Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ४ हप्ता अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    २ महिना अगाडि
    Facebook X (Twitter) Instagram
    Bedanta Press
    • होमपेज
    • समाज
    • अनुसन्धान
    • खोज
    • पुरातत्व
    • प्रकाशन
      • रिपोर्ट
      • लेख
    • बहस
      • प्रकृति
      • शिक्षा
      • समाज
      • संस्कृति
    • मल्टिमिडिया
    • रैथाने ज्ञान
    • सम्पदा
    Bedanta Press
    Home » ऐतिहासिक र धार्मिक सम्पदाहरूको संरक्षणलाई मुख्य प्राथमिकता
    पुरातत्व

    ऐतिहासिक र धार्मिक सम्पदाहरूको संरक्षणलाई मुख्य प्राथमिकता

    वेदान्त प्रेसवेदान्त प्रेस५ महिना अगाडि2 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Follow Us
    Google News Flipboard Threads
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौँ महानगरपालिका वडा नम्बर ३० ले आफ्नो क्षेत्रभित्रका ऐतिहासिक र धार्मिक सम्पदाहरूको संरक्षणलाई मुख्य प्राथमिकतामा राखेको छ। यसै योजनाअन्तर्गत ऐतिहासिक भद्रकाली मन्दिरको पुनर्निर्माण कार्य अहिले तीव्र गतिमा अगाडि बढिरहेको छ। मन्दिरको मौलिक शैली र वास्तुकलालाई कायम राख्दै यसलाई थप मजबुत बनाउने लक्ष्य राखिएको छ। मन्दिर पुनर्निर्माणले स्थानीय संस्कृति र पर्यटन प्रवर्धनमा ठुलो टेवा पुग्ने विश्वास गरिएको छ।

    सांस्कृतिक सम्पदा र फल्चा उद्घाटन

    सम्पदा संरक्षणकै सिलसिलामा आज मैतीदेवी मन्दिर प्राङ्गणको दक्षिणतर्फ दुईवटा नयाँ ‘कर्नर फल्चा’ को उद्घाटन गरिएको छ। यी फल्चाहरू करिब ४० लाख रुपैयाँको लागतमा निर्माण भएका हुन्। वडाध्यक्ष दलबहादुर कार्कीले यी कलात्मक संरचनाको उद्घाटन गर्नुभयो। १५ फिट लम्बाइ र १५ फिट चौडाइ भएका यी फल्चाको तल्लो भागमा थामहरू राखिएका छन्। माथिल्लो भागमा परम्परागत कला र आकर्षक छाना बनाइएको छ।

    राजस्व संकलन र बजेट खर्चको अवस्था

    वडाले विकासका कामसँगै राजस्व संकलनमा पनि ठुलो सफलता हात पारेको छ। चालु आर्थिक वर्षको पहिलो ५ महिनामा ७ करोड ५६ लाख ९४ हजार ६२७ रुपैयाँ राजस्व संकलन भएको छ। गत वर्ष यही अवधिमा ६ करोड ७५ लाख ५७ हजार रुपैयाँ मात्र संकलन भएको थियो। गत आर्थिक वर्ष २०८१/८२ मा वडाले कुल १६ करोड ८३ लाख १ हजार ५६२ रुपैयाँ राजस्व जम्मा गरेको थियो।

    यस वर्ष वडाका लागि ११ करोड २२ लाख रुपैयाँ बजेट प्राप्त भएको थियो। जसमध्ये ५ करोड २३ लाख ८५ हजार रुपैयाँ खर्च भइसकेको छ। यो कुल बजेटको ४६.६८ प्रतिशत हो। वडाका २९ वटा योजनामध्ये १८ वटा सम्पन्न भइसकेका छन् भने ६ वटा योजना सम्पन्न हुन बाँकी छन्।

    जनस्वास्थ्य र सामाजिक विकास

    वडाले जनस्वास्थ्यका क्षेत्रमा पनि प्रभावकारी काम गरेको छ। सहरी स्वास्थ्य प्रवर्धन केन्द्रबाट यस वर्षको ५ महिनामा ५ हजार व्यक्तिले सेवा लिइसकेका छन्। वडाका ३ हजार ४२९ जना नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन्। स्थानीयको शारीरिक तन्दुरुस्तीका लागि नारायण चौर, मैतीदेवी र पारसनाथ मन्दिर परिसरमा खुल्ला व्यायाम स्थलहरू स्थापना गरिएका छन्। सामाजिक क्षेत्रतर्फ गत वर्ष १२० जनालाई बेकरी, साङ्केतिक भाषा र संगीत जस्ता विभिन्न सीपमूलक तालिमहरू प्रदान गरिएको थियो।

    सार्वजनिक सुनुवाइ र जनअपेक्षा

    मैतीदेवीमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा वडाध्यक्ष कार्कीले स्थानीयको भावना अनुसार नै विकास अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले स्थानीय विवाद र मुद्दाका कारण वडाको प्रशासनिक भवन निर्माणको बजेट खर्च गर्न नसकिएको स्पष्ट पार्नुभयो। वडा सचिव देवराज जोशीले डुबान समस्या समाधानका लागि ढलको सर्वेक्षण भइरहेको र आगलागी नियन्त्रणका लागि ‘फायर ड्राइराइजर’ को सफल परीक्षण गरिएको जानकारी दिनुभयो।

    सुनुवाइ कार्यक्रममा सहभागी नागरिकहरूले सार्वजनिक शौचालय थप्नुपर्ने, वडा प्रोफाइल बनाउनुपर्ने र खानेपानी वितरणमा रहेको असमानता हटाउनुपर्ने जस्ता महत्वपूर्ण सुझावहरू दिएका थिए।

    Author

    • वेदान्त प्रेस
      वेदान्त प्रेस

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    वेदान्त प्रेस
    • Website

    Related Posts

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ४ हप्ता अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    २ महिना अगाडि
    Leave A Reply Cancel Reply

    Demo
    Don't Miss

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    वेदान्त प्रेस३ हप्ता अगाडि

    ​ समाजको ऐना मानिने पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव सँगाल्नुभएका र १९ वटाभन्दा बढी…

    जगदुल्लाको शैक्षिक उडान

    ४ हप्ता अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    २ महिना अगाडि

    विद्यालय ज्ञान आर्जन गर्ने स्थान मात्र होइन, अनुशासन, संस्कार र जीवन जिउने कला सिक्ने दोस्रो घर हो

    ३ महिना अगाडि
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo
    About Us
    About Us

    वेदान्त प्रेस – ज्ञान, अनुसन्धान र बौद्धिक विमर्शको मञ्च

    वेदान्त प्रेस एउटा अनलाइन प्रकाशन गृह र बौद्धिक मञ्च हो । हाम्रो मुख्य उद्देश्य नेपालको शैक्षिक, सांस्कृतिक, पुरातात्विक र प्राकृतिक सम्पदाका क्षेत्रमा गहन अनुसन्धान, विश्लेषण र खुला बहसलाई बढावा दिनु हो ।

    ‘वेदान्त’ शब्दले बोकेको ज्ञानको गहिराइ, सत्यको खोजी र अन्तर्निहित एकताको भावनालाई आत्मसात् गर्दै, हामी पूर्वीय ज्ञान परम्परालाई आधुनिक अनुसन्धान विधिहरूसाग जोडेर नयाँ आयामहरू पत्ता लगाउने प्रयत्नमा छौं ।

    Facebook X (Twitter) Pinterest YouTube WhatsApp
    Our Picks

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ४ हप्ता अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    २ महिना अगाडि
    Most Popular

    मोक्षको भ्रम र वास्तविक मार्ग: के हामी सही बाटोमा छौँ ?

    १० महिना अगाडि5 Views

    निलकण्ठ धामः आध्यात्मिकताको नयाँ ज्योति

    १० महिना अगाडि7 Views

    राष्ट्रिय विभूति अरनिकोको जन्मघर: इतिहास र संरक्षणको नयाँ पहल

    ५ महिना अगाडि8 Views
    © 2026 GoSA Desktop. Designed by GOSA.
    • Home

    Type above and press Enter to search. Press Esc to cancel.