Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ४ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    १ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ३ महिना अगाडि
    Facebook X (Twitter) Instagram
    Bedanta Press
    • होमपेज
    • समाज
    • अनुसन्धान
    • खोज
    • पुरातत्व
    • प्रकाशन
      • रिपोर्ट
      • लेख
    • बहस
      • प्रकृति
      • शिक्षा
      • समाज
      • संस्कृति
    • मल्टिमिडिया
    • रैथाने ज्ञान
    • सम्पदा
    Bedanta Press
    Home » कुमारी छें फर्काइयो चोरिएको तोरण, बाजागाजाले वसन्तपुर उत्सवमय
    मुख्य स्टोरी

    कुमारी छें फर्काइयो चोरिएको तोरण, बाजागाजाले वसन्तपुर उत्सवमय

    दामोदर न्यौपानेदामोदर न्यौपाने७ महिना अगाडि4 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Follow Us
    Google News Flipboard Threads
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं, मंसिर ४ ।
    हाम्रा मन्दिरहरू र बहिलहरू केवल ढुङ्गा र काठका संरचना मात्र होइनन्, यी त यहााको जीवन्त संस्कृति का प्रतीक हुन् । यसै जीवन्तताको कथा बोकेर बेलायतको एक ग्यालरीबाट फर्किएको छ, काठमाडौंको कुमारी छेमा रहेको पाँचाौ झ्यालको तोरण । करिब दुई दशकअघि चोरी भएको यो ऐतिहासिक सम्पदालाई राष्ट्रिय संग्रहालयमा थन्क्याएर राख्नुको सट्टा पुनः समुदायमै स्थापित गर्ने जुन पहल भएको छ, यसले सम्पदा संरक्षणको नयाँ आयाम खोलेको छ ।

    संस्कृति र गौरवको यात्राः छाउनीबाट वसन्तपुरसम्म
    तोरण फिर्ता गर्ने प्रक्रियाले मूर्तिलाई सङ्ग्रहालयबाट पुनः समुदायको काखमा फर्काउनुको एउटा उत्सवमय उदाहरण प्रस्तुत गर्‍यो । राष्ट्रिय सङ्ग्रहालय (छाउनी) मा राखिएको तोरणलाई स्थानीय समुदायले बाजागाजासहित डोलीमा हालेर वसन्तपुरसम्म ल्याएका थिए । डोली बोक्ने कार्यमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल लगायतले नेतृत्व गरेका थिए । स्थानीय बाजा खलहरूले बाजा बजाएर सम्पदा फिर्तीको यस ऐतिहासिक क्षणमा उत्साह र गौरव थपेका थिए ।

    एक दशक लामो खोजी

    चोरिएका मूर्ति फिर्ता ल्याउन प्रयास गरिरहेका अधिवक्ता सञ्जय अधिकारीका अनुसार सन् २०१९ तिर लन्डनको बार्केट ग्यालरी मा कुमारी छेंको तोरण रहेको तथ्य बाहिर आयो । यो खोजको सबैभन्दा ठूलो आधार बन्यो द हन्टिङ्गटन आर्काइभमा सुरक्षित पुरानो फोटो । यसले तोरण ठ्याक्कै कुमारी छेको पाँचौं झ्यालको मूल ढोका माथि रहेको पुष्टि गर्‍यो । तोरण चोरी भएको अनुमानित समय वि.सं. २०५६ देखि २०५८ को बीचमा हो । ‘सम्पदा अनुसन्धानकर्ताहरूले उक्त फोटो र अन्य प्रमाण जुटाएर ग्यालरीलाई सम्पर्क गरेपछि, सञ्जयले भने, ‘ग्यालरीले चोरीको प्रमाण पाएपछि कुनै कानुनी अड्चन नदेखाई स्वैच्छिक रूपमा तोरण नेपाललाई फिर्ता गर्‍यो ।’
    हाम्रोमा सम्पदा चोरीको न त राम्रो कानुनी अभिलेख छ, न त त्यसलाई राख्ने प्रणाली नै । ‘जसले गर्दा ठ्याक्कै कहिले चोरी भयो भनेर प्रमाणित गर्न गाह्रो हुन्छ,’ सञ्जय भन्छन् ।

    संग्रहालय होइन, समुदायमै जीवन
    फिर्ता आएपछि तोरणलाई बेलायतस्थित दूतावासमार्फत नेपालको राष्ट्रिय संग्रहालयमा राखियो । तर, सम्पदा फिर्तीको यो पहलमा जोडिएका व्यक्तिहरूलाई के कुरामा विश्वास थियो भने, यी सम्पदाहरू केवल संग्रहालयका प्रदर्शनी वस्तु होइनन् । नेपाल मण्डलको सम्पदा जीवन्त संस्कृतिसँग जोडिएकाले यी समुदायसागै रहे मात्र त्यसको महत्व र धार्मिक आस्था जीवन्त रहन्छ ।

    यो पहलमा प्रधानमन्त्री शुशीला कार्कीको मन्त्रीमण्डलमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा जान लागेका अभियन्ता गणपतिलाल श्रेष्ठले आˆनो एजेन्डामा चोरी भएका सम्पदा समुदायमै फिर्ता गर्ने बुँदा राखेर यसलाई औपचारिक रूप दिएका थिए । गणपतीलाई संस्कृति मन्त्रालयबाट भुमिसुधार मन्त्रालयमा सारेपछि मन्त्री पद अस्विकार गरेका थिए । काठमाडौं महानगरपालिका वडा नम्बर २३ को वडा अध्यक्ष र उपमेयरको सक्रियतामा संग्रहालयबाट सम्पदालाई समुदायमा पुनर्स्थापना गर्ने प्रक्रिया सुरु भयो । यस प्रक्रियामा लामो कानुनी लडाइँल लड्नुपर्ने अवस्था आउन सक्थ्यो । इटुम्मबहालको मूर्ति फिर्ता ल्याउन २२–२३ वर्ष लागेको थियो । किनकि, कसैले सम्पदा फिर्ता गर्न नखोज्दा लामो कानुनी लडाइँ लड्नुपर्ने हुन्छ । ‘तर कुमारी छेंको हकमा यो प्रक्रिया सहज भयो,’ सञ्जयले भने ।

    पुनर्स्थापनामा ‘माफिया’ द्वारा सिर्जित अड्चन
    विदेशबाट सम्पदा फिर्ता ल्याउनु जति कठिन छ, कहिलेकाहीं त्यसलाई समुदायमै पुनर्स्थापना गराउन त्यत्तिकै गाह्रो हुन्छ । ‘एउटै ठाउँमा दुइटा भगवान हुन सक्दैन भन्छन,’ सञ्जय भन्छन्, ‘एकपल्ट विदेश पुगेको भगवान अब नराखे पनि हुन्छ भन्ने जस्ता भ्रमपूर्ण तर्क हरू फैलाइन्छ ।’ सञ्जय यसलाई सम्पदा चोरीमा संलग्न माफिया प्रवृत्तिका मानिसहरूले सिर्जना गरेको अवरोधको रूपमा हेर्छन् । उनीहरूको मनसाय ‘यदि यो मूर्ति सजिलै फिर्ता भयो भने अरूले पनि आˆना सम्पदा खोज्न थाल्छन्’ भन्ने डर सिर्जना गर्नु हो ।
    आत्मसन्तुष्टिको पल र नयाा अभियानको सुरुवात
    कुमारी छे जस्तो आˆनो जन्मथलो र वडासाग प्रत्यक्ष जोडिएको सम्पदा फिर्ता ल्याउन पाउनुलाई अभियन्ता गणपतीलाल श्रेष्ठ ठूलो गौरवको पलको रूपमा व्याख्या गर्छन् । बेलायतबाट फर्केर राष्ट्रिय संग्रहालयमा पुगेको उक्त तोरणलाई चााडोभन्दा चााडो समुदायमा पुनर्स्थापना गर्ने तीव्र भावना सुरुदेखि नै थियो । ‘समुदायका अगुवा र जनप्रतिनिधिहरूलाई यो विषयमा जानकारी गराउादै आज यो सपना साकार भएको दिन हो,’ गणपती भन्छन् ।
    यो पुनर्स्थापना केवल एउटा औपचारिक कार्यक्रम मात्र थिएन । वडाभित्रका सम्पूर्ण बाजा खलहरू, समुदाय, साथै ठिमी, ललितपुर, भक्तपुरलगायत विभिन्न स्थानबाट आएका सम्पदा प्रेमीहरूले आ–आˆनो बाजासहित उत्साहका साथ सहभागिता जनाए । यो सबैले सम्पदा फिर्तीप्रति साझा खुसी व्यक्त गरेको पल थियो ।
    ‘भगवानलाई नै रक्षा गर्नुपर्ने दिन आयो,’ गणपती भन्छन्, ‘यस्तो निराशाजनक अवस्थामा कम्तिमा भगवान फर्किदो रहेछ भन्ने सन्देश दिन सक्नु नै ठूलो आत्मसन्तुष्टिको विषय हो । तोरणलाई बाजासहित हनुमानढोका दरबार क्षेत्रमा पाइला टेकाउादा अभियन्ताले असाध्यै छुट्टै महसुस गरेका छन् ।’

    आशाका किरण र अन्य जोखिमहरू
    कुमारी छेंको तोरण फिर्ती एक ठूलो सफलता भए पनि, यस क्षेत्रका अन्य सम्पदाहरूमा चोरीको जोखिम अझै छ । छेउको अर्को तोरण चोरी भई विदेशमै छ । त्यसको अनुसन्धान भइरहेको छ । काष्ठमण्डपको काठको प्यानल अस्ट्रिया पुगेको थियो, जसको लिलामी रोकिएको थियो । ओम बहालकै हिटीका मूर्तिहरू अमेरिका पुगेको पत्ता लागेको छ ।
    यस पहलले लक्ष्मीनारायण पट्को र च्यासल हिटीमा झैं चोरी भएका सम्पदालाई उनीहरूको मौलिक थलोमै फर्काउने कामलाई निरन्तरता दिएको छ । यसले नेपाल सरकार, स्थानीय सरकार, र सम्पदा अनुसन्धानकर्ताहरूको संयुक्त प्रयासबाट मात्रै जीवन्त संस्कृतिलाई बचाउन सकिन्छ भन्ने सन्देश दिएको छ ।

    Author

    • दामोदर न्यौपाने

      न्यौपाने वेदान्त प्रेसका सम्पादक हुन् । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा संलग्न न्यौपानेका कर्मः सिकाइमा गहिरिएको खाडल, सम्पदा लडाइँ, स्कुल बेच्ने बालकसहित दर्जन बढी पुस्तक प्रकाशित छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    दामोदर न्यौपाने

    न्यौपाने वेदान्त प्रेसका सम्पादक हुन् । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा संलग्न न्यौपानेका कर्मः सिकाइमा गहिरिएको खाडल, सम्पदा लडाइँ, स्कुल बेच्ने बालकसहित दर्जन बढी पुस्तक प्रकाशित छन् ।

    Related Posts

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ४ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    १ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ३ महिना अगाडि
    Leave A Reply Cancel Reply

    Demo
    Don't Miss

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    वेदान्त प्रेस४ हप्ता अगाडि

    ​ समाजको ऐना मानिने पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव सँगाल्नुभएका र १९ वटाभन्दा बढी…

    जगदुल्लाको शैक्षिक उडान

    १ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ३ महिना अगाडि

    विद्यालय ज्ञान आर्जन गर्ने स्थान मात्र होइन, अनुशासन, संस्कार र जीवन जिउने कला सिक्ने दोस्रो घर हो

    ४ महिना अगाडि
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo
    About Us
    About Us

    वेदान्त प्रेस – ज्ञान, अनुसन्धान र बौद्धिक विमर्शको मञ्च

    वेदान्त प्रेस एउटा अनलाइन प्रकाशन गृह र बौद्धिक मञ्च हो । हाम्रो मुख्य उद्देश्य नेपालको शैक्षिक, सांस्कृतिक, पुरातात्विक र प्राकृतिक सम्पदाका क्षेत्रमा गहन अनुसन्धान, विश्लेषण र खुला बहसलाई बढावा दिनु हो ।

    ‘वेदान्त’ शब्दले बोकेको ज्ञानको गहिराइ, सत्यको खोजी र अन्तर्निहित एकताको भावनालाई आत्मसात् गर्दै, हामी पूर्वीय ज्ञान परम्परालाई आधुनिक अनुसन्धान विधिहरूसाग जोडेर नयाँ आयामहरू पत्ता लगाउने प्रयत्नमा छौं ।

    Facebook X (Twitter) Pinterest YouTube WhatsApp
    Our Picks

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ४ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    १ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ३ महिना अगाडि
    Most Popular

    मोक्षको भ्रम र वास्तविक मार्ग: के हामी सही बाटोमा छौँ ?

    १० महिना अगाडि5 Views

    निलकण्ठ धामः आध्यात्मिकताको नयाँ ज्योति

    १० महिना अगाडि7 Views

    राष्ट्रिय विभूति अरनिकोको जन्मघर: इतिहास र संरक्षणको नयाँ पहल

    ५ महिना अगाडि8 Views
    © 2026 GoSA Desktop. Designed by GOSA.
    • Home

    Type above and press Enter to search. Press Esc to cancel.