गर्नुअघि आफूले दर्ता गर्न चाहेको परम्परागत ज्ञान, सीप, प्रविधिलाई नेपालको राष्ट्रिय सांस्कृतिक सम्पदाको सूचीमा दर्ता गर्नुपर्छ ।
४. युनेस्कोमा निवेदन
सबै प्रमाण जुटाएपछि युनेस्कोमा निवेदन दिनुपर्छ । निवेदमा आफूले दर्ता गर्न चाहेको परम्परागत ज्ञान, सीप र प्रविधिको महत्व, यसले युनेस्कोको मापदण्ड कसरी पूरा गर्छ भन्ने स्पष्ट रुपमा लेख्नुपर्छ ।
५. स्थानीय स्तरमा संरक्षण
दर्ता गर्न लागेको परम्परागत ज्ञान, सीप र प्रविध स्थानीय स्तरमा संरक्षणको लागि विभिन्न कार्यक्रम संचालन गरेको हुनुपर्छ । जस्तै चाकुलाई दर्ता गर्ने हो भने चाकु बनाउने तालिम संचालन गर्ने, यसको बारेमा जनचेतना फैलाउने जस्ता क्रियाकलाप गर्नुपर्छ ।
यी उपाय अपनाएर हाम्रा पुर्खाका ज्ञान, सीप र प्रविधिलाई नेपालको सम्पदाको रुपमा सुचीकरण गर्न सकिन्छ ।
अमुर्त सम्पदा सुचीकरण गर्नुका फाइदा
१. पहिचान
युनेस्कोमा सुचीकरणले सांस्कृतिक अभ्यासलाई अन्तराष्ट्रिय पहिचान दिन्छ । यसले यसको महत्वबारे विश्वव्यापी रुपमा जागरुक बनाउ“छ । सम्पदा उत्पत्ती भएको समूदायलाई पनि जागरुप बनाउ“छ ।
२. दिगो विकासका लागि अवसर
युनेस्कोमा सुचीकरणले पर्यटन र आर्थिक विकासका लागि अवसर सृजना गर्छ । यसले सांस्कृतिक सम्पदा र यो सम्पदाको अभ्यास गरिरहेका समूदायलाई अधिकार प्रदान गर्छ । सम्मान प्रदान गर्छ ।
३. अन्तराष्ट्रिय सहयोग
सुचीकरणले अमृत सांस्कृतिक सम्पदामा संलग्न समूदाय, अनुसन्धानकर्ता र अभ्यासकर्ताबीच अन्तराष्ट्रिय सहयोग प्राप्त हुन्छ । सहयोगको आदानप्रदान पनि हुन्छ । यसले ज्ञानको साझेदारी गर्न मद्दत गर्छ । सांस्कृति सम्पदा संरक्षणको उत्कृष्ट अभ्यास गर्छ ।
यो प्रक्रिया लामो र जटिल हुन सक्छ र सफलताको लागि विस्तृत तयारी, समुदायको सहभागिता र युनेस्कोको मापदण्डको पूर्ण पालना आवश्यक हुन्छ।
टोखाले थप के गर्न सक्छ ?
युनेस्कोमा सूचीकरणको लागि मात्र टोखा जाग्ने होइन । हाम्रो सम्पदा, संस्कृतिको माध्यमबाट आर्थिक विकासको ढोका खोल्न सकिन्छ । यसको लागि टोखाले गर्नु पर्ने केही काम छन् । जस्तै ः
सांस्कृतिक पर्यटनको विकास ः अमुर्त सांस्कृतिक सम्पदालाई आकर्षणको केन्द्र बनाएर दिगो सांस्कृतिक पर्यटनको विकास गर्न सकिन्छ । यसले स्थानीय अर्थतन्त्रलाई टेवा पु¥याउनुका साथै सम्पदा संरक्षणका लागि स्रोत जुटाउन पनि मद्दत गर्छ ।
जनचेतना र शिक्षा ः
अमुर्त सांस्कृतिक सम्पदाको महत्वबारे स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म जनचेतना अभिवृद्धि गर्नुपर्छ । विद्यालयको पाठ्यक्रममा स्थानीय सांस्कृतिक सम्पदा सम्बन्धी जानकारी समावेश गर्नुपर्छ ।
संरक्षण र प्रवद्र्धन ः पहिचान भएका सम्पदाहरूको संरक्षण र प्रवद्र्धनका लागि ठोस योजना बनाउनुपर्छ। परम्परागत सीप र ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न तालिम र शिक्षा कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
समुदायको सहभागिता
अमुर्त सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा स्थानीय समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्छ । उनीहरूको ज्ञान, अनुभव र स्वामित्वलाई सम्मान गर्दै योजना निर्माण र कार्यान्वयनमा समावेश गर्नुपर्छ ।
टोखासँग अथाह सांस्कृतिक सम्पदाको भण्डार छ, जसलाई विश्वसामु प्रस्तुत गरेर यो नगरीले आफ्नो छुट्टै पहिचान बनाउन सक्छ । यो केवल सम्पदाको संरक्षण मात्र होइन, यो त हाम्रो गौरव, हाम्रो पहिचान र हाम्रो भविष्यको लगानी पनि हो । अब टोखाले आफ्नो अमुर्त सांस्कृतिक सम्पदाको जगेर्नाको लागि एकजुट भएर अगाडि बढ्नुपर्छ । यो जागरणले न केवल टोखालाई विश्व मानचित्रमा स्थापित गर्नेछ, बरु भावी पुस्तालाई आफ्नो अमूल्य सांस्कृतिक विरासत हस्तान्तरण गर्न पनि मद्दत गर्नेछ । यसको लागि पहिला टोखा जाग्नुपर्छ । स्थानीय सरकारलाई झकझकाउनु
पर्छ । स्थानीय सरकारमार्फत केन्द्र सम्म पुग्नु पर्छ र अन्तराष्ट्रिय निकायसम्म टोखाको पहिचान पु¥याउनुपर्छ ।
