Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ४ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    १ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ३ महिना अगाडि
    Facebook X (Twitter) Instagram
    Bedanta Press
    • होमपेज
    • समाज
    • अनुसन्धान
    • खोज
    • पुरातत्व
    • प्रकाशन
      • रिपोर्ट
      • लेख
    • बहस
      • प्रकृति
      • शिक्षा
      • समाज
      • संस्कृति
    • मल्टिमिडिया
    • रैथाने ज्ञान
    • सम्पदा
    Bedanta Press
    Home » परिवर्तनका दुई धार: जेन जी र स्वराज्य–मेलमिलाप
    बहस

    परिवर्तनका दुई धार: जेन जी र स्वराज्य–मेलमिलाप

    वेदान्त प्रेसवेदान्त प्रेस८ महिना अगाडि3 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Follow Us
    Google News Flipboard Threads
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    केशव प्रसाद चौलागाईं

    भ्रष्टाचारविरुद्ध प्रारम्भ भएको जेन जी आन्दोलन र धार्मिक–सांस्कृतिक क्षेत्रबाट प्रारम्भ गरिएको स्वराज्य–मेलमिलाप अभियान क्रमशः तुलनात्मक समिक्षाबाट गुज्रिरहेको छ। हालै काठमाडौंसहित नेपालका विभिन्न स्थानमा भएको जेन जी आन्दोलनले सरकार नै अपदस्त गरि, आफ्नै सिफारिसमा नयाँ सरकारको गठन गर्दै नयाँ अध्यायको थालनी गरेको छ। जनजनमा रहेको भ्रष्टाचारविरुद्धको भावना मिसिँदा शान्तिपूर्ण भनिएको जेन जी आन्दोलन भयानक बन्न पुग्यो। स्कुले विद्यार्थीहरूमाथि भएको बल प्रयोग हृदयविदारक बन्न पुगेकाले भोलिपल्ट आन्दोलन झन् उग्र बन्दै अन्य समुदायको संलग्नताका कारण आगजनी तथा नेताहरूमाथि हातपात हुन पुग्यो। सिंहदरबार, सर्वोच्च अदालत, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, शीतलनिवासजस्ता ऐतिहासिक सरकारी भवनहरूमा भएको आगजनीले सदाका लागि जनताको हृदयमा नपुरिने घाउ बनाएको छ।

    नयाँ सरकारले जाँचबुझ समिति गठन गरेकाले पुनः यस्ता घटना नदोहरिन सक्छ। मूल माग भ्रष्टाचार अन्त्य भई सुशासनको प्रत्याभूति दिन के कस्तो व्यवस्था हुने हो भन्ने प्रतिक्षाको विषय बनेको छ।

    सुशासन र लोकतान्त्रिक अभ्यासका लागि स्वराज्य–मेलमिलाप अभियानले सम्पदा र समुदायलाई जोडेर स्वराज्य पूजन तथा यात्रा नियमित गर्दै आइरहेको छ।


    स्वराज्य पूजन तथा यात्रा

    “आँसु: शिशानो बृषभो न भीमो घनाघनः क्षोभणश्चषर्णीनाम्।
    संक्रन्दनो निमिष एकवीरः शतसेना अजयत् साकमिन्द्रः।।”

    अर्थात् वेगगामी, वज्रतीक्ष्णकारी, भयंकर मेघतुल्य वृष्टि गराउने, मानवका मोक्षकर्ता, निरन्तर गर्जने, अद्वितीय वीर इन्द्रले शत्रुहरूको सयौं सेनालाई एकैसाथ जिते भन्ने इन्द्रसुक्तको कथनले असुर प्रवृत्तिमाथि विजय पाउन भगवान इन्द्रको शक्ति र आराधना महत्त्वपूर्ण रहेको स्पष्ट हुन्छ।

    महालक्ष्मी नगरपालिका वडा नं. ३, अर्यालटोलमा रहेको इन्द्रेश्वर महादेवको आराधनाले सबैले आफ्नो ठान्ने स्वराज्यको अभ्यास गर्न मद्दत पुग्ने कुरा निश्चित छ।
    “ॐ यो वै रुद्रः स भगवान् यश्चेन्द्रस्तस्मै वै नमो नमः।”
    जो रुद्र हुन्, वहाँ नै भगवान् हुन् र वहानै इन्द्र हुन्; वहाँलाई बारम्बार नमस्कार गर्दछौं भन्ने शिवअथर्वशीर्षको वचनले पनि इन्द्रेश्वर महादेवको महत्त्व बुझाउँछ।

    स्वर्गमाथि कब्जा गर्ने असुर वृत्तासुरबाट देवता, ऋषि र स्वर्गको रक्षा गर्न देवताहरूले गरेको भगवान इन्द्रको प्रार्थना स्मरणीय छ।

    “इत्था हि सोम इन्मदे ब्रह्मा चकारवर्धनम्।
    शविष्ठ वज्रिन्नोजसा पृथिव्या नि: शशा अहिमर्चन्ननु स्वराज्यम्।”

    हे वज्रधारी शक्तिशाली इन्द्रदेव! ब्रह्मनिष्ठहरूद्वारा प्रदान गरिएका दिव्य गुणले सम्पन्न सोमरस पान गरेर तिमीले आफ्नो उत्साह बढायौ। आफ्नो सामर्थ्यले देव समुदायको हानि गर्ने दुराचारीलाई मारेर पृथ्वीबाट हटायौ भन्ने प्रार्थनाबाट पनि स्वराज्य स्थापनामा इन्द्र भगवानको योगदान स्पष्ट हुन्छ।

    सेवा र न्यायमार्फत समान व्यवहार गर्दै मुलुकलाई विश्वमै सम्मानित तुल्याउन स्वराज्यको अभ्यास गराउन इन्द्रेश्वर महादेवलगायत विभिन्न देवी–देवताहरू रहेको यश क्षेत्र उत्तम रहेको छ।

    नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार कानुनी व्यवस्थाहरूको सफल कार्यान्वयन गर्दै स्वराज्यको अनुभूति गराउन निम्न कार्यक्रमहरू उपयोगी छन्:

    1. स्थानीय तह: कार्यसम्पादन तथा सुशासन
    2. न्यायिक समिति र स्थानीय सरकार: मेलमिलापको मार्गचित्र
    3. स्थानीय सरकार: संवैधानिक व्यवस्था र लोकतान्त्रिक अवधारणा
    4. जातीय छुवाछूत उन्मूलनमा धार्मिक क्षेत्रको भूमिका
    5. लोकतन्त्रको सम्बर्द्धनमा वित्त आयोग
    6. शान्ति, न्याय र मिलापका लागि अन्तरसांस्कृतिक सहिष्णुता
    7. द्वन्द्व रूपान्तरण र शान्ति स्थापनामा धर्म तथा आध्यात्मिक क्षेत्रको भूमिका
    8. उपभोक्ता जागरण अभियान

    दैवी सहयोग गर्ने इन्द्रस्तुति र कानुनी सहयोग गर्ने कार्यक्रमहरूले स्वराज्य र मेलमिलापको केन्द्र यो क्षेत्र बन्नेछ।

    “आ यद् वामीय चक्षसा मित्र वयं च सुरयः।
    व्यचिष्ठे वहुपाय्ये यतेमही स्वराज्ये।”

    अर्थात् विस्तृत र बहुमतद्वारा जसको पालन हुन्छ, त्यस्तो स्वराज्य शासनमा जनताको भलाइका लागि लागि रहौं भन्ने ऋगवेदको वचनअनुसार प्रजातन्त्र, राष्ट्रियता र समावेशी विकासको नमुना बन्नेछ।

    इविदह पूर्व बिष्टटोलमा रहेको रातो गणेश, ललितादेवी, इविदहस्थित देवी–देवता, अर्यालटोलस्थित इन्द्रेश्वर महादेव, पैनाचल हनुलिङ्गेश्वर महादेव हुँदै पुनः इविदह (बोझे पोखरी) सम्मको स्वराज्य यात्रा आफैंमा साधना बन्नेछ। शान्ति, सुशासन र समृद्धिको मानक बन्नेछ। सिद्ध साधना, भ्रमण र संवादले धर्म–राजनीतिको आभास गराउँछ। स्वराज्य र मेलमिलाप भावी नेपालको आधार बन्नेछ।

    शास्त्रीय ज्ञान र कानुनी प्रावधानलाई संयोजन गर्दै नमुनाका रूपमा महालक्ष्मी नगरपालिकाबाट सुशासनका लागि प्रारम्भ भएको अभियान जेन जीको बलिदानी आन्दोलनको परिपूरकका रूपमा अगाडि बढ्नेछ। सुशासन युवा र सांस्कृतिक क्षेत्रको सहकार्यबाट सफल हुनेछ। शान्तिपूर्ण सांस्कृतिक अभियानको माध्यम सर्वस्वीकृत बन्नेछ। युवाहरूको आकर्षण बन्नेछ।

    Author

    • वेदान्त प्रेस
      वेदान्त प्रेस

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    वेदान्त प्रेस
    • Website

    Related Posts

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ४ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    १ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ३ महिना अगाडि
    Leave A Reply Cancel Reply

    Demo
    Don't Miss

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    वेदान्त प्रेस४ हप्ता अगाडि

    ​ समाजको ऐना मानिने पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव सँगाल्नुभएका र १९ वटाभन्दा बढी…

    जगदुल्लाको शैक्षिक उडान

    १ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ३ महिना अगाडि

    विद्यालय ज्ञान आर्जन गर्ने स्थान मात्र होइन, अनुशासन, संस्कार र जीवन जिउने कला सिक्ने दोस्रो घर हो

    ४ महिना अगाडि
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo
    About Us
    About Us

    वेदान्त प्रेस – ज्ञान, अनुसन्धान र बौद्धिक विमर्शको मञ्च

    वेदान्त प्रेस एउटा अनलाइन प्रकाशन गृह र बौद्धिक मञ्च हो । हाम्रो मुख्य उद्देश्य नेपालको शैक्षिक, सांस्कृतिक, पुरातात्विक र प्राकृतिक सम्पदाका क्षेत्रमा गहन अनुसन्धान, विश्लेषण र खुला बहसलाई बढावा दिनु हो ।

    ‘वेदान्त’ शब्दले बोकेको ज्ञानको गहिराइ, सत्यको खोजी र अन्तर्निहित एकताको भावनालाई आत्मसात् गर्दै, हामी पूर्वीय ज्ञान परम्परालाई आधुनिक अनुसन्धान विधिहरूसाग जोडेर नयाँ आयामहरू पत्ता लगाउने प्रयत्नमा छौं ।

    Facebook X (Twitter) Pinterest YouTube WhatsApp
    Our Picks

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ४ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    १ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ३ महिना अगाडि
    Most Popular

    मोक्षको भ्रम र वास्तविक मार्ग: के हामी सही बाटोमा छौँ ?

    १० महिना अगाडि5 Views

    निलकण्ठ धामः आध्यात्मिकताको नयाँ ज्योति

    १० महिना अगाडि7 Views

    राष्ट्रिय विभूति अरनिकोको जन्मघर: इतिहास र संरक्षणको नयाँ पहल

    ५ महिना अगाडि8 Views
    © 2026 GoSA Desktop. Designed by GOSA.
    • Home

    Type above and press Enter to search. Press Esc to cancel.