Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालबालिकालाई हुर्काउने कला: ‘सकारात्मक अभिभावकत्व’ पुस्तक समीक्षा

    १४ घण्टा अगाडि

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ महिना अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ३ महिना अगाडि
    Facebook X (Twitter) Instagram
    Bedanta Press
    • होमपेज
    • समाज
    • अनुसन्धान
    • खोज
    • पुरातत्व
    • प्रकाशन
      • रिपोर्ट
      • लेख
    • बहस
      • प्रकृति
      • शिक्षा
      • समाज
      • संस्कृति
    • मल्टिमिडिया
    • रैथाने ज्ञान
    • सम्पदा
    Bedanta Press
    Home » बालबालिकालाई हुर्काउने कला: ‘सकारात्मक अभिभावकत्व’ पुस्तक समीक्षा
    मुख्य स्टोरी

    बालबालिकालाई हुर्काउने कला: ‘सकारात्मक अभिभावकत्व’ पुस्तक समीक्षा

    वेदान्त प्रेसवेदान्त प्रेस१४ घण्टा अगाडि4 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Follow Us
    Google News Flipboard Threads
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    कमला केसी

    ​दामोदर न्यौपाने पत्रकारिता र पुस्तकमार्फत बालबालिका, बालमनोविज्ञान, अभिभावक शिक्षा र शिक्षा प्रणालीका समस्याहरूमाथि कलम चलाउने लेखक हुन् । पत्रकारितामा सक्रिय न्यौपानेले बालबालिका, बालमनोविज्ञान, शिक्षा, सिकाइ, बालव्यवहारलगायत सम्पदा, ऐतिहासिक धरोहरजस्ता विषयवस्तुमा पनि कलम चलाउने लेखक मानिन्छन् । उनले लेखेको असल अभिभावकत्व विषयको पुस्तकलाई विभिन्न कोणबाट समीक्षा गरी हेर्न सकिन्छ ।

    ​पुस्तकको सारांश

    ​बालबालिका माटो हुन्, उनीहरूलाई जस्तो आकारमा अगाडि बढाउन खोज्यो, त्यस्तै आकारमा बदलिन्छन् । आजको समाजमा हामी बालबालिकालाई केवल अङ्कमा मात्र मूल्याङ्कन गर्न खोजिरहेका छौं । विद्यालयले पाठ्यक्रममा भएका सम्पूर्ण पाठ्यपुस्तक त पढाउँछन् तर जीवन जिउने कला र संस्कार कहाँबाट सिक्ने ? यस्ता विषयलाई यस पुस्तकले उठान गरेको छ । आजका बालबालिका मोबाइलको लत, सामाजिक सञ्जालको होडबाजी र मानसिक दबाबको समस्यामा फसेका छन् । यो परिस्थितिमा उनीहरूलाई उपदेशले काम गर्दैन । बालबालिकाले हाम्रा शब्द होइन, हाम्रो व्यवहारलाई अनुकरण गरेका हुन्छन् त्यसैले हामी सबै अभिभावकले आफ्नो व्यवहारलाई कसरी बालबालिकामैत्री बनाउने भन्ने विषय पनि यस पुस्तकको मुख्य विषय हो ।

    ​लेखक न्यौपानेले लामो समयसम्म शिक्षा, सिकाइ, बालबालिका, बालमनोविज्ञान आदि क्षेत्रमा गरेको अनुसन्धानबाट जबसम्म अभिभावकत्वको जड बलियो र सकारात्मक हुँदैन, असल सन्तान बनाउनै सकिँदैन भन्ने निष्कर्ष निकालेका छन् । यस पुस्तकमा मोबाइल नियन्त्रणका व्यावहारिक तरिका, करियर मार्गदर्शिका मनोवैज्ञानिक पाठहरू र पूर्वीय दर्शनले सिकाएको स्वधर्मको दर्शनलाई पनि समावेश गरिएको छ । सफलताको बैंक ब्यालेन्स मात्र होइन, ठूलो घर मात्र होइन, साँचो सफलता त सन्तानको चरित्र हो, उसको आन्तरिक समृद्धि हो । उसले समाजमा छोड्ने सकारात्मक सन्देश हो भन्ने कुरालाई यस पुस्तकमा मार्मिक रूपमा उठाइएको छ । बालबालिकाले हाम्रा शब्द होइन, हाम्रा चरित्र र व्यवहारको अनुकरण गर्ने भएकाले हाम्रो व्यवहार बालबालिकामैत्री हुनुपर्छ । बालबालिकालाई असल सन्तान बनाउनको लागि पहिला हामी आफैँ सचेत अभिभावक बन्नु अनिवार्य छ । यो पुस्तक ती हरेक अभिभावकको लागि समर्पित छ, जो आफ्नो सन्तानलाई दबाब र डरबाट मुक्त गराएर आत्मविश्वास र विवेकका साथ हुर्काउन चाहन्छन् ।

    ​पुस्तकको सकारात्मक पक्ष

    ​यस पुस्तकमा हिन्दु धर्मका निकै उपयोगी भनाइसहित बालमनोविज्ञानको सूक्ष्म र सरल प्रस्तुतीकरण गरिएको छ । यस पुस्तकमा बालबालिकालाई सैद्धान्तिक ज्ञान मात्र नभई व्यावहारिक र असल कसरी बनाउने भन्ने कुरालाई जोड दिइएको छ, जुन सकारात्मक पक्ष हो । बालबालिकालाई डर, धम्की वा कुटपिट गरेर तह लगाउने नभई व्यावहारिक तरिकाले मार्गमा ल्याउन सकिने सन्देश दिनु पनि सकारात्मक पक्ष हो । यो पुस्तक पढ्दै जाँदा अभिभावकले आफ्ना गल्तीहरू महसुस गर्ने मौका पाउने र आफूलाई सच्याउने अवसर पनि पाइन्छ । विद्यालयमा बालबालिकालाई पठाएर मात्र अभिभावकको जिम्मेवारी पूरा हुँदैन, घरको वातावरण पनि मिलाइदिनुपर्छ भन्ने कुरालाई पनि जोडदार रूपमा प्रस्तुत गरेकाले यस पुस्तकमा धेरै सकारात्मक पक्ष पाउन सकिन्छ ।

    ​लेखकलाई सुझाव

    ​समग्रमा पुस्तक सकारात्मक र सन्देशमूलक छ । यसमा विविध पारिवारिक संरचनालाई पनि समेटिएको भए अझै सुनमा सुगन्ध हुने थियो । विशेष क्षमता भएका बालबालिका हुर्काउने क्रममा अभिभावकले भोग्ने तनावलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा थप बुँदा भएको भए त्यस्ता अभिभावकलाई सहज हुने थियो । निम्नवर्गीय अभिभावकले यस्ता विषयलाई कसरी सहज बनाउने भनी फरक फरक तरिकाको विकल्प पनि दिएको भए राम्रो हुने थियो ।

    ​शिक्षा तथा सन्देश

    ​अहिलेका बालबालिकामा बढेको जिद्दीपना, रिसालु व्यवहार, ढाँट्ने बानी, मोबाइलको लत आदिलाई व्यावहारिक रूपले कम गर्नुपर्छ भन्ने शिक्षा यस पुस्तकले दिएको छ । यो पुस्तकले गाली गरेर तथा पिटेर नराम्रा लत हटाउन सकिँदैन, उनीहरूलाई रचनात्मक काममा व्यस्त बनाउने र अभिभावकले पनि बालबालिकाको लागि समय मिलाउनुपर्छ । अभिभावक बालबालिकाको शासक बन्ने होइन, साथी बनेर सकारात्मक बाटोमा हिँडाउन सकिन्छ भन्ने सन्देश पनि यस पुस्तकले दिएको छ । हरेक कुरालाई सकारात्मक रूपले हेरेमा समस्याको समाधान हुन्छ भन्नेप्रति पुस्तकले जोड दिएको छ ।

    ​आमाबुबा बालबालिकाका लागि हातेपुस्तिका हुन्, जसले नानीबाबुको सुन्दर भविष्य र उनीहरूको बाल्यकाललाई भयमुक्त बनाउन अत्यन्त महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् । यसलाई हरेक घरका परिवारले अध्ययन गरेर आफ्ना नानीबाबुलाई मार्गदर्शन र भविष्यको सुन्दर सपना पूरा गर्न लाग्नुहुनेछ भन्ने कुरामा म विश्वस्त छु । म आफैँले पनि दुई बाबुहरूलाई हुर्काएर परिपक्व बनाइसकेकी र अहिले पुस्तक पढ्ने क्रममा केही न केही गल्ती गरेकी रहेछु भन्ने महसुस भएको छ । आफ्नै गल्तीका कारणले आफ्ना बाबुहरूलाई केही क्षेत्रमा सोचेजस्तो बनाउन सकिएन कि भन्ने भान पनि नभएको होइन । समग्रमा सबैले बुझौं अनि मनन गरौं ।

    ​(लेखक बेबिलोन नेशनल स्कुलमा अभिभावक संयोजक हुनुहुन्छ ।)

    Author

    • वेदान्त प्रेस
      वेदान्त प्रेस

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    वेदान्त प्रेस
    • Website

    Related Posts

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ महिना अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ३ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ४ महिना अगाडि
    Leave A Reply Cancel Reply

    Demo
    Don't Miss

    बालबालिकालाई हुर्काउने कला: ‘सकारात्मक अभिभावकत्व’ पुस्तक समीक्षा

    वेदान्त प्रेस१४ घण्टा अगाडि

    कमला केसी ​दामोदर न्यौपाने पत्रकारिता र पुस्तकमार्फत बालबालिका, बालमनोविज्ञान, अभिभावक शिक्षा र शिक्षा प्रणालीका समस्याहरूमाथि…

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ महिना अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ३ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ४ महिना अगाडि
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo
    About Us
    About Us

    वेदान्त प्रेस – ज्ञान, अनुसन्धान र बौद्धिक विमर्शको मञ्च

    वेदान्त प्रेस एउटा अनलाइन प्रकाशन गृह र बौद्धिक मञ्च हो । हाम्रो मुख्य उद्देश्य नेपालको शैक्षिक, सांस्कृतिक, पुरातात्विक र प्राकृतिक सम्पदाका क्षेत्रमा गहन अनुसन्धान, विश्लेषण र खुला बहसलाई बढावा दिनु हो ।

    ‘वेदान्त’ शब्दले बोकेको ज्ञानको गहिराइ, सत्यको खोजी र अन्तर्निहित एकताको भावनालाई आत्मसात् गर्दै, हामी पूर्वीय ज्ञान परम्परालाई आधुनिक अनुसन्धान विधिहरूसाग जोडेर नयाँ आयामहरू पत्ता लगाउने प्रयत्नमा छौं ।

    Facebook X (Twitter) Pinterest YouTube WhatsApp
    Our Picks

    बालबालिकालाई हुर्काउने कला: ‘सकारात्मक अभिभावकत्व’ पुस्तक समीक्षा

    १४ घण्टा अगाडि

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ महिना अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ३ महिना अगाडि
    Most Popular

    मोक्षको भ्रम र वास्तविक मार्ग: के हामी सही बाटोमा छौँ ?

    १२ महिना अगाडि5 Views

    निलकण्ठ धामः आध्यात्मिकताको नयाँ ज्योति

    १२ महिना अगाडि7 Views

    राष्ट्रिय विभूति अरनिकोको जन्मघर: इतिहास र संरक्षणको नयाँ पहल

    ७ महिना अगाडि8 Views
    © 2026 GoSA Desktop. Designed by GOSA.
    • Home

    Type above and press Enter to search. Press Esc to cancel.