Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ४ हप्ता अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    २ महिना अगाडि
    Facebook X (Twitter) Instagram
    Bedanta Press
    • होमपेज
    • समाज
    • अनुसन्धान
    • खोज
    • पुरातत्व
    • प्रकाशन
      • रिपोर्ट
      • लेख
    • बहस
      • प्रकृति
      • शिक्षा
      • समाज
      • संस्कृति
    • मल्टिमिडिया
    • रैथाने ज्ञान
    • सम्पदा
    Bedanta Press
    Home » टोखा अब जाग्नुपर्छ
    अनुसन्धान

    टोखा अब जाग्नुपर्छ

    दामोदर न्यौपानेदामोदर न्यौपाने१० महिना अगाडि6 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Follow Us
    Google News Flipboard Threads
    Share
    Facebook Twitter LinkedIn Pinterest Email


    टोखा आफैंमा शक्ति हो । टोखाको शक्ति भनेको इतिहासको शक्ति हो । अनेक मुर्त र अमुर्त सांस्कृति सम्पदा शक्ति हो । टोखाले अब आफ्नो शक्ति चिन्न सक्नु पर्छ । अमुर्त सम्पदाको शक्ति भनेको सौम्य शक्ति हो । टोखाको शक्ति शान्ती र मेलमेलापको शक्ति हो, जुन जात्रा पर्वमा देखिन्छ । अब आफ्नो शक्ति चिन्नु पर्छ भन्नुको अर्थ अमुर्त सांस्कृतिक सम्पदाको जगेर्नाको आह्वान हो ।
    टोखा मात्र होइन, काठमाडौं उपत्यकाका थुप्रै नेवार वस्ती छन् टोखा जस्तै सांस्कृतिक भैवभ बोकेका । यो लेखमाचाहि“ टोखामा केन्द्रित भएर लेख्ने जमर्काे गरिएको हो ।
    टोखा, काठमाडौं उपत्यकाको उत्तरी भेगमा अवस्थित एक ऐतिहासिक नगरी, प्राकृतिक सुन्दरता र सांस्कृतिक वैभवको अनुपम संगम हो । यहाँ सदियौंदेखि चलिआएका टोखा विस्का, चण्डेश्वरी जात्रा, सपनतीर्थ मेला जस्ता अनेकौं अमुर्त सांस्कृतिक सम्पदाहरू छन्, जसले यस ठाउँलाई विशिष्ट पहिचान दिएका छन् । चाकु बनाउने परम्परादेखि लिएर अनगिन्ती यस्ता मौलिक ज्ञान, सीप, रीतिरिवाज र जीवनशैली यहाँ जीवित छन्, जसमा विश्वलाई चकित पार्ने क्षमता छ । तर, समयको परिवर्तनसँगै यी अमूल्य निधिहरू ओझेलमा पर्दै गएका छन् । अब टोखा जाग्नुपर्छ– आफ्नो अमुर्त सांस्कृतिक सम्पदाको महत्व बुझेर, त्यसको संरक्षण र प्रवद्र्धनमा एकजुट भएर लाग्नुपर्छ ।
    चाकु बनाउने परम्परा टोखाको एक जीवन्त उदाहरण हो । यो केवल एक मिठाई बनाउने सीप मात्र होइन, यससँग जोडिएको छ स्थानीय ज्ञान, मौसमको चक्र, समुदायको सहभागिता र पुस्तान्तरण हुँदै आएको अनुभव । यस्ता अनगिन्ती परम्पराहरू टोखामा अझै जीवित छन् । यसले यहाँको माटोलाई उर्वर बनाएको छ, यहाँका मानिसहरूलाई पहिचान दिएको छ र यहाँको जीवनशैलीलाई अर्थपूर्ण बनाएको छ । यी परम्पराहरू हाम्रो सौम्य शक्ति हुन् । यसले विश्वसामु टोखाको मौलिकता र विशिष्टतालाई प्रस्तुत गर्न सक्छन् ।
    हाम्रो अमुर्त सांस्कृतिक सम्पदा यति धनी छ कि यसले सजिलै युनेस्कोको सूचीमा आफ्नो स्थान बनाउन सक्छ । युनेस्कोको सूचीकरणले विश्वको ध्यान हाम्रो सम्पदातिर आकर्षित गर्छ । त्यतिमात्र होइन यसले सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय सहयोग र पहिचान पनि दिलाउँछ । यो टोखाको लागि आफ्नो सांस्कृतिक गौरवलाई विश्वसामु चिनाउने एक महत्वपूर्ण अवसर हुन सक्छ ।
    तर, यो अवसरलाई वास्तविकतामा बदल्नको लागि टोखा अब ब्यूँझनुपर्छ । हामीले आफ्नो अमुर्त सांस्कृतिक सम्पदाको पहिचान गर्नुपर्छ, त्यसको दस्तावेजीकरण गर्नुपर्छ र त्यसको महत्वलाई नयाँ पुस्तासम्म पु¥याउनुपर्छ । स्थानीय समुदाय, बुद्धिजीवी, युवा र सरोकारवाला सबै एकै ठाउँमा उभिएर यसको संरक्षण र प्रवद्र्धनका लागि ठोस कदम चाल्नुपर्छ ।
    टोखाले आफ्नो अमुर्त सांस्कृतिक सम्पदालाई जीवन्त राख्न र विश्वसामु चिनाउन के गर्न सक्छ ?
    पहिचान र दस्तावेजीकरण ः टोखामा रहेका सबै अमुर्त सांस्कृतिक सम्पदाको विस्तृत पहिचान र दस्तावेजीकरण गर्नुपर्छ । चाकु बनाउने परम्परा जस्ता विशिष्ट सीप, ज्ञान, रीतिरिवाज, लोकगीत, लोककथा र प्रदर्शन कलालाई अभिलेखबद्ध गर्नुपर्छ ।
    युनेस्को सूचीकरणको पहल ः टोखाका विशिष्ट अमुर्त सांस्कृतिक सम्पदालाई युनेस्कोको सूचीमा समावेश गराउन पहल गर्नुपर्छ । यसका लागि आवश्यक प्रक्रिया र मापदण्ड पूरा गर्न विज्ञहरूको सहयोग लिनुपर्छ ।

    के छ मापदण्ड ?


    पुरानो ज्ञानलाई देशले सम्पदा मान्न सक्छ । सम्पदा मानेर देशले संरक्षण गर्न सक्छ । संयुक्त राष्ट्र संघीय निकाय संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) मा सुचीकरण गर्न सक्छ ।
    यसमा दर्ता गर्न सकिने धेरै अमुर्त सांस्कृतिक सम्पदा छन् हाम्रो टोखामा । जस्तै यःमरी बनाउने हाम्रो प्राचीन ज्ञान हो । यसलाई सरकारले सम्पदा घोषणा गरेर संरक्षण गर्न सक्छ । चाकु बनाउने सीप हुन सक्छ । हाम्रा मौलिक जात्रा पर्व छन् । यस्ता धेरै छन् दर्ता गर्न सकिने विषय ।
    कोही सम्पदा राष्ट्रिय सूचीमा सूचीकरण गर्न सकिएला, कोही अन्तराष्ट्रिय निकायमा । युनेस्कोमा सुचीकरण गर्ने प्रकृया जानिराख्नु पर्छ । सुचीकरणका लागि केही चरण पार गर्नु पर्छ, जुन प्रक्रिया निम्न अनुसार छन् ः

    १. सांस्कृतिक महत्वको प्रमाण

    संस्कृति हाम्रो भनेर बलियो प्रमाण जुटाउनु पर्छ । जस्तै चाकुलाई सुचीकरण गर्ने हो भने यसको उत्पत्ति र विकासबारे लेखिएको प्राचीन ग्रन्थ, चाकुस“ग सम्बन्धित परम्परागत गीत, कथा, लोकसाहित्य, बनाउने विधि, यसको सांस्कृतिक महत्व देखाएको फोटो र भिडियो जस्ता सांस्कृतिक महत्वका प्रमाण जुटाउनु पर्छ ।

    २. समूदायको सहभागीता

    कुनै परपरागत ज्ञान र यसस“ग सम्बन्धित परम्परालाई संरक्षण गर्न समूदाय सक्रिय रुपमा सहभागी भएको हुनुपर्छ । चाकुलाई दर्ता गर्ने हो भने आफ्नो सांस्कृतिक पहिचानको रुपमा स्विकार गरेको र यसको संरक्षणमा समूदाय सक्रिय रुपमा लागेको प्रमाण जुटाउनु पर्छ ।

    ३. राष्ट्रिय सुचीमा दर्ता

    युनेस्कोमा दावी गर्नुअघि आफूले दर्ता गर्न चाहेको परम्परागत ज्ञान, सीप, प्रविधिलाई नेपालको राष्ट्रिय सांस्कृतिक सम्पदाको सूचीमा दर्ता गर्नुपर्छ ।

    ४. युनेस्कोमा निवेदन

    सबै प्रमाण जुटाएपछि युनेस्कोमा निवेदन दिनुपर्छ । निवेदमा आफूले दर्ता गर्न चाहेको परम्परागत ज्ञान, सीप र प्रविधिको महत्व, यसले युनेस्कोको मापदण्ड कसरी पूरा गर्छ भन्ने स्पष्ट रुपमा लेख्नुपर्छ ।

    ५. स्थानीय स्तरमा संरक्षण

    दर्ता गर्न लागेको परम्परागत ज्ञान, सीप र प्रविध स्थानीय स्तरमा संरक्षणको लागि विभिन्न कार्यक्रम संचालन गरेको हुनुपर्छ । जस्तै चाकुलाई दर्ता गर्ने हो भने चाकु बनाउने तालिम संचालन गर्ने, यसको बारेमा जनचेतना फैलाउने जस्ता क्रियाकलाप गर्नुपर्छ ।
    यी उपाय अपनाएर हाम्रा पुर्खाका ज्ञान, सीप र प्रविधिलाई नेपालको सम्पदाको रुपमा सुचीकरण गर्न सकिन्छ ।
    अमुर्त सम्पदा सुचीकरण गर्नुका फाइदा

    १. पहिचान

    युनेस्कोमा सुचीकरणले सांस्कृतिक अभ्यासलाई अन्तराष्ट्रिय पहिचान दिन्छ । यसले यसको महत्वबारे विश्वव्यापी रुपमा जागरुक बनाउ“छ । सम्पदा उत्पत्ती भएको समूदायलाई पनि जागरुप बनाउ“छ ।

    २. दिगो विकासका लागि अवसर

    युनेस्कोमा सुचीकरणले पर्यटन र आर्थिक विकासका लागि अवसर सृजना गर्छ । यसले सांस्कृतिक सम्पदा र यो सम्पदाको अभ्यास गरिरहेका समूदायलाई अधिकार प्रदान गर्छ । सम्मान प्रदान गर्छ ।

    ३. अन्तराष्ट्रिय सहयोग

    सुचीकरणले अमृत सांस्कृतिक सम्पदामा संलग्न समूदाय, अनुसन्धानकर्ता र अभ्यासकर्ताबीच अन्तराष्ट्रिय सहयोग प्राप्त हुन्छ । सहयोगको आदानप्रदान पनि हुन्छ । यसले ज्ञानको साझेदारी गर्न मद्दत गर्छ । सांस्कृति सम्पदा संरक्षणको उत्कृष्ट अभ्यास गर्छ ।
    यो प्रक्रिया लामो र जटिल हुन सक्छ र सफलताको लागि विस्तृत तयारी, समुदायको सहभागिता र युनेस्कोको मापदण्डको पूर्ण पालना आवश्यक हुन्छ।

    टोखाले थप के गर्न सक्छ ?

    युनेस्कोमा सूचीकरणको लागि मात्र टोखा जाग्ने होइन । हाम्रो सम्पदा, संस्कृतिको माध्यमबाट आर्थिक विकासको ढोका खोल्न सकिन्छ । यसको लागि टोखाले गर्नु पर्ने केही काम छन् । जस्तै ः
    सांस्कृतिक पर्यटनको विकास ः अमुर्त सांस्कृतिक सम्पदालाई आकर्षणको केन्द्र बनाएर दिगो सांस्कृतिक पर्यटनको विकास गर्न सकिन्छ । यसले स्थानीय अर्थतन्त्रलाई टेवा पु¥याउनुका साथै सम्पदा संरक्षणका लागि स्रोत जुटाउन पनि मद्दत गर्छ ।

    जनचेतना र शिक्षा ः

    अमुर्त सांस्कृतिक सम्पदाको महत्वबारे स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म जनचेतना अभिवृद्धि गर्नुपर्छ । विद्यालयको पाठ्यक्रममा स्थानीय सांस्कृतिक सम्पदा सम्बन्धी जानकारी समावेश गर्नुपर्छ ।
    संरक्षण र प्रवद्र्धन ः पहिचान भएका सम्पदाहरूको संरक्षण र प्रवद्र्धनका लागि ठोस योजना बनाउनुपर्छ। परम्परागत सीप र ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न तालिम र शिक्षा कार्यक्रम सञ्चालन गर्नुपर्छ ।

    समुदायको सहभागिता

    अमुर्त सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा स्थानीय समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्छ । उनीहरूको ज्ञान, अनुभव र स्वामित्वलाई सम्मान गर्दै योजना निर्माण र कार्यान्वयनमा समावेश गर्नुपर्छ ।

    टोखासँग अथाह सांस्कृतिक सम्पदाको भण्डार छ, जसलाई विश्वसामु प्रस्तुत गरेर यो नगरीले आफ्नो छुट्टै पहिचान बनाउन सक्छ । यो केवल सम्पदाको संरक्षण मात्र होइन, यो त हाम्रो गौरव, हाम्रो पहिचान र हाम्रो भविष्यको लगानी पनि हो । अब टोखाले आफ्नो अमुर्त सांस्कृतिक सम्पदाको जगेर्नाको लागि एकजुट भएर अगाडि बढ्नुपर्छ । यो जागरणले न केवल टोखालाई विश्व मानचित्रमा स्थापित गर्नेछ, बरु भावी पुस्तालाई आफ्नो अमूल्य सांस्कृतिक विरासत हस्तान्तरण गर्न पनि मद्दत गर्नेछ । यसको लागि पहिला टोखा जाग्नुपर्छ । स्थानीय सरकारलाई झकझकाउनु
    पर्छ । स्थानीय सरकारमार्फत केन्द्र सम्म पुग्नु पर्छ र अन्तराष्ट्रिय निकायसम्म टोखाको पहिचान पु¥याउनुपर्छ ।

    Author

    • दामोदर न्यौपाने

      न्यौपाने वेदान्त प्रेसका सम्पादक हुन् । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा संलग्न न्यौपानेका कर्मः सिकाइमा गहिरिएको खाडल, सम्पदा लडाइँ, स्कुल बेच्ने बालकसहित दर्जन बढी पुस्तक प्रकाशित छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    दामोदर न्यौपाने

    न्यौपाने वेदान्त प्रेसका सम्पादक हुन् । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा संलग्न न्यौपानेका कर्मः सिकाइमा गहिरिएको खाडल, सम्पदा लडाइँ, स्कुल बेच्ने बालकसहित दर्जन बढी पुस्तक प्रकाशित छन् ।

    Related Posts

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ४ हप्ता अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    २ महिना अगाडि
    Leave A Reply Cancel Reply

    Demo
    Don't Miss

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    वेदान्त प्रेस३ हप्ता अगाडि

    ​ समाजको ऐना मानिने पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव सँगाल्नुभएका र १९ वटाभन्दा बढी…

    जगदुल्लाको शैक्षिक उडान

    ४ हप्ता अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    २ महिना अगाडि

    विद्यालय ज्ञान आर्जन गर्ने स्थान मात्र होइन, अनुशासन, संस्कार र जीवन जिउने कला सिक्ने दोस्रो घर हो

    ३ महिना अगाडि
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo
    About Us
    About Us

    वेदान्त प्रेस – ज्ञान, अनुसन्धान र बौद्धिक विमर्शको मञ्च

    वेदान्त प्रेस एउटा अनलाइन प्रकाशन गृह र बौद्धिक मञ्च हो । हाम्रो मुख्य उद्देश्य नेपालको शैक्षिक, सांस्कृतिक, पुरातात्विक र प्राकृतिक सम्पदाका क्षेत्रमा गहन अनुसन्धान, विश्लेषण र खुला बहसलाई बढावा दिनु हो ।

    ‘वेदान्त’ शब्दले बोकेको ज्ञानको गहिराइ, सत्यको खोजी र अन्तर्निहित एकताको भावनालाई आत्मसात् गर्दै, हामी पूर्वीय ज्ञान परम्परालाई आधुनिक अनुसन्धान विधिहरूसाग जोडेर नयाँ आयामहरू पत्ता लगाउने प्रयत्नमा छौं ।

    Facebook X (Twitter) Pinterest YouTube WhatsApp
    Our Picks

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ४ हप्ता अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    २ महिना अगाडि
    Most Popular

    मोक्षको भ्रम र वास्तविक मार्ग: के हामी सही बाटोमा छौँ ?

    १० महिना अगाडि5 Views

    निलकण्ठ धामः आध्यात्मिकताको नयाँ ज्योति

    १० महिना अगाडि7 Views

    राष्ट्रिय विभूति अरनिकोको जन्मघर: इतिहास र संरक्षणको नयाँ पहल

    ५ महिना अगाडि8 Views
    © 2026 GoSA Desktop. Designed by GOSA.
    • Home

    Type above and press Enter to search. Press Esc to cancel.