Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ४ हप्ता अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    २ महिना अगाडि
    Facebook X (Twitter) Instagram
    Bedanta Press
    • होमपेज
    • समाज
    • अनुसन्धान
    • खोज
    • पुरातत्व
    • प्रकाशन
      • रिपोर्ट
      • लेख
    • बहस
      • प्रकृति
      • शिक्षा
      • समाज
      • संस्कृति
    • मल्टिमिडिया
    • रैथाने ज्ञान
    • सम्पदा
    Bedanta Press
    Home » सन्तानको हुर्काइ र अभिभावकको भूमिकाः मोर्डन प्रिपेटरी सेकेण्डरी स्कुलको एक विशेष विमर्श
    अनुसन्धान

    सन्तानको हुर्काइ र अभिभावकको भूमिकाः मोर्डन प्रिपेटरी सेकेण्डरी स्कुलको एक विशेष विमर्श

    दामोदर न्यौपानेदामोदर न्यौपाने५ महिना अगाडि8 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Follow Us
    Google News Flipboard Threads
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    इटहरी, ५ पुस ।
    बालबालिकाको भविष्य निर्माणमा घर र विद्यालय दुवैको उत्तिकै भूमिका रहन्छ । पुसको पहिलो साता इटहरी नगरपालिकास्थित मोर्डन प्रिपेटरी सेकेण्डरी स्कुलमा अभिभावकसँग अभिभावक शिक्षा प्रशिक्षकको रूपमा विषेश संवाद गर्ने अवसर जुर्‍यो । स्कुलले आयोजना गरेको सकारात्मक अभिभावकत्व गोष्ठीमा अभिभावकहरूले आफ्ना नानीबाबुहरूको हुर्काइ र सिकाइका क्रममा भोगेका विविध समस्याहरू खुलस्त रूपमा राख्नुभयो । उक्त अवसरमा स्कुलका प्रधानाध्यापक पदमराज सापकोटाले सकारात्मक अभिभावकत्व गोष्ठी आयोजना गर्नुको उद्देश्य प्रकाश पार्नुभएको थियो । पहिला प्रधानाध्यापक सापकोटा र अभिभावकको कुरा पढौं—
    मोर्डन प्रिपेटरी स्कुलमा मैले जुन दिनदेखि यस विद्यालयको सम्पूर्ण शैक्षिक गतिविधिको प्रमुखको रूपमा कार्यभार सुरु गरेँ, त्यस दिनदेखि नै विद्यालय परिवारले छलफल गरेर के निर्णयमा पुग्यौँ भने—अहिलेको यो बदलिँदो समयमा, भर्खरै मात्र देशमा ‘जेन–जी’ आन्दोलन भएको थियो । जेन–जी आन्दोलनको निकास अहिलेसम्म देशले पाइसकेको छैन । तर हाम्रा विद्यालयमा जेन–जीहरू छैनन्, हाम्रा विद्यालयमा ‘जेन–अल्फा’ छन् । १६ वर्षभन्दा मुनिका बालबालिकाहरू जेन–अल्फा हुन् । विद्यालय आइ नसकेका र माता–पिताको कोखमा आइसकेका ‘जेन–बेटा’ छन् अहिलेको भाषामा ।


    अब यो जेन–अल्फा कस्तो छ, उनीहरूको विशेषता कस्तो–कस्तो हुन्छ र यो बदलिँदो परिस्थितिमा हामी अभिभावकहरूले उनीहरूको परवरिशको लागि, उनीहरूलाई हुर्काउनको लागि कस्ता–कस्ता तयारीहरू हामीले गर्नुपर्छ या पर्दैन? पुरानै शैलीमा, ट्रेडिसनल पाराले हाम्रा बा–आमाहरूले हामीलाई यसरी हुर्काउनुभयो । ‘हाम्रो पालामा यस्तो थिएन, तिमीहरूले पनि यस्तै गर्नुपर्छ’ भनेर थोपरेर या अलिकति उदार भएर ? कुन माध्यम सजिलो हुन्छ ? त्यसको लागि हामीले विज्ञहरूका कुरा सुन्नु अत्यन्त जरुरी छ किनकि समय बदलिसकेको छ ।


    यो मोबाइल, जुन हामी बोकेर हिँड्छौ, सबैजना, यसमा हरेक हप्ता भनेजस्तो हामीले प्रयोग गर्ने एपहरूमा ‘अपडेट’ गर भनेर अपडेट आइरहन्छ । हाम्रो घर–समाज, परिवार, विद्यालय चल्ने पनि एउटा सफ्टवेयर हुन्छ । त्यो सफ्टवेयरमा पनि हामीले अपडेट गर्नैपर्छ । नभए हामी आउटडेटेड हुन्छौँ । हामी काम नलाग्ने हुन्छौँ । त्यसैले यी कुराहरू हामी दुई थरी अभिभावक—घरको महत्त्वपूर्ण अभिभावक यहाँहरू र विद्यालयको ६–७ घण्टाको अभिभावक हामी । दुवै अभिभावक बीचमा सहकार्य हुनुपर्छ । हाम्रो बोली, हाम्रो काम गराई र हाम्रो विचारमा एकरूपता हुनुपर्छ । अनि मात्रै हाम्रो मानव निर्माणको अभियान सफल हुन्छ । आजभन्दा यो विद्यालयमा पाइला राखेको लगभग १३ वर्ष जति बालबालिका हामीसँग रहन्छन् । यो १३ वर्षमा हामीले उनीहरूलाई यसरी ग्रुमिङ गर्नुपर्छ ताकि जीवनका हरेक समस्याहरू उनीहरूले पछि गएर समाधान गर्न सकून । नम्बर, ग्रेड, पास–फेल पछिका कुरा हुन् ।
    यसै महत्वलाई अनुभूति गर्दै मैले काठमाडौँमा हुँदा लेखक दामोदर न्यौपानेको धेरै पुस्तकहरू अध्ययन गरेको थिएँ । कान्तिपुर पब्लिकेसनमा ‘कोपिला’ भन्ने सप्लिमेन्ट आउँथ्यो, जसको सम्पादक हुनुहुन्थ्यो । उहाँले बालबालिका र अभिभावकत्व सम्बन्धी धेरै पुस्तकहरू लेख्नुभएको छ— ‘स्कुल बेच्ने बालक’, ‘घरको शिक्षा’, र हालै प्रेसमा रहेको ‘विद्यार्थी विधाता’ लगायत थुप्रै । यी पुस्तकहरूबाट के पाइन्छ भने एउटा विद्यार्थी भनेको एउटा विश्वविद्यालय हो। हामी उनीहरूलाई ‘केही जान्दैनन्’ भनेर अन्डर–एस्टिमेट गर्छौँ, जसले गर्दा उनीहरूको क्षमता घट्दै जान्छ ।’
    प्रधानाध्यापक सापकोटाले यसरी फोरम ओपन गर्नुभयो । अनि मैंले अभिभावकको धारणा बुझ्न सकारात्मक अभिभावकत्व सम्बन्धी केही प्रश्न राखेको थिए“ । अभिभावकका गुनासा पनि सुन्ने समय छुट्याएको थिए ।


    अभिभावकका भोगाइ र समस्याहरू
    कार्यक्रममा अभिभावकहरूले आफ्ना छोराछोरीको बानी व्यहोरा र पढाइका विषयमा निम्न जिज्ञासाहरू राख्नुभएको थियो बालबालिकाको समस्या भएकाले उहा“हरूको नाम भने सार्वजनिक गरिएको छैन ।
    अभिभावक १
    मेरो नानी चाहिँ पढ्छ, तर पढेको तुरुन्तै बिर्सिन्छ । तुरुन्तै, एकैछिनमा याद गर्छ । एकछिन पछि नै फेरि त्यो कुरालाई रिपिट गर्दा त्यो पुरै उल्टो उल्टो बोलिरा हुन्छ बाबुले । पढेको उसको दिमागमा छिर्छ, तर एकैछिनमा फेरि बिर्सिन्छ् । पढाइको कुरालाई पनि । त्यसको बारेमा भन्दिनुस् ।
    अभिभावक २
    के भन्नु खै… सबैजनालाई नमस्ते । मेरो नानी क्लास सिक्समा पढ्छ । अब पढाइ त अब त्यस्तै हो नानीको । एक्जाममा कहिले राम्रो आउँदैन, माक्र्स पनि त्यस्तै थोर–थोरै आउँछ । अब सरहरुलाई नि कति कम्प्लेन गर्नु ? घर त सिकाइराछु । त्यही पनि दिमागमा त्यस्तो आउँदैन बाबुको । अब उमेरै त्यस्तै हो कि, नानीको पढाइ नै त्यस्तै हो कि ? अब सरहरुले नि अलिकति बुझ्दिनु होला, नानीको पढाइमा । अब यो क्लासले, टिचरहरुले नि पढाइ होस्, अब दिमागमा पनि राम्रो घुस्रदैन बाबुको । हामीहरुले पढाउँदा खेरि पनि अब त्यति सारो पढ्न आउँदैन बाबुलाई । अब बाबुलाई आफै पढ्नु पर्छ । स्कुलमा खासै सर, मिसहरुसँग बोल्दैन । अब सरले राम्ररी बुझाइदिएर, बोल्दिएर, अब खुसी बनाएर कसरी पढाउनु हुन्छ, अब त्यसरी नै गर्नुहोला ।
    अभिभावक ३
    मेरो नानी चाहिँ तीनमा पढ्छन् । अब उसको पढाइ एकदम राम्रै छ तर अलि धेरै झुट बोल्ने बानी छ के सर । सुधार्नै सकिएन । के, के हो कसो हो ? हजुरसँग गर्दा खेरि त केही न केही त आउँछ भन्ने मैले मनमा सोचेर आएको छु । नानी चाहिँ एकदम ट्यालेन्ट नै छन् पढ्नलाई चाहिँ, तर अलि धेरै झुट बोल्ने क्या, एकैछिनमा । त्यसको लागि हजुरले केही सल्लाह दिनुभए मनमा शान्ति मिल्थ्यो कि ?
    अभिभावक ४
    मेरो बाबु चाहिँ क्लास थ्री मा पढ्नुहुन्छ । उहाँको सबैभन्दा नराम्रो बानी चाहिँ केयरलेस गर्ने हो । म पनि कति बाबुलाई भनिरहन्छु, टिचरहरुले पनि भनिरहनु हुन्छ, तर उसले स्कुलबाट छुट्टी भएपछि या अरु टाइममा पनि सामानहरु चाहिँ छोडेर अगाडि कुदिहाल्ने, सामान बिर्सिने गर्छ । पेन्सिल, इरेजर, मेटरियल्सहरु जहिले पनि क्लासमै छोडेर जाने । म पटक पटक सम्झाइरहन्छु । र, पनि उ एकदम केयरलेस । अर्को कुरा पढ्ने बेलामा उ रुनै परिहाल्छ । अनि मोबाइल चलाउन चाहिँ एकदम सिपालु । मलाई सबैभन्दा टेन्सन भनेको, उसले आफ्नो सामान सुरक्षित गर्नुपर्छ र आफ्नो केयर आफै गर्नुपर्छ भन्ने चेत नै आएन ।’
    अभिभावक ५
    मेरो नानी क्लास फोरमा पढ्छ । पढ्नमा राम्रो छ तर अलि केयरलेस गर्छ । मोबाइल धेरै हेर्छ । पढ्न पर्छ भन्दा जिद्दी गर्छ । भनेको कुरा छिटो मान्दैन । घरमा अरु काममा हेल्प गर्छ, तर पढ्न भनेपछि रुन थाल्छ । अनि पढेको कुरा चाहिँ अहिले पढ्यो, एक घण्टा पछि सोधेपछि फेरि बिर्सिहाल्छ ।
    अभिभावक ६
    मेरो नानी क्लास सेभेनमा पढ्छ । उसलाई स्कुलबाट जुन गृहकार्य दिन्छ नि, मैले भन्ने बित्तिकै ‘ए बाबा मैले त गृहकार्य गरिसकेँ’ भन्छ । तर मेरो भनाइमा उसले मात्रै गृहकार्य गरेर हुँदैन । स्कुलबाट जुन पाठ पढाइ हुन्छ नि, त्यो पाठ दुई दिनमा सिध्याउनुको साटो सरहरुले चार दिन किन नलागोस्, रिभिजन गर्नु पर्यो । वास्तवमा नानीहरुले पाठ बुझेका छन् कि छैनन् ? मज्जाले गृहकार्य गरेर मात्र पुग्दैन, त्यो लेसनमा कति कोइसन–आन्सरहरु हुन्छ, तिनीहरुलाई फेरि रिभिजन गरेर बच्चाहरुलाई यदि मज्जाले त्यो बाटोमा पुर्याउन सकियो भने, त्यो स्कुलका नानी बाबुहरु पक्कै सफल हुन सक्छन् ।
    अभिभावक ७
    मेरो नानी क्लास युकेजीमा हो । उहाँको प्रब्लम यो छ कि स्कुलमा राम्ररी पढ्नुहुन्छ, लेख्नुहुन्छ, म्यामको कुरा मान्नुहुन्छ । तर घरमा पढाउन बस्दा लेख्न मान्नुहुन्न, अटेरी र जिद्दी बन्नुहुन्छ । हामीलाई कुटिपिटेरै हिँड्दिनुहुन्छ क्या । मायाले पनि ह्यान्डल भएन, कराएर पनि भएन । म चाहिँ कहिलेकाहीँ रिस उठ्यो भने पिट्छु, तर उसको बुवाले कहिले पिट्नु भएको छैन । स्कुलमा एकदम जेन्टल, राम्रो बनेर बस्ने तर घरमा एकदम बदमासी गर्ने । यसको सोलुसन के हुन सक्छ ?
    परामर्श र समाधानका सूत्रहरू
    अभिभावकका यी साझा समस्याहरूलाई सम्बोधन गर्दै मैंले केही सुझाव दिए“ । बालबालिकाको प्रकृति र मनोवैज्ञानिक पक्षका बारेमा मैंले प्रयोग गर्दै आएका केही सरल उपायहरू बताइदिए“ ।
    बालबालिकाको भिन्न क्षमता र आई.क्युः बालबालिका एकै नासका हुँदैनन् । क्षमताको हिसाबले पनि बालबालिका जनरल्ली ५ प्रकारका छन् भनिन्छ, जुन आई.क्यु टेस्ट गर्दा थाहा हुन्छ । कोही एकदम तीक्ष्ण छन्, त्यसपछि ठिक्क बुद्धि भएका, कोही मन्दबुद्धि भएका गरी अनेक क्याटागोरीका छन् । हामी पाँचै क्याटागोरीकालाई एकै ठाउँमा सगोलमा सिकाउँछौँ, जहाँ केही जटिलता आउन सक्छ ।
    झुट बोल्ने बानी र सिर्जनात्मकताः प्रारम्भिक र उत्तर बाल्यअवस्था झुट बोल्ने उमेरै हो, बालबालिका झुट बोल्छन् । यसका धेरै वटा कारण छन्— एटेन्सन खोज्न, डरले, वा रमाइलोको लागि । यो कुनै ठुलो समस्या होइन । झुट बोल्नु भनेको उनीहरू सिर्जनात्मक भएको पनि हो । मेरै छोराले ठाटेका अनेक प्रसंग मेरो पुस्तक स्कुल बेच्ने बालकमा छन् । एउटा रोचक झुट—म अमेरिका गएर आएँ भन्यो । यस्तो झुट उनीहरूको कल्पनाशीलता हो । प्रारम्भिक बाल्यावस्थाको यस्तो हँसिलो झुटले क्रिएटिभिटी बढाउँछ, त्यसैले यसलाई तनावको रूपमा लिनु पर्दैन । तर, पछि सम्म पनि झुटो बानी लाग्यो भने चाहिँ समस्या हुन्छ । यस्तो समस्या हाम्रो व्यवहारले त्यसलाई रोक्नुपर्छ ।
    व्यवहार र अनुकरणः बाँकी समस्याहरू जस्तै कुट्ने वा जिद्दी गर्ने कुरामा ‘जे रोप्यो त्यही फल्ने’ सिद्धान्त लागू हुन्छ । हामीले हिंसा रोप्छौँ भने उसले हिंसा नै सिक्छ । हामी कुट्छौँ भने उसले पनि कुट्दिन्छ । ‘टिट फर ट्याट’ को अवस्था आउँछ । त्यसैले हामीले कुट्न हुँदै हुँदैन हामीले हिंसा सिकाए हिसै सिक्छन् । प्रेम सिकाए प्रेम । हाम्रो संस्कारले आफूभन्दा ठुलोलाई आदर गर्न सिकाउँछ, तर अहिलेको जटिल समाजमा यी मुल्य मान्यता लागू भएका छैनन् । त्यसैले प्यारेन्टिङको नयाँ बहस आवश्यक भइसकेको छ ।
    संवेग र हुर्काइः बालबालिकामा सकारात्मक र नकारात्मक दुई प्रकारका संवेगहरू हुन्छन् । हामी ठूलामा पनि हुने त्यही हो । चेतनाको स्तरले यी संवेगमा बुझाइ र अनुभव गर्ने तह भने फरक हुन्छ । प्रारम्भिक बाल्यावस्थामा चकचक गर्ने, फोहोर खेल्ने, जिज्ञासु हुने, ईष्र्या गर्ने जस्ता नकारात्मक संवेग बढी हावी हुन्छन् । यो उमेरको विशेषता नै हो । उनीहरूलाई सुनिदिनु नै मुख्य कुरा हो । बालबालिकाका कुरा सुन्नु भनेको उनीहरूको स्वतन्त्रताको सम्मान गर्नु हो । त्यसैले— ज्ञान मात्र दिएर पुग्दैन, असल संस्कार र मनोविज्ञान बुझाएर हुर्काउनु अनिवार्य छ ।
    तीन घण्टा अभिभावकको विचमा उभिइयो । कोहीका सामान्य समस्या छन् । सामान्य समस्या शिक्षक र अभिभावकको व्यवहारले नै सुधार्न सकिन्छ । केही समस्या जटिल छन् । तिनलाई डाक्टर र मनोविदस“ग परामर्श लिनु पर्ने खालका छन् । परामर्श लिन पनि काठमाडौंमा जस्तो सजिलो छैन । मोफसलमा समस्या अनगिन्ति छन् ।
    अहिलेको मोबाइल र प्रविधिको युगमा प्यारेन्टिङ एजुकेसन झनै जरुरी भएको छ । हाम्रो माइन्डसेट केन्द्रिकृत भए पनि अब पोलिसी लेभलमै अभिभावक शिक्षा निर्देशिका आवश्यक भइसकेको छ । विद्यालय र अभिभावक मिलेर बालबालिकाका यी नकारात्मक देखिने संवेगहरूलाई सही ढंगले व्यवस्थापन गर्न सके मात्र उनीहरूलाई असल नागरिक बनाउन सकिन्छ । मोर्डन प्रिपेटरी सेकेण्डरी स्कुल यस अभियानमा अभिभावकहरूसँग सधैँ हातेमालो गर्न तयार रहेको सन्देस दिएको छ । अरु विद्यालयले पनि यही मार्ग पछ्याउनु पर्छ ।

    Author

    • दामोदर न्यौपाने

      न्यौपाने वेदान्त प्रेसका सम्पादक हुन् । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा संलग्न न्यौपानेका कर्मः सिकाइमा गहिरिएको खाडल, सम्पदा लडाइँ, स्कुल बेच्ने बालकसहित दर्जन बढी पुस्तक प्रकाशित छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    दामोदर न्यौपाने

    न्यौपाने वेदान्त प्रेसका सम्पादक हुन् । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा संलग्न न्यौपानेका कर्मः सिकाइमा गहिरिएको खाडल, सम्पदा लडाइँ, स्कुल बेच्ने बालकसहित दर्जन बढी पुस्तक प्रकाशित छन् ।

    Related Posts

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ४ हप्ता अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    २ महिना अगाडि
    Leave A Reply Cancel Reply

    Demo
    Don't Miss

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    वेदान्त प्रेस३ हप्ता अगाडि

    ​ समाजको ऐना मानिने पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव सँगाल्नुभएका र १९ वटाभन्दा बढी…

    जगदुल्लाको शैक्षिक उडान

    ४ हप्ता अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    २ महिना अगाडि

    विद्यालय ज्ञान आर्जन गर्ने स्थान मात्र होइन, अनुशासन, संस्कार र जीवन जिउने कला सिक्ने दोस्रो घर हो

    ३ महिना अगाडि
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo
    About Us
    About Us

    वेदान्त प्रेस – ज्ञान, अनुसन्धान र बौद्धिक विमर्शको मञ्च

    वेदान्त प्रेस एउटा अनलाइन प्रकाशन गृह र बौद्धिक मञ्च हो । हाम्रो मुख्य उद्देश्य नेपालको शैक्षिक, सांस्कृतिक, पुरातात्विक र प्राकृतिक सम्पदाका क्षेत्रमा गहन अनुसन्धान, विश्लेषण र खुला बहसलाई बढावा दिनु हो ।

    ‘वेदान्त’ शब्दले बोकेको ज्ञानको गहिराइ, सत्यको खोजी र अन्तर्निहित एकताको भावनालाई आत्मसात् गर्दै, हामी पूर्वीय ज्ञान परम्परालाई आधुनिक अनुसन्धान विधिहरूसाग जोडेर नयाँ आयामहरू पत्ता लगाउने प्रयत्नमा छौं ।

    Facebook X (Twitter) Pinterest YouTube WhatsApp
    Our Picks

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ४ हप्ता अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    २ महिना अगाडि
    Most Popular

    मोक्षको भ्रम र वास्तविक मार्ग: के हामी सही बाटोमा छौँ ?

    १० महिना अगाडि5 Views

    निलकण्ठ धामः आध्यात्मिकताको नयाँ ज्योति

    १० महिना अगाडि7 Views

    राष्ट्रिय विभूति अरनिकोको जन्मघर: इतिहास र संरक्षणको नयाँ पहल

    ५ महिना अगाडि8 Views
    © 2026 GoSA Desktop. Designed by GOSA.
    • Home

    Type above and press Enter to search. Press Esc to cancel.