Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ४ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    १ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ३ महिना अगाडि
    Facebook X (Twitter) Instagram
    Bedanta Press
    • होमपेज
    • समाज
    • अनुसन्धान
    • खोज
    • पुरातत्व
    • प्रकाशन
      • रिपोर्ट
      • लेख
    • बहस
      • प्रकृति
      • शिक्षा
      • समाज
      • संस्कृति
    • मल्टिमिडिया
    • रैथाने ज्ञान
    • सम्पदा
    Bedanta Press
    Home » कार्यमुलक अनुसन्धानको निचोडः मोबाइल चलाउँदै, शिक्षा हराउँदै
    अनुसन्धान

    कार्यमुलक अनुसन्धानको निचोडः मोबाइल चलाउँदै, शिक्षा हराउँदै

    दामोदर न्यौपानेदामोदर न्यौपाने१० महिना अगाडि3 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Follow Us
    Google News Flipboard Threads
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    शिक्षा क्षेत्रमा व्यवहारजन्य समस्याहरूको समाधान खोज्न कार्यमूलक अनुसन्धान उपयोगी उपाय हो । शिक्षण मात्र पाठ्यपुस्तकमा सीमित हुने होइन, विद्यार्थीको मनोविज्ञान, प्रवृत्ति, सामाजिक व्यवहार र वातावरणीय प्रभाव पनि समेट्नुपर्छ । विद्यालयहरूमा शिक्षण क्रममा विभिन्न समस्या देखिन्छन् —अनुशासनहीनता, ध्यान विचलन, सिकाइमा रुचिको अभाव आदि ।

    शिक्षालाई कसरी माथी लैजाने रु यो हाम्रो सरोकार हो । शिक्षा माथि लैजाने भएका फ्रयास मेरा खोजीका विषय हुन् । त्यही क्रममा शिक्षा सुधार्न गरिएको कार्यमुलक अनुसन्धानका धेरै केस हेरेको छु । त्यही त्रममा मैंले हेरेको एक केस स्टडी श्री ग्राम शिक्षा मन्दिर मावि, बुढानीलकण्ठ–११ मा कार्यरत शिक्षिका कमलाकुमारी भण्डारीद्वारा प्रस्तुत कार्यमूलक अनुसन्धानको निचोड हो । यसले सामाजिक सञ्जालको प्रभावका कारण विद्यार्थीमा देखिएको व्यवहारिक चुनौती र समाधानको खोजीलाई केन्ऽ बनाएको छ ।

    अनुसन्धान कस्तो हो ?

    यो एक कार्यमूलक अनुसन्धान हो । कार्यमुलक अनुसन्धान भनेको समस्या पहिचान गरेर समाधान खोज्ने व्यवहारिक र योजनाबद्ध अध्ययन हो । शिक्षक आफैले समस्या अनुभव गरेपछि सुधारका निम्ति स्थलगत अध्ययन गर्दै समस्या समाधान गर्ने प्रयास यो अनुसन्धानमा हुन्छ । अनुसन्धानमा प्रत्यक्ष अवलोकन, परामर्श, समन्वय, र निरन्तर निगरानी जस्ता प्रविधिहरू अपनाइन्छ ।

    अनुसन्धानको चरणगत संरचना

    यो अनुसन्धान सामान्यत पाँच चरणमा गरिन्छ ।

    १. समस्या पहिचान: अनुसन्धान गर्नुपर्ने समस्या के हो भनेर पहिचान गरिन्छ । कक्षाको व्यवहार, सिकाइको कठिनाइ, वा अनुशासनको चुनौतीजस्ता विषयहरू समेटिन्छ ।
    २. योजना निर्माण: समस्या समाधानका लागि रणनीति बनाइन्छ । यसमा शिक्षण विधि, गतिविधि, परामर्श शैली, वा परीक्षणको योजना तयार गरिन्छ ।
    ३. कार्यान्वयन: तयार गरिएको योजनालाई कक्षामा प्रयोग गरिन्छ । विद्यार्थीहरूसाग अन्तरक्रिया, अभ्यास, र हेरचाह सुरु हुन्छ ।
    ४. अवलोकन तथा तथ्य संकलन: कार्यान्वयनको क्रममा के–कस्ता परिवर्तन आए, के सुधार भयो भन्ने कुरा नोट गरिन्छ ।
    ५. विश्लेषण तथा निष्कर्ष: प्राप्त तथ्यहरू विश्लेषण गरी निष्कर्ष निकालिन्छ—के काम गर्‍यो रु के सुधार गर्न सकिन्छ ? भविष्यका लागि के सन्देश छ ?
    आवश्यकता अनुसार यो चरण घटाउन पनि सकिन्छ । यो स्कुलमा भने तीन चरणमा विभाजन गरेर अध्ययन गरिएको छ ।

    १. प्रारम्भिक अवलोकन

    विद्यार्थीको चालचलन, व्यवहार, साथीसागको सम्बन्ध जस्ता पक्षहरू नदिई अवलोकन गरिएको छ । अनुशासन र नैतिकताको बारेमा व्याख्या गरिएको छ र उदाहरणहरू प्रस्तुत गरिएको छ ।

    २. परामर्श र हस्तक्षेप

    मोबाइल ल्याउने, फेसबुकको दुरुपयोग गर्ने वा अनुशासन नमान्ने विद्यार्थीलाई व्यक्तिगत वा समूहगत परामर्श गरिएको थियो ।

    ३. समन्वय र निगरानी

    सुधार नभएमा अभिभावक तथा प्रशासनसाग समन्वय गरी निरन्तर सूचना सम्प्रेषण गर्ने र निगरानी जारी राख्ने जस्ता चरणमा काम गरिएको थियो ।

    अनुसन्धानको उपलब्धिहरू

    अनुसन्धानले निम्न उपलब्धि देखिएका छन्:

    –विद्यार्थीले मोबाइल लुकाएर ल्याउने बानी परिवर्तन गरे
    –फुर्सदको समयमा फेसबुकको सट्टा पढाइ बारे संवाद भयो
    –अब्बल विद्यार्थीहरूसाग सहकार्य देखा पर्‍यो
    –शिक्षकसाग आदरपूर्वक व्यवहार
    –अभिभावकको गुनासोमा कमी
    –आचरण र पहिरनमा सुधार
    –परीक्षामा प्राप्ताङ्क वृद्धि

    यी परिणाम व्यवहार सुधार, अनुशासन सुदृढीकरण र शैक्षिक प्रगतिमा सकारात्मक प्रभाव पार्ने निश्चित छ ।

    अनुसन्धानको प्रभाव

    यो अनुसन्धानको प्रत्यक्ष प्रभाव विद्यार्थीको अनुशासन, नैतिकता, सिकाइ–संचार क्षमतामा देखिएको छ । सामाजिक सञ्जालको प्रयोगले ध्यान विचलन, आत्म–केन्ऽितता, एक्लोपना र अध्ययनभन्दा परका गतिविधिहरूमा समय खर्च गराउने देखिएको भए पनि सजग योजना र शिक्षकीय हस्तक्षेपमार्फत सुधार सम्भव रहेको प्रमाणित भएको छ ।

    शिक्षामा कार्यमूलक अनुसन्धान किन ?

    –समस्या पहिचान गर्न, तथ्यमा आधारित र व्यवहारिक समाधान खोज्न ।
    –शिक्षकको अनुभवको ज्ञान विद्यालय सुधारमा लागू गर्न ।
    –शैक्षिक नीति निर्माणमा स्थानीय आधारको सन्देश प्रदान गर्न ।
    – विद्यार्थी र अभिभावकको मनोवैज्ञानिक सम्बोधन सम्भव बनाउन ।
    – सिकाइ प्रक्रियामा अनुशासन र नैतिकताको समायोजन गर्न ।

    शिक्षक केवल पाठ्यक्रम अध्यापन मात्र गर्ने होइनन् । उनीहरू सिकाइको वातावरण निर्माणकर्ता पनि हुन् । त्यसैले समस्या आयो भने अनुसन्धानमार्फत समाधानको खोजी गर्नु उनीहरूको जिम्मेवारी हो । यस्तो कार्यमूलक अनुसन्धानले शिक्षकको नेतृत्व क्षमता, सामुदायिक सहभागिता, र विद्यालय सुधार रणनीति निर्माणमा महत्व राख्छ ।

    निष्कर्ष

    कमलाकुमारी भण्डारीको कार्यमूलक अनुसन्धान विद्यार्थी–शिक्षक–अभिभावक बीचको समन्वयमा केन्ऽित एक सशक्त अभ्यास हो । प्रविधिको प्रयोगलाई सजग निगरानी, व्यवहारिक परामर्श र नैतिक मूल्यको आधारमा संयोजन गर्दा शिक्षा प्रणालीमा सन्तुलन ल्याउन सकिन्छ । शिक्षामा यस्ता व्यवहारिक अध्ययनहरूले सिद्ध गर्छन्—समस्या जति गहिरो भए पनि समाधान शिक्षककै हातमा हुन्छ ।

    Author

    • दामोदर न्यौपाने

      न्यौपाने वेदान्त प्रेसका सम्पादक हुन् । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा संलग्न न्यौपानेका कर्मः सिकाइमा गहिरिएको खाडल, सम्पदा लडाइँ, स्कुल बेच्ने बालकसहित दर्जन बढी पुस्तक प्रकाशित छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    दामोदर न्यौपाने

    न्यौपाने वेदान्त प्रेसका सम्पादक हुन् । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा संलग्न न्यौपानेका कर्मः सिकाइमा गहिरिएको खाडल, सम्पदा लडाइँ, स्कुल बेच्ने बालकसहित दर्जन बढी पुस्तक प्रकाशित छन् ।

    Related Posts

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ४ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    १ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ३ महिना अगाडि
    Leave A Reply Cancel Reply

    Demo
    Don't Miss

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    वेदान्त प्रेस४ हप्ता अगाडि

    ​ समाजको ऐना मानिने पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव सँगाल्नुभएका र १९ वटाभन्दा बढी…

    जगदुल्लाको शैक्षिक उडान

    १ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ३ महिना अगाडि

    विद्यालय ज्ञान आर्जन गर्ने स्थान मात्र होइन, अनुशासन, संस्कार र जीवन जिउने कला सिक्ने दोस्रो घर हो

    ४ महिना अगाडि
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo
    About Us
    About Us

    वेदान्त प्रेस – ज्ञान, अनुसन्धान र बौद्धिक विमर्शको मञ्च

    वेदान्त प्रेस एउटा अनलाइन प्रकाशन गृह र बौद्धिक मञ्च हो । हाम्रो मुख्य उद्देश्य नेपालको शैक्षिक, सांस्कृतिक, पुरातात्विक र प्राकृतिक सम्पदाका क्षेत्रमा गहन अनुसन्धान, विश्लेषण र खुला बहसलाई बढावा दिनु हो ।

    ‘वेदान्त’ शब्दले बोकेको ज्ञानको गहिराइ, सत्यको खोजी र अन्तर्निहित एकताको भावनालाई आत्मसात् गर्दै, हामी पूर्वीय ज्ञान परम्परालाई आधुनिक अनुसन्धान विधिहरूसाग जोडेर नयाँ आयामहरू पत्ता लगाउने प्रयत्नमा छौं ।

    Facebook X (Twitter) Pinterest YouTube WhatsApp
    Our Picks

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ४ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    १ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ३ महिना अगाडि
    Most Popular

    मोक्षको भ्रम र वास्तविक मार्ग: के हामी सही बाटोमा छौँ ?

    १० महिना अगाडि5 Views

    निलकण्ठ धामः आध्यात्मिकताको नयाँ ज्योति

    १० महिना अगाडि7 Views

    राष्ट्रिय विभूति अरनिकोको जन्मघर: इतिहास र संरक्षणको नयाँ पहल

    ५ महिना अगाडि8 Views
    © 2026 GoSA Desktop. Designed by GOSA.
    • Home

    Type above and press Enter to search. Press Esc to cancel.