Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालबालिकालाई हुर्काउने कला: ‘सकारात्मक अभिभावकत्व’ पुस्तक समीक्षा

    २ दिन अगाडि

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ महिना अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ३ महिना अगाडि
    Facebook X (Twitter) Instagram
    Bedanta Press
    • होमपेज
    • समाज
    • अनुसन्धान
    • खोज
    • पुरातत्व
    • प्रकाशन
      • रिपोर्ट
      • लेख
    • बहस
      • प्रकृति
      • शिक्षा
      • समाज
      • संस्कृति
    • मल्टिमिडिया
    • रैथाने ज्ञान
    • सम्पदा
    Bedanta Press
    Home » यात्रा संस्मरणः दुप्चेश्वर महादेव दर्शन
    मुख्य स्टोरी

    यात्रा संस्मरणः दुप्चेश्वर महादेव दर्शन

    वेदान्त प्रेसवेदान्त प्रेस११ महिना अगाडि5 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Follow Us
    Google News Flipboard Threads
    दुप्चेश्वर महादेव । तस्बिर ः दामोदर न्यौपाने
    Share
    Facebook Twitter LinkedIn Pinterest Email
    • साउनमा जल अर्पण गर्दै शिव आराधना गरिन्छ; लेखकले दुप्चेश्वर महादेवको दर्शन गरेका छन्, जुन सानो पशुपति मानिन्छ।
    • सेतोपुलदेखि समुन्द्रटारसम्मको यात्रा रोमाञ्चक रहृयो; झोलुङ्गेपुल पार गरेर मन्दिर प्रवेश गरियो।
    • गाईले दूध चढाएको स्थानमा महादेव प्रकट भएको किंवदन्ती छ; भक्तजनहरू विवाह, सन्तान र पशु सन्तानको कामनासहित भाकल गर्छन्।


    अर्जुन लामिछाने

    नुवाकोट- साउन महिना विशेष गरी भगवान् शिवको आराधना र उपासना गर्ने महिना हो। भगवान् शिवलाई आशुतोष भनेर पनि चिनिन्छ। थोरै मात्र भक्तिले पनि प्रसन्न हुने भएकाले उहाँलाई आशुतोष भनिएको हो। यसको ज्वलन्त उदाहरण उहाँ जलप्रेमी हुनुले नै पुष्टि गर्दछ। साउन महिना जताततै पानीका मूल फुट्ने महिना हो। साउनमा पानीभन्दा सस्तो र सजिलै उपलब्ध हुने कुरा के हुनसक्ला र? साउनमा शिवजीलाई चढाइने महत्त्वपूर्ण सामग्री पनि जल नै हो। यसैले जल चढाउनकै लागि साउन महिनामा लाखौँ भक्तजनहरू “बोलबम, बोलबम” भन्दै शिवालयहरूमा जान्छन्। यही साउन महिनाको अन्तिम दिन, ३१ गते शनिबार, शिवालयको दर्शन गर्ने क्रममा हाम्रो रोजाइमा पर्‍यो नुवाकोटको दुप्चेश्वर महादेव ।

    अघिल्लो दिनको योजनाअनुसार बिहानै नित्यकर्म सकी आफ्नो निवास सेतोपुलबाट करिडोरको बाटो हुँदै सुकेधारा पुग्यौँ। त्यहाँबाट नगरबस चढी सामाखुसी ओर्ल्यौँ। केही समयमा भतिज प्रकाश त्यहीँ आयो, नजिकैको पेट्रोलपम्पमा अर्का सहयात्री सुजन श्रेष्ठलाई केहीबेर प्रतीक्षा गरियो। उनी आएपछि हामी दुईवटा मोटरसाइकलमा तीन जना दुप्चेश्वर यात्रामा अगाडि बढ्यौँ ।

    हाम्रो यात्रा सामाखुसी–टोखा रोडबाट करिब ६ः४५ बजे आरम्भ भयो। त्यहाँबाट टोखा–सपनतीर्थ–झोर हुँदै शिवपुरी–गुर्जेभञ्याङ पार गरेपछि काठमाडौँलाई पछाडि पारेर हामी नुवाकोट जिल्लातर्फ अगाडि बढ्यौँ। नुवाकोटको शिवपुरी गाउँपालिकाअन्तर्गतको त्यो ओरालो बाटोको यात्रा निकै रोमाञ्चक रह्यो। हरियाली जङ्गल, दर्जनौँ खोल्साहरूमा माथिबाट झरेका झरना, ढलान गरिएको पक्की सडक, ठाउँठाउँमा चियापसल, होटल र रिसोर्ट, तर प्रायः सबै जङ्गलले घेरिएको यस्तै रमाइलो यात्रा गर्दै हामी छहरे झरेको पत्तै भएन। छहरेबाट फराकिलो थानसिङ फाँटको यात्रा पूरा गरी हामी लिखु खोलाको मोटरपुलमा पुग्यौँ। सो पुलबाट दुप्चेश्वर महादेव उत्तरतर्फ अवस्थित छ भने नुवाकोट सदरमुकाम विदुर पश्चिमतर्फ।

    लिखु खोलाको पुलमा दुप्चेश्वर महादेव मन्दिरसम्मको दूरी २५ किलोमिटर लेखिएको रहेछ, त्यसैले आधाभन्दा बढी बाटो काटिएको महसुस भयो। किनकि त्यहाँबाट काठमाडौँ–टोखासम्मको दूरी ३१ किलोमिटर लेखिएको थियो। हामी पुल पार गरेर सिधै उत्तरतर्फ अगाडि बढ्यौँ। पञ्चकन्या गाउँपालिकाको पट्टाबारी, शहरेटार हुँदै हामी तादी नदीको पुल पार गर्न पुग्यौँ। त्यसपछि सिधै उत्तरतर्फ यात्राको क्रममा लिखु गाउँपालिकाअन्तर्गत दोर्जे खोला पार गरेर सल्लाघारीको उकालो पार गरेपछि खराने टार, सातबिसे हुँदै हामी समुन्द्रटारको वारिपट्टि पुग्यौँ। त्यहाँसम्मको बाटो प्रायः पिच नै थियो। त्यहाँ ‘दुप्चेश्वर महादेव ४.५ कि.मि.’ भनेर लेखिएकोले हाम्रो गन्तव्य टाढा नरहेको हामीलाई स्पष्ट भयो।

    त्यहाँबाट अझ उकालो लाग्ने क्रममा बाटो अलि अप्ठ्यारो हुँदै गएको महसुस भयो। अघिल्लो दिनतिर खाल्टाखुल्टीमा ग्राभेल भरिएको रहेछ, त्यसैले यात्रा केही सहज भयो। त्यसबीचमा एउटा निकै ठूलो पहिरो आएर केही दिनअगाडि सडक अवरुद्ध गरेको रहेछ। तर त्यसले यात्रालाई बाधा पुर्‍याएन। त्यहाँबाट अगाडि बढ्दै हामी रामती गाउँमा पुगेपछि दुप्चेश्वर महादेव मन्दिरको चहलपहल देखियो। त्यहाँबाट केही अगाडि बढेर हामी मुख्य सडक छोडेर बायाँ तादी खोलाको किनारतर्फ अगाडि बढ्यौँ। नदीको किनार पुग्नै लाग्दा त्यहाँ एउटा हाइड्रोपावरको ड्याम बनाउँदै गरेको देखियो। त्यसैको नजिक मोटरसाइकल पार्किङ गरी त्यहीँसँगै रहेको फूलपसलमा केही पूजा सामग्री खरिद गरी हामी मन्दिरतर्फ अगाडि बढ्यौँ।

    त्यहाँबाट तादी खोला (जसलाई सूर्यकुण्डबाट उत्पत्ति भई आएकी हुनाले सूर्यखोला पनि भनिँदो रहेछ) पार गर्न झोलुङ्गेपुल बनाइएको छ। झोलुङ्गेपुल हल्लिने हुँदा कतिपय तीर्थयात्रीलाई यात्रामा असहज महसुस भएको पनि पाइयो। त्यहाँबाट सिधै मन्दिर दर्शनका निम्ति पहराको फेदीमा पुग्यौँ। जुत्ताचप्पल र्‍याकमा राखेर धारामा हातगोडा धोई सिँढी हुँदै अगाडि बढ्यौँ। सिँढीमा दुवैतर्फ रेलिङ, माथितर्फ फाइबरको छाना, मन्दिर दर्शन गर्न जाने र फर्कने प्रयोजनका निम्ति छुट्टै मार्ग, असक्त र ज्येष्ठ नागरिकका निम्ति अलग मार्ग, निकै व्यवस्थित गरिएको महसुस भयो।

    करिब ४० मिटरजति भक्तजनहरू हामीभन्दा अगाडि मन्दिर दर्शनका निम्ति लाइनबद्ध थिए, हामी पनि लाइनमै प्रतीक्षामा बस्यौँ। गणेश अनि देवीको दर्शन गर्दै हाम्रो मूल गन्तव्य दुप्चेश्वर महादेवको समीप पुग्यौँ। आफूले लगेका सामग्रीले आफैँले पूजा गर्न पाइने, दूध, गङ्गाजल आदिमा कुनै रोकतोक लगाइएको रहेनछ। मैले पनि अन्य पूजा सामग्रीका अतिरिक्त दूध पनि लगेको थिएँ, भगवान्को शिरमा अभिषेक गराउन पाउँदा निकै आनन्दानुभूति भयो। दर्शन–पूजा सकिएपछि फर्कने क्रममा अलि अगाडि धुप–दीप बाल्ने स्थान रहेछ, बालेर भगवान्लाई अर्पण गरी ओरालो लाग्यौँ। अझ तल झर्दा त्यहाँ स्थापना गरिएका १२ ज्योतिर्लिङ्गसहितका शिवलिङ्ग दर्शन गरेर जुत्ताचप्पल कक्षमा आई आआफ्नो जुत्ताचप्पल लगाएर हातगोडा धोई झोलुङ्गेपुल हुँदै केही तस्बिर कैद गरी मोटरसाइकल पार्किङ गरिएको स्थानमा आयौँ। फर्कने क्रममा नागबेली नदी, हरिया फाँट, अग्ला पहाडका मनमोहक दृश्यावलोकन गर्दै बीचमा फलफूल र हल्का नास्ता गरी अपरान्ह ४ः०० बजे निवास आइपुग्यौँ।

    दुप्चेश्वर मन्दिरलाई ‘सानो पशुपति’ पनि भनिँदो रहेछ। भगवान् पशुपतिनाथ र यहाँको मन्दिरको उत्पत्तिको विषयमा एकै प्रकारको किंवदन्ती प्रचलित रहेको पाइयो। यो मन्दिर पनि गाईले पत्ता लगाएको मान्यता रहेछ। पौराणिक कथनअनुसार करिब चार सय वर्षअघि एक स्थानीय वासु तामाङको दुहुनो गाई गोठालोमा हराएपछि सपनामा उनलाई गाई रहेको स्थानबारे एक जोगीले जानकारी गराएका र त्यसपश्चात् गाउँलेहरू ठाडो पहरामा रहेको उक्त स्थानमा लठ्ठा चढी हेर्न जाँदा उक्त गाईले स्वउत्पत्ति भएका महादेवको मन्दिरमा आफ्नो चारवटै थुनबाट दूध चढाइरहेको भेटिएपछि ‘दुधेश्वर’ बाट अपभ्रंश हुँदै ‘दुप्चेश्वर’ नामकरण हुन गएको भनाइ छ। अर्को समानता के रहेछ भने यो मन्दिर पनि गौचरनको समीपमा रहेको पाइयो।

    दुप्चेश्वर गाउँपालिका वडा नं. ६ (साविक राउतेबेसी गाविस) मा अवस्थित यस महादेव मन्दिर पछिल्लो समय नुवाकोटको मात्रै नभई धादिङ, रसुवा, काठमाडौँ, गोर्खा लगायतका जिल्लाका भक्तजनहरूको प्रमुख गन्तव्यको रूपमा विकसित हुँदै गएको पाइयो। यहाँबाट गोसाइँकुण्ड जाने सबैभन्दा छोटो पदमार्ग भएकोले समेत यो मन्दिरमा भक्तजनको चहलपहल अझ बढेको हो।

    यो मन्दिर हिन्दू र बौद्ध धर्मावलम्बीहरूको समान आस्थाको केन्द्रको रूपमा लिइन्छ। अन्य शिवालयहरूमा जस्तै साउने सोमबार, बालाचतुर्दशी, शिवरात्री आदि पर्वहरूमा भक्तजनहरूको उल्लेख्य उपस्थिति हुने भए पनि धान्यपूर्णिमा (मार्ग शुक्ल पूर्णिमा) को अवसरमा यहाँ विशेष मेला लाग्ने गर्दछ। भक्तजनहरू आफ्नो मनोकामना पूरा हुने विश्वासका साथ यस महादेवको दर्शन गर्ने गर्दछन्। विशेष गरेर विवाह नभएकाहरूको विवाह हुने र सन्तान नभएकाहरूको सन्तान प्राप्ति हुने, नब्याएका गाईवस्तुको समेत दाम्लो लगेर चढाएमा ती गाईवस्तु ब्याउने विश्वासका साथ भक्तजनहरूले भाकल गर्ने गरेका र सो भाकल पूरा भएपछि यस मन्दिरप्रति अझ विश्वास बढेको स्थानीयहरूको भनाइ पाइयो ।

    Author

    • वेदान्त प्रेस
      वेदान्त प्रेस

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    वेदान्त प्रेस
    • Website

    Related Posts

    बालबालिकालाई हुर्काउने कला: ‘सकारात्मक अभिभावकत्व’ पुस्तक समीक्षा

    २ दिन अगाडि

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ महिना अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ३ महिना अगाडि
    Leave A Reply Cancel Reply

    Demo
    Don't Miss

    बालबालिकालाई हुर्काउने कला: ‘सकारात्मक अभिभावकत्व’ पुस्तक समीक्षा

    वेदान्त प्रेस२ दिन अगाडि

    कमला केसी ​दामोदर न्यौपाने पत्रकारिता र पुस्तकमार्फत बालबालिका, बालमनोविज्ञान, अभिभावक शिक्षा र शिक्षा प्रणालीका समस्याहरूमाथि…

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ महिना अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ३ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ४ महिना अगाडि
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo
    About Us
    About Us

    वेदान्त प्रेस – ज्ञान, अनुसन्धान र बौद्धिक विमर्शको मञ्च

    वेदान्त प्रेस एउटा अनलाइन प्रकाशन गृह र बौद्धिक मञ्च हो । हाम्रो मुख्य उद्देश्य नेपालको शैक्षिक, सांस्कृतिक, पुरातात्विक र प्राकृतिक सम्पदाका क्षेत्रमा गहन अनुसन्धान, विश्लेषण र खुला बहसलाई बढावा दिनु हो ।

    ‘वेदान्त’ शब्दले बोकेको ज्ञानको गहिराइ, सत्यको खोजी र अन्तर्निहित एकताको भावनालाई आत्मसात् गर्दै, हामी पूर्वीय ज्ञान परम्परालाई आधुनिक अनुसन्धान विधिहरूसाग जोडेर नयाँ आयामहरू पत्ता लगाउने प्रयत्नमा छौं ।

    Facebook X (Twitter) Pinterest YouTube WhatsApp
    Our Picks

    बालबालिकालाई हुर्काउने कला: ‘सकारात्मक अभिभावकत्व’ पुस्तक समीक्षा

    २ दिन अगाडि

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ महिना अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ३ महिना अगाडि
    Most Popular

    मोक्षको भ्रम र वास्तविक मार्ग: के हामी सही बाटोमा छौँ ?

    १२ महिना अगाडि5 Views

    निलकण्ठ धामः आध्यात्मिकताको नयाँ ज्योति

    १२ महिना अगाडि7 Views

    राष्ट्रिय विभूति अरनिकोको जन्मघर: इतिहास र संरक्षणको नयाँ पहल

    ७ महिना अगाडि8 Views
    © 2026 GoSA Desktop. Designed by GOSA.
    • Home

    Type above and press Enter to search. Press Esc to cancel.