सिन्धुपाल्चोक, २१ पुस ।
रत्नकोट आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम कुमार लामाको पहलमा समाजसेवी लामाले विद्यार्थी र शिक्षकलाई ट्र्याकसूट र खेलकुद पोशाक वितरण गरिएको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी र शिक्षकहरूलाई एकरूप पोशाक प्रदान गरिएको थियो। यस कदमले विद्यालयमा खेलकुद गतिविधि प्रोत्साहन गर्ने मात्र नभई विद्यार्थीहरूको आत्मविश्वास र अनुशासनमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
विद्यालय परिवारले सहयोगी परिवारप्रति हार्दिक आभार व्यक्त गर्दै यस किसिमको सहयोगले ग्रामीण विद्यालयमा शैक्षिक वातावरण सुदृढ बनाउन ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।