पृष्ठभूमि र शैक्षिक जग
सुदूरपश्चिमको बैतडी, भट्टसेरा भन्न गाउँको रतकोट नजिकै जन्मिएका आर्डी भट्टको बाल्यकाल पहाडमै बित्यो। पिता जयानन्द र माता पार्वती भट्टका माहिँला सुपुत्र उनले प्रारम्भिक शिक्षा रौलेश्वर र भगवती माविमा हासिल गरे भने ८ देखि १० कक्षासम्म महेन्द्रनगर माविमा पढे। उनले समाजशास्त्रमा स्नातकोत्तए अंग्रेजीमा एमफिल सम्मको अध्ययन गरेका छन । प्रिन्सिपलको भूमिकालाई उनी डिप्लोम्याट पोस्ट मान्छन्, जहाँ अंग्रेजी र साहित्यको ज्ञानले कूटनीतिक बन्न सघाउँछ भने गणितको ज्ञानले शिक्षकहरूको कामलाई सजिलै मूल्याङ्कन गर्न मद्दत पुग्छ।
जीवनका प्रमुख यू-टर्नहरू
आर्डी भट्टको व्यावसायिक यात्रामा तीनवटा महत्त्वपूर्ण मोडहरू आए। पहिलो हो- पत्रकारिता । उनले सोल्टी होटलले निकाल्ने एक पत्रिकामा सहायक सम्पादकको भूमिकाबाट पत्रकारिता शुरू गरेका थिए । पत्रकारिता छाडेर शिक्षण पेशामा प्रवेश गर्नु पहिलो युटर्न थियो । दोस्रो, पढाउन पनि राम्रोसँग नआउने अवस्थामा भट्ट रहेकै बेला सिधै बर्नहार्ट स्कुलको कोअर्डिनेटर बन्न प्रस्ताव गर्नु र उनले त्यो स्वीकार गर्नु। तेस्रो र सबैभन्दा ठूलो यू-टर्न भने उनले विवाहको निर्णयलाई मान्छन्। प्रेम विवाह नभएपछि उनले केटी हेर्न जाँदा १० बुँदे क्वालिफिकेसन लिस्ट बनाएका थिए, जसमा ४० अङ्क कटाउने उम्मेदवारलाई मात्र योग्य ठानिन्थ्यो। अन्ततः, फरर अंग्रेजी बोल्ने, मास्टर्स सक्दै गरेकी र जागिर गर्ने युवतीलाई जीवनसाथी बनाए।
भट्टर्याक्सन संरचना
यो उनले विकास गरेको नयाँ र मौलिक संरचना हो । यसमा एक शब्दको अन्तिम अक्षरबाट अर्को शब्द सुरु हुने गरी यो क्रम निरन्तर रूपमा जडान हुँदै जान्छ, र अन्ततः व्याकरणिक रूपमा सही, सुगठित र सारगर्भित वाक्य तयार हुन्छ।
हामीले विद्यालयमा खेलेको शब्द–जोड्ने खेल बाट प्रेरित यो शैली अहिले शैक्षिक र साहित्यिक दुवै क्षेत्रमा नयाँ आयाम बन्दै गएको छ। विभिन्न लेखक, शिक्षक, विद्यार्थी र सिर्जनशील व्यक्तिहरूले यसलाई अत्यन्तै रमाइलो, रोचक र सिकाइमैत्री प्रयोगका रूपमा रहने आशा ब्यक्त गरेका छन्।
यसले विद्यार्थीकै सिर्जनात्मकता उजागर गर्नुका साथै, शब्द–भण्डार, भाषिक कौशल र विचार अभिव्यक्तिलाई सुदृढ बनाउँने भट्टले आशा व्यक्त गरेका छन ।
व्यावसायिक अनुभव र सङ्घर्ष
शिक्षा क्षेत्रमा प्रवेश गरेपछि उनले कालिमाटीको बर्नहार्ट स्कुलको संयोजक भएर करिब साढे दुई वर्ष काम गरे। त्यसपछि चितवनको स्मल हेभन स्कुलमा झन्डै आठ वर्ष बिताए, जहाँ माओवादी द्वन्द्वकालमा उनको स्कुल जलाइयो । उनले केही समय गन प्वाइन्टमा बिताउनुपर्यो। उनले चौधरी समूहअन्तर्गत वीरगन्जको दिल्ली पब्लिक स्कुलमा चार वर्ष काम गर्दा इन्डियनबोर्ड, बिजनेस आइडिया र एकेडेमिक पक्षहरू नजिकबाट बुझ्ने अवसर पाए। ओलम्पिया स्कुलमा लगानीपछि हाल उनी काठमाडौंको पेप्सीकोलामा कक्षा १२ सम्मको गेटवे एक्यादमी नेतृत्व गरिरहेका छन्।
प्रेरणा र अभिभावकत्वको शुत्र
उनी आफूलाई फ्रेन्डली अभिभावक ठान्छन् तर बच्चामा अनुशासन र पढाइमा ध्यान हुनुपर्नेमा जोड दिन्छन्। उनका अनुसार अभिभावकत्वमा संवाद मुख्य सुत्र हो । उनले भारतका प्रथम राष्ट्रपति डा। राजेन्द्र प्रसादकी अनपढ आमाले बच्चासँग शिक्षक र साथीको बारेमा कुरा गरेर सकारात्मक प्रभाव पारेको प्रसंग सुनाएका थिए। उनको जीवनभरको प्रेरणाका स्रोतहरूमा बाटोमा पुस्तक पढ्दा एक अपरिचित व्यक्तिले दिएको प्रशंसा र बाल्यकालमा सिडिओ साबले इनाम स्वरूप दिएको चितुवा अंकित दुई रुपैयाँको नोट पर्छ, जुन उनले अहिले पनि आफ्नो पर्समा राख्छन्। यसले उनलाई आफ्नो विगत, नम्रता र निरन्तरतासँग जोड्ने काम गर्छ ।
शिक्षाको चुनौती र समाधानको बाटो
भट्टको स्पष्ट धारणा छ, देश नेताले बिगारेका होइनन्, शिक्षकहरूले बिगारेका हुन । उनले विद्यार्थीलाई राष्ट्रवादी, आत्मनर्भिर र आफ्नै सम्पतिको रक्षा गर्ने चेतना नसिकाएकाले वर्तमान समस्या आएको मान्छन्। उनी भन्छन्— शिक्षा सुधार्न सरकारले लागि सरकारी स्कुलको गुणस्तर सुधारेर निजीलाई थ्रेट दिनु पर्छ । सुबिधा दिएर मात्र नभई बच्चालाई घरायसी काममा व्यस्त राखी संघर्ष बुझाउनुपर्छ । शिक्षकले विषयवस्तु भन्दा पनि प्रेरणा दिनु पर्छ । विद्यार्थीलाई सिक्ने प्रकृयामा सहभागी गराउनु पर्छ ।