Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रत्नकोट आधारभूत विद्यालयमा विद्यार्थी तथा शिक्षकलाई कपडा वितरण

    १ हप्ता अगाडि

    उर्जाशील कर्मचारी संघमा पदभार ग्रहण

    २ हप्ता अगाडि

    एक चिहानको बिशेष शो

    ३ हप्ता अगाडि
    Facebook X (Twitter) Instagram
    Bedanta Press
    • होमपेज
    • समाज
    • अनुसन्धान
    • खोज
    • पुरातत्व
    • प्रकाशन
      • रिपोर्ट
      • लेख
    • बहस
      • प्रकृति
      • शिक्षा
      • समाज
      • संस्कृति
    • मल्टिमिडिया
    • रैथाने ज्ञान
    • सम्पदा
    Bedanta Press
    Home » बदलिँदो कृषि प्रणाली ः परम्परागत ज्ञानले वर्तमान संकट टार्न सक्छ ?
    अनुसन्धान

    बदलिँदो कृषि प्रणाली ः परम्परागत ज्ञानले वर्तमान संकट टार्न सक्छ ?

    वेदान्त प्रेसवेदान्त प्रेस५ महिना अगाडि5 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Follow Us
    Google News Flipboard Threads
    काठमाडौंको गोठाटारमा रोपिएको सखरखण्ड ।
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    ज्ञानेन्द्रराज देवकोटा


    जलवायु परिवर्तनका असर, रासायनिक मलको बढ्दो प्रयोग र माटोको उर्वराशक्तिमा आएको ह्रासले कृषि प्रणाली गम्भीर संकटमा छ । आधुनिक प्रविधि र रासायनिक निर्भरताले दिगो समाधान दिन नसकेको वर्तमान परिप्रेक्ष्यमा, के हाम्रा पुर्खाले युगौंदेखि अँगाल्दै आएका परम्परागत कृषि अभ्यासहरूले यो चुनौतीको सामना गर्न सक्छन् ?
    नेपालको कृषि इतिहासको थालनी कहिले भयो भन्ने यकिन गर्न कठिन भए पनि यसको मौलिकता र परम्परागत विरासत स्पष्ट छ । यहाँको कृषिमा प्रयोग हुने परम्परागत ज्ञान पुस्ताँैदेखि मौखिक परम्परा, अनुभव र अभ्यासमार्फत हस्तान्तरण हुँदै आएको छ । यस किसिमको ज्ञानले नेपालको जटिल भूगोल, विशिष्ट जलवायु, सामाजिक संरचना र सांस्कृतिक विविधतालाई जीवन्त रूपमा प्रतिबिम्बित गर्छ । वस्तुतः कृषिकर्म यहाँ जीवनसँगै गहिरो रूपमा जोडिएको छ ।
    धेरै कृषि विद्वानहरूले नेपाली परम्परागत कृषि ज्ञानको अभिलेख तयार पारेका होलान्, तर यहाँ मैले मेरा पुर्खाहरूको जीवनशैली नियाल्दा देखेका कृषि अभ्यासहरूलाई सरल भाषामा प्रस्तुत गर्ने जमर्को गरेको छु ।

    बीउ व्यवस्थापन, परम्परागत बुद्धिको जग

    हामीले बीउ व्यवस्थापनबाटै कृषिचक्रको थालनी ग¥यौँ । उत्तम गुणस्तरका बोटबाट बीउ सङ्कलन गर्दा आफ्नो र छरछिमेकको समेत सहयोग लिने गरिन्थ्यो । संकलित बीउहरूलाई विशेष ध्यान दिएर केलाइन्थ्यो र छुट्टै सुरक्षित राखिन्थ्यो । जस्तै, कालो मसिनो धानमा अर्को बीउ मिसिएला भनेर निकै ख्याल गरिन्थ्यो । गाउँमा कसैको खेतमा राम्रो काँक्रो फल्यो भने अर्को वर्ष गाउँभरि त्यसको बीउ बाँड्ने चलन थियो । यो अभ्यासले स्थानीय प्रजातिहरूको संरक्षणमा अतुलनीय मद्दत पु¥याएको थियो, जुन आज ‘बीउ बैंक’ को रूपमा चिनिन्छ ।

    मौसमी कृषिचक्र र चाडपर्वको तालमेल

    नेपाली कृषि प्रणाली मौसमचक्र र चाडपर्वसँग गहिरो रूपमा जोडिएको छ । शिवरात्रीपछि घिरौंला, लौका, फर्सी, बोडीजस्ता लहरे तरकारीहरू रोप्ने चलन थियो । मकै रोप्ने, बाँझो बारी जोत्ने समय पनि यसरी नै मौसमअनुसार हाम्रा चाडबाडसँगै समायोजित हुन्थ्यो । असार–साउनमा रोपाइँ हुन्थ्यो भने मङ्िसर–पुसमा गहुँ र तोरी लगाइन्थ्यो । हाम्रा चाडपर्वहरू पनि यसै कृषिचक्र अनुसार निर्धारण गरिएका थिए । रोपाइँ जात्रा, असारे गीत र मंसिरमा ‘न्वा“गी खाने’ (नयाँ अन्न खाने) जस्ता परम्परा यसका उदाहरण हुन् ।

    अन्तरबाली खेतीः भूमिको अधिकतम उपयोग


    हाम्रा पुर्खाहरूले कोसेबालीलाई अर्को बालीमा मिसाएर लगाए धेरै फल्छ’ भन्ने कुरा अनुभवबाटै सिकेका थिए । त्यसैले मकै र बोडीको अन्तरबाली (मकैबोडी) निकै प्रचलित थियो । गहुँबारीमा मुसुरो मिसाएर रोप्दा धेरै फलेको कुरा उनीहरू बताउँथे । हामी घिरौंलालाई मकैबारीको डिलमा घाँसको रुखसँगै रोप्ने गथ्र्यौँ । कृषि विज्ञहरूका अनुसार, यस्तो अन्तरबाली खेतीले जमिनको उपयोगिता बढाउनुका साथै उत्पादन र माटोको उर्वरशक्तिमा वृद्धि गर्छ, जसले थोरै जग्गामा धेरै उत्पादन गर्न सकिने सम्भावना रहन्छ ।

    पशुधन व्यवस्थापन र जैविक मलको महत्व

    पहाडी भेगमा प्रत्येक घरमा हलगोरु अनिवार्य नै थियो । जमिन जोत्दा माटो र लगाउने बाली अनुसार गहिराइ र दिशा फरक पारी ठाडो र तेर्सो गरेर जोत्ने चलन थियो । हरेक चाडपर्वमा गाईको दूध र मूत्र अनिवार्य मानिन्थ्यो । जुठो फाल्न पनि गाईको गोबर चाहिन्थ्यो । धार्मिक हिसाबले गाईको दूध, मूत्र र गोबरका लागि मात्र नभई मल र गोरु प्राप्तिका लागि पनि गाई पाल्ने चलन थियो । गाईभैँसीको गोठ ओबानो राख्न पतकर (ओछ्याउने–बिछ्याउने) को प्रयोग गरिन्थ्यो । पतकर मिसिएको मलखादमा राखेर गोबर मल तयार पारिन्थ्यो । मलखादलाई अलि खाल्डोमा पारेर गाईगोरुको मलमूत्र त्यहीँ बगेर जाने व्यवस्था मिलाइन्थ्यो । त्यो बेलाको भाषामा ‘मल पाक्नुपर्छ’ भन्ने चलन हुन्थ्यो जसलाई हामी अहिले जैविक कम्पोस्ट भन्दछौँ । बोटबिरुवामा किरा लागेमा टिमुर, निम, तितेपाती वा गाईको पिसाव छर्किएपछि किरा भाग्छ भन्थे । वास्तवमा, यो परजीवी व्यवस्थापनको जैविक कीटनाशक बनाउने स्थानीय तरिका थियो, जसलाई हामीले जगेर्ना गर्नुपर्ने थियो ।

    कुलो प्रणालीः जल–माटो संरक्षण र सामाजिक एकताको प्रतीक

    हाम्रो उकालो–ओरालो भूगोलका कारण यहाँ परम्परागत रूपमा कुलो प्रणालीको विकास भएको छ । यसबाटै हाम्रा खेतहरूमा सिँचाइ गर्ने चलन छ । कुलो बनाउन स्थानीय सामग्रीहरू (ढुंगा, माटो, काठ) को प्रयोग हुन्थ्यो। प्रत्येक वर्ष कुलो बनाउन विशेष दिनमा गाउँ वा समुदाय मिलेर कुलो निर्माण, मर्मत र सञ्चालन गर्थे । कुलोको पालो अनुसार पानी वितरण हुन्थ्यो । यस्तो कुलो बनाउन तथा मर्मतमा कुनै ठूलो यान्त्रिक प्रविधि आवश्यक पर्दैनथ्यो । यो प्रविधिले जल–माटो संरक्षणमा समेत सघाउँथ्यो र सस्तो तथा पर्यावरणमैत्री पनि थियो। नेपाली परम्परागत कुलो प्रणाली केवल सिँचाइको माध्यम मात्र होइन, सामाजिक एकता, सांस्कृतिक सम्पदा र वातावरण संरक्षणको प्रतीक पनि हो । यसको संरक्षण आज पनि महत्वपूर्ण छ ।

    कृषि, सामाजिक जीवन र सांस्कृतिक पहिचानको अन्तरसम्बन्ध

    नेपालको कृषि प्रणाली केवल आर्थिक क्रियाकलाप नभई सामाजिक र सांस्कृतिक जीवनसँग गहिरो रूपमा गाँसिएको छ । यहाँका परम्परागत कृषि अभ्यासहरूमा समुदाय, परम्परा, रीतिरिवाज र चाडपर्व सबै एकीकृत रूपमा समावेश हुन्छन्।
    नगद नभई श्रममा आधारित विनिमय प्रणालीले गर्दा खेतबारीमा काम गर्दा पालो, पर्म जस्ता चलन अनुसार मानिसहरूले एक अर्काको खेतबारीमा पालो गरी काम गरिदिने परम्परा थियो। धान रोपाइँ वा कटाइमा गुठी वा टोल समूहको सहभागिता हुन्थ्यो, जसले सामुदायिक भावनालाई बलियो बनाउँथ्यो । कृषिमा महिलाको भूमिका सामाजिक पहिचानसँग जोडिएको थियो; महिला परम्परागत रूपमा रोपाइँ, झारपात गोडमेल, फसल सङ्कलन, बीउ छान्ने, भण्डारण जस्ता कार्यमा अग्रणी भूमिका खेल्थे ।
    चाडपर्वहरू कृषिसँग अन्योन्याश्रित रूपमा जोडिएका थिए । जस्तो कि असार पन्ध्रलाई धान रोपाइँ महोत्सवको रूपमा मनाउने चलन हालसम्म पनि चलेको छ । साउन एक गते लुतो फाल्ने (वा मकर सङ्क्रान्तिमा लुतो फाल्ने) चलनपछि मात्र मकै खानुपर्छ भन्ने मान्यता थियो । मंसिर महिनामा ’न्वाइ खाने’ (नयाँ धानको भात खाने) चलन थियो। तिहारमा गोरु, गाई, गोठ, अन्न भण्डारण स्थल पूजा गर्ने चलन हालसम्मै चलेको छ। कृषि श्रमलाई रमाइलो बनाउन साङ्गीतिक अभ्यासहरू प्रचलनमा थिए। रोपाइँमा असारे भाकामा रोपाइँ गीत, झ्याउरे गीत, कटाइमा कटनी गीत प्रख्यात थिए। नयाँ अन्न भित्र्याउँदा पहिलो अन्न देवतामा चढाउने, बीउ छर्नुअघि भूमिदेवता वा कुलदेवता पूजा गर्ने, फलफूल वा तरकारीको पहिलो उत्पादन परिवार र छिमेकीलाई बाँड्ने हाम्रा मौलिक परम्परा हुन् । यसले गाउँमा सामाजिक सम्बन्ध बलियो बनाउँदै सामाजिक ऐक्यबद्धता, सांस्कृतिक पहिचान र पर्यावरणीय सन्तुलन कायम राख्न मद्दत पुग्नेछ ।
    अन्त्यमा, नेपाली कृषिमा सामाजिक–सांस्कृतिक अभ्यासले केवल अन्न उत्पादन मात्र होइन, सामाजिक संरचना, परम्परा र पहिचानको आधार तयार पारेको छ । त्यसैले कृषि परम्परा नेपाली सांस्कृतिक सम्पदाको एक अमूल्य अंग हो ।
    यो लेखले नेपालको कृषिमा परम्परागत ज्ञानको महत्वलाई उजागर गरेको छ । के हामीले आजको कृषि संकट टार्न हाम्रा पुर्खाका अभ्यासहरूबाट केही सिक्न सक्छौं ?

    Author

    • वेदान्त प्रेस
      वेदान्त प्रेस

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    वेदान्त प्रेस
    • Website

    Related Posts

    ऐतिहासिक र धार्मिक सम्पदाहरूको संरक्षणलाई मुख्य प्राथमिकता

    ३ हप्ता अगाडि

    विद्यालयमा ध्यान सिक्दै विद्यार्थी

    ४ हप्ता अगाडि

    बाटोमा होइन, माटोमा: सतबीजको वास्तविक दर्शन र जीवन्त अर्थ

    ४ हप्ता अगाडि
    Leave A Reply Cancel Reply

    Demo
    Don't Miss

    रत्नकोट आधारभूत विद्यालयमा विद्यार्थी तथा शिक्षकलाई कपडा वितरण

    वेदान्त प्रेस१ हप्ता अगाडि

    सिन्धुपाल्चोक, २१ पुस ।रत्नकोट आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम कुमार लामाको पहलमा समाजसेवी…

    उर्जाशील कर्मचारी संघमा पदभार ग्रहण

    २ हप्ता अगाडि

    एक चिहानको बिशेष शो

    ३ हप्ता अगाडि

    समय र संवेदनाको क्रमिक यात्रामा ‘क्रमशः एक्लै–एक्लै’

    ३ हप्ता अगाडि
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo
    About Us
    About Us

    वेदान्त प्रेस – ज्ञान, अनुसन्धान र बौद्धिक विमर्शको मञ्च

    वेदान्त प्रेस एउटा अनलाइन प्रकाशन गृह र बौद्धिक मञ्च हो । हाम्रो मुख्य उद्देश्य नेपालको शैक्षिक, सांस्कृतिक, पुरातात्विक र प्राकृतिक सम्पदाका क्षेत्रमा गहन अनुसन्धान, विश्लेषण र खुला बहसलाई बढावा दिनु हो ।

    ‘वेदान्त’ शब्दले बोकेको ज्ञानको गहिराइ, सत्यको खोजी र अन्तर्निहित एकताको भावनालाई आत्मसात् गर्दै, हामी पूर्वीय ज्ञान परम्परालाई आधुनिक अनुसन्धान विधिहरूसाग जोडेर नयाँ आयामहरू पत्ता लगाउने प्रयत्नमा छौं ।

    Facebook X (Twitter) Pinterest YouTube WhatsApp
    Our Picks

    रत्नकोट आधारभूत विद्यालयमा विद्यार्थी तथा शिक्षकलाई कपडा वितरण

    १ हप्ता अगाडि

    उर्जाशील कर्मचारी संघमा पदभार ग्रहण

    २ हप्ता अगाडि

    एक चिहानको बिशेष शो

    ३ हप्ता अगाडि
    Most Popular

    पशुपतिमा जल्दै गरेको शवबाट हड्डी निकालेको आरोपमा दुई जना पक्राउ

    ५ महिना अगाडि2 Views

    खोटाङको भुल्केधाममा भव्य सांस्कृतिक मेला

    ५ महिना अगाडि2 Views

    आज जनै पूर्णिमा पर्व मनाइँदै

    ५ महिना अगाडि2 Views
    © 2026 GoSA Desktop. Designed by GOSA.
    • Home

    Type above and press Enter to search. Press Esc to cancel.