Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ४ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    १ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ३ महिना अगाडि
    Facebook X (Twitter) Instagram
    Bedanta Press
    • होमपेज
    • समाज
    • अनुसन्धान
    • खोज
    • पुरातत्व
    • प्रकाशन
      • रिपोर्ट
      • लेख
    • बहस
      • प्रकृति
      • शिक्षा
      • समाज
      • संस्कृति
    • मल्टिमिडिया
    • रैथाने ज्ञान
    • सम्पदा
    Bedanta Press
    Home » खुला मञ्चको अस्तित्वको लडाइँ: बहुप्रयोजन र भावी पुस्ताका लागि संरक्षणको अभियान
    पुरातत्व

    खुला मञ्चको अस्तित्वको लडाइँ: बहुप्रयोजन र भावी पुस्ताका लागि संरक्षणको अभियान

    दामोदर न्यौपानेदामोदर न्यौपाने६ महिना अगाडि6 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Follow Us
    Google News Flipboard Threads
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं, मंसिर १८ ।

    काठमाडौ्को खुलामन्च अहिले चिटिक्क भएको छ । काठकाडौं महानगरले बिचमा दुबो रोपेर हरियो बनाएको छ । वरीपरी हिड्ने बाटो बनाएको छ । यो काठमाडौँको खुला क्षेत्र मात्र हैन नागरिकले आफ्नो आवाज उठाउने थलो पनि हो । यही खुला क्षेत्रको महत्वबारे बहस चलाउन यो लेख तयार गरिएको हो ।

    ​खुला मञ्चको संकट: भूकम्पपछिको दोहन र बसपार्क सञ्चालन

    ​खुला ठाउँको महत्व काठमाडौं २०७२ सालको भुइँचालो पछि बढि महसुस गर्‍यो राजधानीले । बेला खुला ठाउँको कमी महसुस हुँदा टुँडिखेल र खुला मञ्चमा मानिसहरूले अस्थायी बसोबास पनि गरेको सम्झन्छन सम्पदा संरक्षण अभियन्ता गणपतीलाई श्रेष्ट । यसै समस्याले खुला ठाउँको महत्त्व बुझाउँदै गयो र अभियन्ताहरूलाई एकअर्कासँग जोड्दै लग्यो। गणपती भन्छन- दामोदर दाइ (मिसन पत्रकारिता), सञ्जय (कानुनी हिसाब) र अन्य अभियन्ताहरूको संयुक्त प्रयासले आन्दोलनलाई वैधानिक आधार पनि प्रदान गर्‍यो। हामी जहिले पनि आफ्नो सीधा भाषाले चाहिँ हामी ध्यानाकर्षण गराउथ्यौँ, लेख्थ्यौँ। तर सञ्जयले आएपछि आफ्नो कतिपय संविधानले दिएकै अधिकारहरू हुँदाहुँदै पनि सरकारी निकायबाटै जुन समस्याहरू थियो, त्यसलाई चाहिँ हामीलाई चाहिँ मतलब उसले चाहिँ परिस्कृत पनि गर्यो ।”

    ​खुला मञ्चमा सबैभन्दा ठूलो अतिक्रमणको घटना पुरानो बसपार्कलाई रातारात त्यहाँ सारिनु थियो। स्थानीय सरकार नभएको मौकामा कार्यकारी अधिकृतको निर्णयमा भ्यु टावर बनाउने नाममा पुरानो बसपार्कको जग्गामा काम सुरु भयो। सम्झौतामा दुई तल्ला पुगेपछि तल बसपार्क सञ्चालन गर्ने भनिए पनि पछि खुला मञ्चलाई खण्डित गरी पिच गरेर खुला मञ्चमा नै बसपार्क सञ्चालन गरियो।

    ​यसपछि अभियन्ताहरू झनै जाग्न बाध्य भए। बसपार्क सञ्चालन भएपछि त्यहाँ ५२ वटा टहरा (व्यवसाय) राखियो। यो सार्वजनिक जग्गा हो र यसलाई जोगाउनु जनताको नासो हो भन्ने चेतना सञ्जयले दिलाए। महानगरपालिकाका केही राम्रा कर्मचारीले उपलब्ध गराएका गलत सम्झौताका प्रतिलिपिहरू सामाजिक सञ्जालमा सार्वजनिक गरियो। गणपती भन्छन, दामोदर दाइ जस्तै नायकहरूले मिसन पत्रकारितामार्फत टुङ्गोमा नपुगुन्जेलसम्म लड्ने उत्साह र जाँगरमा सपोर्ट गर्नुभयो।

    ​दबाब र सफलता: ५२ वटा टहरा भत्काउने र दुईमाजुको पुनर्स्थापना

    ​अभियन्ताहरूले आफ्नो ध्यानाकर्षण गराउन सीधा भाषा र लेखोटको प्रयोग गरे पनि, राजनीतिक दबाब सिर्जना गर्ने रणनीति पनि अपनाए। बैशाख १२ गतेको भूकम्प स्मृति कार्यक्रमको अवसरमा प्रधानमन्त्री केपी ओलीको सवारीलाई जाम पार्न उल्टो बाटोबाट जुलुस निकालियो। करिब १०-१२ मिनेट प्रधानमन्त्रीको सवारीलाई जाम भयो, प्रेसर पर्यो। यसको दबाबले गर्दा प्रधानमन्त्रीले तत्काल ५२ वटा टहरा भत्काउन आदेश दिए। दशैँको बेलामा समेत ढलान गर्न खोज्दा विरोधमा उत्रिएको स्मरण गर्दै गणपती भन्छन, “दशैँमा अझ म त त्यो नयाँ जुत्ता किनेर गा थियौँ त्यो ढलानमा पुरै मतलब बिगार्नलाई भनेर कुल्चिन गयौँ हैन। पछि त्यो गाडीहरु खोल्दिएपछि त्यो ढलान बिगारियो।”

    ​खुला मञ्चको लडाइँसँगै जोडिएको अर्को सफलता दुईमाजु मन्दिरको संरक्षण र पुनर्स्थापना थियो। राणाकालीन स्वरूपमा रहेको र ४२ वटा व्यापार सञ्चालन भइरहेको दुईमाजुलाई पुरानै मल्लकालीन/प्राचीन शैलीमा रूपान्तरण गर्न सफल भइयो। यस अभियानका अभियन्ताहरूमध्ये तीन जना स्थानीय चुनावमा वडा सदस्यमा विजयी भएपछि उनीहरूले मन्दिर निर्माणलाई अगाडि बढाए। वक्ताले यसलाई “संघर्षदेखि संरक्षणसम्म” को ठूलो उदाहरण र उपलब्धि भएको उनी बताउँछन ।

    ​”हाम्रो पनि एउटै बानी के थियो भन्दाखेरि नबुझिकन लाग्दैनौँ, बुझेर लागेपछि हामी छोड्दैनौँ। अन्तिम टुङ्गो चाहिँ पुर्याउने भन्ने हाम्रो मिसन थियो।”

    ​ पछिल्लो सरकारसँगको संघर्ष: ट्रिपल बेसमेन्ट र फुटसलको विरोध

    ​नयाँ स्थानीय सरकार (युवा नेतृत्व) आएपछि अभियन्ताहरूले खुला मञ्च अझ खुला हुने अपेक्षा राखेका थिए। तर, महानगरले ट्रिपल बेसमेन्ट पार्किङ बनाउने योजना अगाडि सार्‍यो। मेयरसँगको छलफलमा अभियन्ताहरूले दुई मुख्य चिन्ता व्यक्त गरे:

    • ​सार्वजनिक स्वामित्वको जोखिम: व्यवस्थापनको नाममा निजीकरण/पार्किङ माफियाको हातमा जाने डर।
    • ​भौगोलिक र ट्राफिक समस्या: रत्नपार्क, पुरानो बसपार्क जस्ता केन्द्रीकृत क्षेत्रमा ट्रिपल बेसमेन्ट पार्किङले न्युरोड क्षेत्रको ट्राफिक व्यवस्था पूर्ण रूपमा अस्तव्यस्त पार्ने सम्भावना।

    ​यस विरोधपछि योजनाबाट महानगर पछि हट्नुपर्ने स्थिति आयो।

    ​त्यसपछि स्थानीय सरकारले खुला मञ्चमा रहेका क्लबहरू (संकटा, आरसिटि, मछिन्द्र) लाई विभाजनको नीति लिएर तीन वटा फुटसल बनाउने योजना अगाडि सार्‍यो।

    खुला मञ्च बहुप्रयोजनको लागि हुनुपर्ने र यो क्षेत्रलाई काठमाडौँको फोक्सो (सास फेर्ने ठाउँ) र पानी पुनर्भरण (ढुङ्गेधारा/हिटीहरूका लागि) को महत्त्वपूर्ण स्रोतका रूपमा हेर्नुपर्ने तर्क गरे। गणपती भन्छन, “हामी खोलामा बाढी आयो भन्छौँ, सबै खोला केन्द्रीकृत गर्या छ। जमिन मुनि पानी जान पा छैन। अब यो टुँडिखेल खुला मञ्च भन्दा बाहेक त अरु केही पनि छैन ।”

    ​संरक्षणपछिको वर्तमान अवस्था र बहुप्रयोजनको माग

    ​खुला मञ्चमा अहिले कंक्रिट हटाई, ढुङ्गा छानेर रैथाने घाँस रिभाइभ गर्ने काम भयो। तर, यसमा महानगरले फेरि बजेट खर्च गरी रैथाने घाँस हटाएर अर्को घाँस रोपेकोमा गणपतीले असन्तुष्टि व्यक्त गरे। अहिले खुला मञ्च देख्दा सुन्दर र व्यवस्थित देखिएको छ, तर अभियन्ताको चिन्ता ‘प्रयोजनको कुरा’ मा केन्द्रित छ।

    ​खुला मञ्चलाई पार्कमा रूपान्तरण गर्नुभन्दा “प्राकृतिक, प्रकृतिले दिएको त्यो नेचुरल वन” कै स्वरूपमा राख्नुपर्छ भन्ने विचार उनको छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, खुला मञ्च कुनै निश्चित प्रयोजनमा मात्र सीमित नभई बहुप्रयोजनको थलो हुनुपर्छ।

    ​ श्रेष्ठ खुला मञ्चलाई लोकतन्त्रको महत्त्वपूर्ण थलोको रूपमा स्थापित गर्नुपर्ने तर्क राख्दै भन्छन, “लोकतन्त्रमा भन्या आफ्नो आवाजहरु, आफ्नो अधिकारका कुराहरु, आफुलाई चित्त नबुझ्या कुराहरु राख्ने ठाउँ मात्र होइन, सरकारको उपस्थिति भएर त्यो तत्काल सुनेर सम्बोधन गर्ने ठाउँ पनि बनोस् खुला मञ्च भन्ने चाहिँ हाम्रो चाहना थियो ।”

    ​यसका लागि खुला मञ्चलाई जेलको स्वरूप दिने बारहरू हटाएर खुला सोचको बहुप्रयोजनको थलो बनाउनुपर्ने र यसको व्यवस्थापन स्थानीय समुदायलाई नै जिम्मा दिनुपर्ने माग अभियन्ताको छ।

    ​खुला मञ्चलाई सुन्दर (ब्युटिफाइ) बनाउने नाममा प्राकृतिकपन मार्नु हुदैन । पहिला देखि नै भनेको त प्राकृतिक पन नमारौँ भन्ने हो ।सबै जना जानुपर्ने, खुला हुनुपर्ने, जो पनि आएर बस्ने र यसलाई संरक्षण गर्न वा सफा गर्न महानगरले सफाई मजदुर खटाए वा फोहोर गर्नेले नै टिप्ने संस्कृति बसाए पुग्छ ।

    ​खुला मञ्च खुला सोचको हुनुपर्छ, बन्द सोच र खुला मञ्च बन्द मञ्च चाहिँ हुनु भएन हैन। र बहुप्रयोजन हुनुपर्यो, निश्चित प्रयोजनलाई तोकिन भएन । त्यति त हो। त्यसमा हामी काम गर्छौँ। त्यसमा हामीले काम गर्नुपर्छ। यो त अहिले अब केही समय अब यस्तै के के भाको छ। र बोल्न पर्ने ठाउँमा हामी बोल्न, हामी आवाज उठाउन कुनै कन्जुस्याइँ चाहिँ गर्दैनौँ। किनभने त्यो भन्दा ठुला लडाईं त लड्या हो पहिला हैन। त्यो भन्दा यो सजिलो लडाईं हो त्यो।”

    ​भावी पुस्तामा जागरण र डकुमेन्टेसनको महत्त्व

    ​ ८-१० वर्षको सम्पदाको लडाइँको डकुमेन्टेसन महत्त्वपूर्ण रहेको र यसले नयाँ पुस्तामा ठूलो जागरण ल्याएको छ । ‘सम्पदा लडाईं’ नामक किताब र राष्ट्रिय मिडियाहरूमा लगातार लेखेका लेखहरूले ठूलो जागरण ल्याएको छ ।

    ​ “यो हेरिटेज हाम्रो हो भन्ने चाहिँ नयाँ पुस्ताहरुमा भयंकर ठुलो जागरण आएको छ। त्यो कहाँ जेन्जी आन्दोलनमै कहाँ नेरी देखिन्छ भने यो पुरातत्व विभाग चाहिँ हाम्रो इतिहास हो, यसलाई छुनु हुँदैन भनेर बसेका थिए एउटा एउटा टोली। यो पुरात्व जोगाउनु पर्छ भनेर आएको जागरण हो ।

    ​गणपती यो सरकारले यो अभियानलाई सकारात्मक पाइला को रूपमा लिई खुला मञ्चको महत्वलाई स्थापित गर्नुपर्ने बताउँदै, यदि भावी पुस्ताले यसको महत्त्व बुझेन भने फेरि खुला मञ्च संकटमा पर्न सक्ने जोखिम औंल्याउँछन । त्यसैले पुस्तान्तरणका लागि अभियान चलाउनुपर्ने आवश्यकतामा उनले जोड दिए ।

    ​अर्का अभियन्ता सुदन munikaa ले आफूहरू २० वर्षदेखि विभिन्न अभियानको सिलसिलामा जोडिएको बताउँदै, खुला मञ्चको अभियानमा प्रत्यक्ष नदेखिए पनि सल्लाह, सुझाव र नेटवर्किङको माध्यमबाट सधैँ सँगै रहेको बताए ।

    सबै अभियन्ताको निचोड छ: खुला मञ्च कुनै निश्चित वर्ग वा निश्चित प्रयोजनको लागि होइन, यो खुला सोच, बहुप्रयोजन र इतिहास बोकेको सम्पूर्ण नागरिकको सार्वजनिक सम्पत्ति हो। यसको व्यवस्थापनमा पनि स्थानीय समुदायलाई संलग्न गराएर यसलाई सबैले निर्धक्क प्रयोग गर्न सक्ने थलो बनाउनु नै अहिलेको स्थानीय तथा संघीय सरकारको दायित्व हो।

    ​

    Author

    • दामोदर न्यौपाने

      न्यौपाने वेदान्त प्रेसका सम्पादक हुन् । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा संलग्न न्यौपानेका कर्मः सिकाइमा गहिरिएको खाडल, सम्पदा लडाइँ, स्कुल बेच्ने बालकसहित दर्जन बढी पुस्तक प्रकाशित छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    दामोदर न्यौपाने

    न्यौपाने वेदान्त प्रेसका सम्पादक हुन् । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा संलग्न न्यौपानेका कर्मः सिकाइमा गहिरिएको खाडल, सम्पदा लडाइँ, स्कुल बेच्ने बालकसहित दर्जन बढी पुस्तक प्रकाशित छन् ।

    Related Posts

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ४ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    १ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ३ महिना अगाडि
    Leave A Reply Cancel Reply

    Demo
    Don't Miss

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    वेदान्त प्रेस४ हप्ता अगाडि

    ​ समाजको ऐना मानिने पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव सँगाल्नुभएका र १९ वटाभन्दा बढी…

    जगदुल्लाको शैक्षिक उडान

    १ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ३ महिना अगाडि

    विद्यालय ज्ञान आर्जन गर्ने स्थान मात्र होइन, अनुशासन, संस्कार र जीवन जिउने कला सिक्ने दोस्रो घर हो

    ४ महिना अगाडि
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo
    About Us
    About Us

    वेदान्त प्रेस – ज्ञान, अनुसन्धान र बौद्धिक विमर्शको मञ्च

    वेदान्त प्रेस एउटा अनलाइन प्रकाशन गृह र बौद्धिक मञ्च हो । हाम्रो मुख्य उद्देश्य नेपालको शैक्षिक, सांस्कृतिक, पुरातात्विक र प्राकृतिक सम्पदाका क्षेत्रमा गहन अनुसन्धान, विश्लेषण र खुला बहसलाई बढावा दिनु हो ।

    ‘वेदान्त’ शब्दले बोकेको ज्ञानको गहिराइ, सत्यको खोजी र अन्तर्निहित एकताको भावनालाई आत्मसात् गर्दै, हामी पूर्वीय ज्ञान परम्परालाई आधुनिक अनुसन्धान विधिहरूसाग जोडेर नयाँ आयामहरू पत्ता लगाउने प्रयत्नमा छौं ।

    Facebook X (Twitter) Pinterest YouTube WhatsApp
    Our Picks

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ४ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    १ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ३ महिना अगाडि
    Most Popular

    मोक्षको भ्रम र वास्तविक मार्ग: के हामी सही बाटोमा छौँ ?

    १० महिना अगाडि5 Views

    निलकण्ठ धामः आध्यात्मिकताको नयाँ ज्योति

    १० महिना अगाडि7 Views

    राष्ट्रिय विभूति अरनिकोको जन्मघर: इतिहास र संरक्षणको नयाँ पहल

    ५ महिना अगाडि8 Views
    © 2026 GoSA Desktop. Designed by GOSA.
    • Home

    Type above and press Enter to search. Press Esc to cancel.