Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ४ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    १ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ३ महिना अगाडि
    Facebook X (Twitter) Instagram
    Bedanta Press
    • होमपेज
    • समाज
    • अनुसन्धान
    • खोज
    • पुरातत्व
    • प्रकाशन
      • रिपोर्ट
      • लेख
    • बहस
      • प्रकृति
      • शिक्षा
      • समाज
      • संस्कृति
    • मल्टिमिडिया
    • रैथाने ज्ञान
    • सम्पदा
    Bedanta Press
    Home » ऋषि परम्परा र कुलपूजाको सान्दर्भिकता
    अनुसन्धान

    ऋषि परम्परा र कुलपूजाको सान्दर्भिकता

    adminadmin१० महिना अगाडि7 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Follow Us
    Google News Flipboard Threads
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    केशव चौंलागाई

    आजको द्रुत गतिमा परिवर्तन भइरहेको नेपाली समाजमा सामाजिक विखण्डन, सहिष्णुताको कमी र परम्परागत मूल्यमान्यताको क्षयीकरण एउटा गम्भीर चुनौतीका रूपमा देखापरेको छ। बढ्दो व्यक्तिवाद र शहरीकरणले परम्परागत पारिवारिक तथा सामुदायिक बन्धनहरूलाई कमजोर बनाइरहेको छ। यस्तो बेलामा, हाम्रो सनातन धर्ममा युगौंदेखि चल्दै आएका ऋषि परम्परा र कुलपूजा जस्ता अभ्यासहरूको महत्त्व अझ बढेको छ।

    हालै सप्तर्षीका रूपमा सम्मानित तथा पूजनीय भरद्वाज ऋषिको प्रतिमा स्थापना र कुलपूजाको प्रारम्भ ले भारद्वाज गोत्रीय चौलागाई बन्धुहरूमा नयाँ उत्साह थपेको छ । यो कदम नेपाली समाजमा पहिचानको खोजी र सभ्यताको संवादलाई अगाडि बढाउने एक महत्त्वपूर्ण प्रयास हो । यस्ता प्रयास अरु वंश र सप्रदायले पनि गर्दै आएका छन् । यो सुखद अभ्यास हो यो लेख ऋषि भरद्वाजको महत्त्व, रामायणसँगको सम्बन्ध र कुलपूजाको माध्यमबाट सामाजिक एकता तथा राष्ट्रिय सवलीकरणमा पुग्ने योगदानबारे चर्चा गर्छ ।

    ऋषि भरद्वाजः सनातन परम्पराका एक शिखर पुरुष

    सूर्य मण्डललाई कुलदेवताका रूपमा पुज्दै आइरहेका चौलागाई बन्धुहरूले आफ्नो मूल ऋषि, भरद्वाजको प्रतिमा स्थापना गर्ने निर्णय गर्नुले आफ्नो पहिचानप्रतिको गहिरो चासो र सभ्यताको संवादलाई अगाडि बढाउने तत्परता झल्काउँछ। ’कृण्वन्तो विश्वमार्यम्’ (विश्वलाई सभ्य बनाऔँ) भन्ने वैदिक उद्घोषलाई सार्थक बनाउन ऋषि परम्परा अपरिहार्य छ।

    सृष्टिको प्रारम्भमा ब्रह्माजीको उत्पत्तिपश्चात् उहाँका मानसपुत्रका रूपमा धेरै ऋषिहरूको जन्म भएको मानिन्छ। तिनै मानसपुत्रमध्येका अङ्गिरा ऋषिका पुत्र बृहस्पति र बृहस्पतिका छोरा भरद्वाज वैदिक ऋषिहरूमा उच्च स्थान प्राप्त गरेका ऋषि हुन्। ऋग्वेदको छैटौँ मण्डलका सात सय पैसठ्ठी मन्त्रहरूका द्रष्टाका रूपमा पनि उहाँलाई मानिन्छ। उहाँको लामो आयु भएकोले त्रेतायुग र द्वापरयुगको सन्धिसम्म उहाँ जीवित रहेको मानिन्छ।

    ऋग्वेदको छैटौँ मण्डल, सूक्त एकको एक मन्त्र यस्तो छः

    “त्वं ध्यग्ने प्रथमो मनोतास्या धियो अभवो दस्म होता । त्वं सीं वृषन्नकृर्णोदृष्टरीतु सहों विश्वस्मै सहसे सहध्यै ।।“

    यसको अर्थ होः “हे अग्नि देव! तिमी देवताहरूमा श्रेष्ठ भएकाले उनीहरूलाई आफूतिर आकर्षित गर्दछौ। यस संसारमा तिमी दर्शनका लागि योग्य छौ। होताहरूद्वारा गरिँदै भएको यस बुद्धिपूर्ण कार्यलाई सम्पन्न गर्नका लागि तिमी सहयोगी छौ। हे बलवान् देवता! हामीलाई प्रचुर बल प्रदान गर, त्यसबाट हामी बलिया शत्रु जित्न सकौँ।“

    भरद्वाज ऋषिको यो मन्त्रद्रष्टा स्वरूपले उहाँको आध्यात्मिक र बौद्धिक गहिराइलाई पुष्टि गर्छ।

    रामायणमा ऋषि भरद्वाजको स्थानः मर्यादा पुरुषोत्तम रामसँगको सम्बन्ध

    भगवान राम वनवासमा जाँदा भरद्वाज ऋषिको आश्रममा जानुभएको कुरा रामायणमा विशेष महत्त्वका साथ उल्लेख गरिएको छ। ’चौथा वास रघुनाथको हुन गयो आश्रम भारद्वाजको। रामज्यूको ऋषिले गत्या स्तुति तहाँ सुर जानि कामकाजको ।’ यो चौपाईले राम र भरद्वाज ऋषिको भेटघाटको महत्त्व दर्शाउँछ। प्रयागमा आश्रम रहेको भरद्वाज ऋषिको आश्रममा भगवान रामचन्द्रले वनवासको क्रममा एक रात विश्राम गर्नुभएको लगायतका महत्त्वपूर्ण घटनाहरू रामायणमा विस्तारपूर्वक वर्णित छन्।

    अयोध्यामा नवर्निमित राम मन्दिरसँगै मर्यादा पुरुषोत्तम रामको चर्चा बढ्दा ऋषि भरद्वाजको महत्त्व पनि स्वाभाविक रूपमा बढेको छ। रामभक्त कवि तुलसीदासद्वारा रचित श्रीरामचरितमानसमा भरद्वाज र याज्ञवल्क्यबीचको संवाद निकै रोचक तथा महत्त्वपूर्ण मानिन्छ। ’भरद्वाज मुनि बसहिं प्रयागा। तिन्हहि राम पद अति अनुरागा।। तापस सम दम दया निधाना। परमारथ पथ परम सुजाना।।’ यस चौपाईले भरद्वाज मुनि प्रयागमा बस्ने, भगवान रामचन्द्रका अत्यन्त प्रेमी, तपस्वी, जितेन्द्रिय, दयाका सागर र परमार्थका मार्गमा हिँड्ने महान् व्यक्तित्व भएको दर्शाउँछ।

    भगवान रामचन्द्र ऋषि भरद्वाजको आश्रममा आउँदाको क्षणलाई तुलसीदासजीले यसरी वर्णन गर्नुभएको छः

    “तब प्रभु भरद्वाज पहिं आए। करत दडंवत मुनि उर लाए। मुनि मन मोद न कछु कहि जाई। ब्रहमानंद रासि जनु पाई ।“

    यसको अर्थ होः भगवान रामचन्द्र ऋषि भरद्वाजको छेउमा आउनुभयो। भगवानले ऋषिलाई दण्डवत् गर्नासाथ ऋषिले उहाँलाई गला मिलाए। ऋषिको मनमा यति धेरै आनन्द आयो कि त्यो शब्दमा वर्णन गर्न सकिँदैन, उहाँलाई ब्रह्मानन्दको अनुभूति भइरहेको थियो।

    सनातन धर्मावलम्बीहरूको पवित्र तीर्थका रूपमा रहेको प्रयाग, जहाँ गङ्गा, जमुना र सरस्वती नदीको सङ्गम (त्रिवेणी) रहेको छ र कुम्भ मेलाको आयोजना हुने गर्छ, यस्तो महत्त्वपूर्ण स्थानमा ऋषि भरद्वाजको आश्रम रहनुले पनि उहाँको महत्त्वलाई थप पुष्टि गर्छ। तुलसीदासजीले प्रयागको महिमा र ऋषि भरद्वाजको प्रभावलाई यसरी वर्णन गर्नुभएको छः

    “को कहि सकइ प्रयाग प्रमाऊ। कलुष पुंज कुंजर मृगराउ।। अस तीरथपति देखि सुहावा। सुख सागर रघुबार सुख पावा ।“

    अर्थात्ः पापको समूह रूपी हात्तीलाई मार्नका लागि सिंह रूपी प्रयागराजको महत्त्व कसले वर्णन गर्न सक्छ र? यस्तो तीर्थराजको दर्शन गरी सुखका समुद्र रूपी रघुकुल श्रेष्ठ रामजीले पनि सुख पाउनुभयो भन्ने भनाइले प्रयागमा रहेर ऋषि भरद्वाजले महत्त्वपूर्ण कार्य गरिरहनुभएको थियो भन्ने बुझिन्छ।

    भरद्वाज स्मृतिदेखि विमान शास्त्रसम्मः ऋषि भारद्वाजको बहुआयामिक योगदान

    ऋषि भरद्वाजलाई केवल एक धार्मिक व्यक्तित्वका रूपमा मात्र हेर्नु न्यायोचित हुँदैन। उहाँलाई ’भरद्वाज स्मृति’, ’भरद्वाज संहिता’, ’यन्त्र सर्वस्व’ र ’विमान शास्त्र’ जस्ता ग्रन्थहरूको लेखकका रूपमा पनि मान्यता प्राप्त छ। ’विमान शास्त्र’ ले प्राचीन भारतमा वायुयानको विज्ञानबारे चर्चा गरेको मानिन्छ, जसले उहाँको वैज्ञानिक र प्राविधिक ज्ञानको गहिराइलाई सङ्केत गर्छ। मन्त्रद्रष्टा, दस पुत्र र एक पुत्रीसहितको उहाँको परिवार पनि सिद्ध र ज्ञानी भएको बुझिन्छ।

    ’वशिष्ठकाश्यपोऽत्रिर्जमदग्निस्सगौतमः। विश्वामित्र भरद्वाजौ सप्त सप्तर्षयोऽभवन्।।’ यस श्लोकले भरद्वाजलाई वशिष्ठ, कश्यप, अत्रि, जमदग्नि, गौतम र विश्वामित्रसँगै सप्तऋषिमध्ये एकका रूपमा स्थापित गर्छ। नेपालमा मात्रै पनि एक सयभन्दा बढी थरका भारद्वाज गोत्रीयहरू रहेको पाइन्छ।

    तीन सय वर्षको आयु पाउँदा पनि सम्पूर्ण वेदको ज्ञान नभएपछि इन्द्रभगवान्को सल्लाह अनुसार अग्निलाई स्थापना गरी यज्ञ गर्नाले शिव शक्तिको आशीर्वाद तथा मन्त्रद्रष्टा हुन सकेको अध्ययनबाट बुझिन्छ। उहाँका धेरै मन्त्रका देवता ’अग्नि’ नै रहेकोबाट पनि उक्त कथनको सत्यता प्रमाणित हुन्छ।

    ऋषि परम्परा र सामाजिक रूपान्तरणः ’स्वराज्य र मेलमिलाप’ को मार्ग

    नेपालमा हामीले पनि स्वराज्य र मेलमिलापका लागि पशुपति सूर्यघाटमा अग्नि स्थापना गरी हवन यज्ञ गर्दै आएका छौँ। ’यज्ञेन द्विषन्तो मित्रा भवन्ति’ (यज्ञद्वारा शत्रु पनि मित्र बन्दछन्) भन्ने नारायण उपनिषद्को वचन अनुसार निरन्तर नौ वर्ष आइतबार र पूर्णिमामा गरिएको हवन यज्ञले जातीय नरसंहार हुनबाट नेपाललाई जोगाउन मद्दत गरेको विश्वास गरिन्छ। ऋग्वेद ५/६६/६ को ’आ यद्वामीयचक्षसा मित्र वयं च सुरयः। व्यचिष्ठे बहुपाटये यतेमही स्वराज्ये।।’ अर्थात्ः विस्तृत र बहुमतद्वारा जसको पालन हुन्छ त्यस्तो स्वराज्यमा जनताको भलाइका लागि लागिरहौँ भन्ने सिद्धान्तका आधारमा हवन–यज्ञ तथा प्रचार–प्रसार गर्दै आएका छौँ।

    वेद मन्त्र र यज्ञ–हवनको अभ्यास तथा ’स्वराज्य र मेलमिलाप’ नामक पुस्तक प्रकाशन ऋषि परम्परालाई निरन्तरता दिइरहेको प्रमाण हो। ’शास्त्र र साधनाः स्वराज्य र मेलमिलाप’ लेखले पाञ्चायन पूजन पद्धतिको सैद्धान्तिक आधार प्रदान गरेको छ भने स्थानीय सरकारलाई सबलीकरण गर्न अन्य कार्यपत्र तथा लेखहरूले सहयोग पुर्‍याइरहेका छन्। ऋषि परम्परालाई सामाजिक रूपान्तरण तथा समृद्धिमा सहयोग पुर्‍याउन निम्न कार्यक्रमहरू पनि सञ्चालनमा रहेका छन्ः

    स्थानीय तहः कार्यसम्पादन तथा सुशासन

    न्यायिक समिति र स्थानीय सरकारः मेलमिलापको मार्गचित्र

    स्थानीय सरकारः संवैधानिक व्यवस्था र लोकतान्त्रिक अवधारणा

    जातीय छुवाछुत उन्मूलनमा धार्मिक क्षेत्रको भूमिका
    द्वन्द्व रूपान्तरण र शान्ति स्थापनामा धर्म तथा आध्यात्मिक क्षेत्रको भूमिका
    स्वराज्य र मेलमिलापः भावी नेपालको आधार
    साथै, ’सम्पदा र शान्ति’, ’संस्कृति, स्वराज्य र समाजवाद’, ’सुशासन, समृद्धि र स्थानीय तह’, ’पशुपतिनाथ र विश्वव्यवस्था’ जस्ता लेखहरूले पनि ऋषि परम्परालाई समाज रूपान्तरणमा सहयोगी बनाउन मद्दत गरिरहेका छन्।

    कुलपूजा र चाडपर्वः सांस्कृतिक एकीकरणको आधार

    खस–आर्य समुदायको महत्त्वपूर्ण परम्पराका रूपमा रहेको कुलपूजा धान्यपूर्णिमा, बुद्ध पूर्णिमा लगायतका पवित्र दिनमा सम्पन्न हुने गर्छ। यो परम्परा सामूहिक रूपमा पनि हर्षोल्लासपूर्वक मनाइन्छ। भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. १, विरुवा ग्राममा स्थापना गरिएको ऋषि भरद्वाजको प्रतिमा र साथै रहेको कुलदेवता, नागदेवता, विन्ध्यवासिनी भगवती मन्दिरको क्षेत्र तीर्थका रूपमा पूजिनुका साथै सभ्यता संवादको केन्द्र बन्ने विश्वास गरिएको छ।

    छिमेकी महालक्ष्मी नगरपालिका वडा नं. १०, लाकुरी भञ्ज्याङमा रहेको ऋषि श्रृङ्गीको आश्रमले पनि भगवान रामको जन्मकथासँग सम्बन्ध राख्ने हुनाले त्यस क्षेत्रको महत्त्व बढेर जानेछ। रामराज्य तथा मर्यादाको चर्चा बढ्दा यस क्षेत्रको पनि चर्चा बढ्नेछ।

    वर्षभरि मनाइने अन्य चाडपर्वहरूलाई पनि द्वन्द्व समाधान तथा स्वराज्य–मेलमिलापका लागि आयोजना गर्न सके नयाँ राष्ट्रिय एकीकरणको आधार बन्नेछ। शान्ति, न्याय र मिलापका लागि अन्तरसांस्कृतिक सहिष्णुता शीर्षकमा भारद्वाज गोत्रीय बन्धुहरूका साथै अन्य कुल गोत्रलाई पनि समेट्न सकिएमा सांस्कृतिक ऐक्यबद्धता र राष्ट्रिय एकीकरणको स्वरूप बन्न सक्छ। धान्यपूर्णिमा, माघे सङ्क्रान्ति, होली, छठ, गौरा पर्व, दशैँ–तिहार, नयाँ वर्ष, शिवरात्री, बालाचतुर्दशी, मत्स्येन्द्रनाथ जात्रा, बिस्केट जात्रा लगायत सबै जात्रा–पर्वहरू मेलमिलाप र समृद्धिका पर्व बन्नेछन्।

    निष्कर्ष

    ऋषि परम्पराले सार्थकता पाउँदै गर्दा, यसले नेपालको सौम्य शक्तिको उपयोगमार्फत मुलुकलाई सबल र समृद्ध बनाउन मद्दत पुर्‍याउनेछ। भरद्वाज ऋषिको प्रतिमा स्थापना र कुलपूजाको माध्यमबाट भइरहेको यो प्रयासले समाजमा नैतिक मूल्य, सामुदायिक भावना र राष्ट्रिय एकतालाई सुदृढ पार्न महत्त्वपूर्ण भूमिका खेल्नेछ, जुन आजको विभाजित समाजका लागि नितान्त आवश्यक छ।

    Author

    • admin
      admin

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    admin
    • Website

    Related Posts

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ४ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    १ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ३ महिना अगाडि
    Leave A Reply Cancel Reply

    Demo
    Don't Miss

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    वेदान्त प्रेस४ हप्ता अगाडि

    ​ समाजको ऐना मानिने पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव सँगाल्नुभएका र १९ वटाभन्दा बढी…

    जगदुल्लाको शैक्षिक उडान

    १ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ३ महिना अगाडि

    विद्यालय ज्ञान आर्जन गर्ने स्थान मात्र होइन, अनुशासन, संस्कार र जीवन जिउने कला सिक्ने दोस्रो घर हो

    ४ महिना अगाडि
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo
    About Us
    About Us

    वेदान्त प्रेस – ज्ञान, अनुसन्धान र बौद्धिक विमर्शको मञ्च

    वेदान्त प्रेस एउटा अनलाइन प्रकाशन गृह र बौद्धिक मञ्च हो । हाम्रो मुख्य उद्देश्य नेपालको शैक्षिक, सांस्कृतिक, पुरातात्विक र प्राकृतिक सम्पदाका क्षेत्रमा गहन अनुसन्धान, विश्लेषण र खुला बहसलाई बढावा दिनु हो ।

    ‘वेदान्त’ शब्दले बोकेको ज्ञानको गहिराइ, सत्यको खोजी र अन्तर्निहित एकताको भावनालाई आत्मसात् गर्दै, हामी पूर्वीय ज्ञान परम्परालाई आधुनिक अनुसन्धान विधिहरूसाग जोडेर नयाँ आयामहरू पत्ता लगाउने प्रयत्नमा छौं ।

    Facebook X (Twitter) Pinterest YouTube WhatsApp
    Our Picks

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ४ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    १ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ३ महिना अगाडि
    Most Popular

    मोक्षको भ्रम र वास्तविक मार्ग: के हामी सही बाटोमा छौँ ?

    १० महिना अगाडि5 Views

    निलकण्ठ धामः आध्यात्मिकताको नयाँ ज्योति

    १० महिना अगाडि7 Views

    राष्ट्रिय विभूति अरनिकोको जन्मघर: इतिहास र संरक्षणको नयाँ पहल

    ५ महिना अगाडि8 Views
    © 2026 GoSA Desktop. Designed by GOSA.
    • Home

    Type above and press Enter to search. Press Esc to cancel.