शिक्षा क्षेत्रमा व्यवहारजन्य समस्याहरूको समाधान खोज्न कार्यमूलक अनुसन्धान उपयोगी उपाय हो । शिक्षण मात्र पाठ्यपुस्तकमा सीमित हुने होइन, विद्यार्थीको मनोविज्ञान, प्रवृत्ति, सामाजिक व्यवहार र वातावरणीय प्रभाव पनि समेट्नुपर्छ । विद्यालयहरूमा शिक्षण क्रममा विभिन्न समस्या देखिन्छन् —अनुशासनहीनता, ध्यान विचलन, सिकाइमा रुचिको अभाव आदि ।
शिक्षालाई कसरी माथी लैजाने रु यो हाम्रो सरोकार हो । शिक्षा माथि लैजाने भएका फ्रयास मेरा खोजीका विषय हुन् । त्यही क्रममा शिक्षा सुधार्न गरिएको कार्यमुलक अनुसन्धानका धेरै केस हेरेको छु । त्यही त्रममा मैंले हेरेको एक केस स्टडी श्री ग्राम शिक्षा मन्दिर मावि, बुढानीलकण्ठ–११ मा कार्यरत शिक्षिका कमलाकुमारी भण्डारीद्वारा प्रस्तुत कार्यमूलक अनुसन्धानको निचोड हो । यसले सामाजिक सञ्जालको प्रभावका कारण विद्यार्थीमा देखिएको व्यवहारिक चुनौती र समाधानको खोजीलाई केन्ऽ बनाएको छ ।
अनुसन्धान कस्तो हो ?
यो एक कार्यमूलक अनुसन्धान हो । कार्यमुलक अनुसन्धान भनेको समस्या पहिचान गरेर समाधान खोज्ने व्यवहारिक र योजनाबद्ध अध्ययन हो । शिक्षक आफैले समस्या अनुभव गरेपछि सुधारका निम्ति स्थलगत अध्ययन गर्दै समस्या समाधान गर्ने प्रयास यो अनुसन्धानमा हुन्छ । अनुसन्धानमा प्रत्यक्ष अवलोकन, परामर्श, समन्वय, र निरन्तर निगरानी जस्ता प्रविधिहरू अपनाइन्छ ।
अनुसन्धानको चरणगत संरचना
यो अनुसन्धान सामान्यत पाँच चरणमा गरिन्छ ।
१. समस्या पहिचान: अनुसन्धान गर्नुपर्ने समस्या के हो भनेर पहिचान गरिन्छ । कक्षाको व्यवहार, सिकाइको कठिनाइ, वा अनुशासनको चुनौतीजस्ता विषयहरू समेटिन्छ ।
२. योजना निर्माण: समस्या समाधानका लागि रणनीति बनाइन्छ । यसमा शिक्षण विधि, गतिविधि, परामर्श शैली, वा परीक्षणको योजना तयार गरिन्छ ।
३. कार्यान्वयन: तयार गरिएको योजनालाई कक्षामा प्रयोग गरिन्छ । विद्यार्थीहरूसाग अन्तरक्रिया, अभ्यास, र हेरचाह सुरु हुन्छ ।
४. अवलोकन तथा तथ्य संकलन: कार्यान्वयनको क्रममा के–कस्ता परिवर्तन आए, के सुधार भयो भन्ने कुरा नोट गरिन्छ ।
५. विश्लेषण तथा निष्कर्ष: प्राप्त तथ्यहरू विश्लेषण गरी निष्कर्ष निकालिन्छ—के काम गर्यो रु के सुधार गर्न सकिन्छ ? भविष्यका लागि के सन्देश छ ?
आवश्यकता अनुसार यो चरण घटाउन पनि सकिन्छ । यो स्कुलमा भने तीन चरणमा विभाजन गरेर अध्ययन गरिएको छ ।
१. प्रारम्भिक अवलोकन
विद्यार्थीको चालचलन, व्यवहार, साथीसागको सम्बन्ध जस्ता पक्षहरू नदिई अवलोकन गरिएको छ । अनुशासन र नैतिकताको बारेमा व्याख्या गरिएको छ र उदाहरणहरू प्रस्तुत गरिएको छ ।
२. परामर्श र हस्तक्षेप
मोबाइल ल्याउने, फेसबुकको दुरुपयोग गर्ने वा अनुशासन नमान्ने विद्यार्थीलाई व्यक्तिगत वा समूहगत परामर्श गरिएको थियो ।
३. समन्वय र निगरानी
सुधार नभएमा अभिभावक तथा प्रशासनसाग समन्वय गरी निरन्तर सूचना सम्प्रेषण गर्ने र निगरानी जारी राख्ने जस्ता चरणमा काम गरिएको थियो ।
अनुसन्धानको उपलब्धिहरू
अनुसन्धानले निम्न उपलब्धि देखिएका छन्:
–विद्यार्थीले मोबाइल लुकाएर ल्याउने बानी परिवर्तन गरे
–फुर्सदको समयमा फेसबुकको सट्टा पढाइ बारे संवाद भयो
–अब्बल विद्यार्थीहरूसाग सहकार्य देखा पर्यो
–शिक्षकसाग आदरपूर्वक व्यवहार
–अभिभावकको गुनासोमा कमी
–आचरण र पहिरनमा सुधार
–परीक्षामा प्राप्ताङ्क वृद्धि
यी परिणाम व्यवहार सुधार, अनुशासन सुदृढीकरण र शैक्षिक प्रगतिमा सकारात्मक प्रभाव पार्ने निश्चित छ ।
अनुसन्धानको प्रभाव
यो अनुसन्धानको प्रत्यक्ष प्रभाव विद्यार्थीको अनुशासन, नैतिकता, सिकाइ–संचार क्षमतामा देखिएको छ । सामाजिक सञ्जालको प्रयोगले ध्यान विचलन, आत्म–केन्ऽितता, एक्लोपना र अध्ययनभन्दा परका गतिविधिहरूमा समय खर्च गराउने देखिएको भए पनि सजग योजना र शिक्षकीय हस्तक्षेपमार्फत सुधार सम्भव रहेको प्रमाणित भएको छ ।
शिक्षामा कार्यमूलक अनुसन्धान किन ?
–समस्या पहिचान गर्न, तथ्यमा आधारित र व्यवहारिक समाधान खोज्न ।
–शिक्षकको अनुभवको ज्ञान विद्यालय सुधारमा लागू गर्न ।
–शैक्षिक नीति निर्माणमा स्थानीय आधारको सन्देश प्रदान गर्न ।
– विद्यार्थी र अभिभावकको मनोवैज्ञानिक सम्बोधन सम्भव बनाउन ।
– सिकाइ प्रक्रियामा अनुशासन र नैतिकताको समायोजन गर्न ।
शिक्षक केवल पाठ्यक्रम अध्यापन मात्र गर्ने होइनन् । उनीहरू सिकाइको वातावरण निर्माणकर्ता पनि हुन् । त्यसैले समस्या आयो भने अनुसन्धानमार्फत समाधानको खोजी गर्नु उनीहरूको जिम्मेवारी हो । यस्तो कार्यमूलक अनुसन्धानले शिक्षकको नेतृत्व क्षमता, सामुदायिक सहभागिता, र विद्यालय सुधार रणनीति निर्माणमा महत्व राख्छ ।
निष्कर्ष
कमलाकुमारी भण्डारीको कार्यमूलक अनुसन्धान विद्यार्थी–शिक्षक–अभिभावक बीचको समन्वयमा केन्ऽित एक सशक्त अभ्यास हो । प्रविधिको प्रयोगलाई सजग निगरानी, व्यवहारिक परामर्श र नैतिक मूल्यको आधारमा संयोजन गर्दा शिक्षा प्रणालीमा सन्तुलन ल्याउन सकिन्छ । शिक्षामा यस्ता व्यवहारिक अध्ययनहरूले सिद्ध गर्छन्—समस्या जति गहिरो भए पनि समाधान शिक्षककै हातमा हुन्छ ।
