Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ४ हप्ता अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    २ महिना अगाडि
    Facebook X (Twitter) Instagram
    Bedanta Press
    • होमपेज
    • समाज
    • अनुसन्धान
    • खोज
    • पुरातत्व
    • प्रकाशन
      • रिपोर्ट
      • लेख
    • बहस
      • प्रकृति
      • शिक्षा
      • समाज
      • संस्कृति
    • मल्टिमिडिया
    • रैथाने ज्ञान
    • सम्पदा
    Bedanta Press
    Home » अटिजम: एक विश्वव्यापी स्वास्थ्य संकट parenting podcast with Damodar Neupane
    मल्टिमिडिया

    अटिजम: एक विश्वव्यापी स्वास्थ्य संकट parenting podcast with Damodar Neupane

    दामोदर न्यौपानेदामोदर न्यौपाने९ महिना अगाडि2 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Follow Us
    Google News Flipboard Threads
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    ​किन डब्लुएचओले अटिजमलाई विश्वव्यापी स्वास्थ्य संकट भन्यो ?

    काठमाडौ, १६ भदौ ।

    ​विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अटिजमलाई विश्वव्यापी स्वास्थ्य संकट (Global Public Health Crisis) भनेको छ । यसका पछाडि केही प्रमुख कारणहरू छन्। यसका धेरै कारणहरू भए पनि यहाँ केही मुख्य कारणहरूलाई बुँदागत रुपमा प्रस्तुत गरिएको छ।

    ​ बढ्दो दर र व्यापकता

    ​पछिल्लो तथ्याङ्क अनुसार विश्वको १ देखि २ प्रतिशत जनसंख्यामा अटिजम देखिएको छ। सन् २००० मा हरेक १५० जना बालबालिकामध्ये एकमा अटिजम देखिन्थ्यो भने सन् २०२४ सम्म आइपुग्दा यो संख्या हरेक ३६ जनामा एक पुगेको छ। नेपालमा पनि जनगणना अनुसार ४,८८४ जनामा अटिजम देखिएको भए पनि डब्लुएचओको अनुमान अनुसार यो संख्या करिब ३ लाख हुन सक्छ।

    ​ सामाजिक र व्यवहारिक चुनौतीहरू

    ​अटिजम भएका व्यक्तिहरूलाई सामाजिक अन्तरक्रिया, सञ्चार र कल्पना शक्तिमा कठिनाइ हुन्छ। उनीहरू सामान्य शिक्षण विधिबाट सिक्न सक्दैनन्, परिवर्तन मन पराउँदैनन् र दैनिक जीवनमा प्रायः अरूको सहयोगमा निर्भर रहनुपर्छ।

    ​अदृश्यता र गलत पहिचान

    ​अटिजमका लक्षणहरू बाहिरबाट सजिलै नदेखिने हुँदा अभिभावक, शिक्षक र स्वास्थ्यकर्मीहरूले यसलाई चिन्न कठिन हुन्छ। धेरै बालबालिकालाई बौद्धिक अपाङ्गताको गलत पहिचान दिइन्छ, जसले गर्दा उनीहरू सही उपचार र सहयोगबाट वञ्चित हुन्छन्।

    ​प्रारम्भिक हस्तक्षेपको अभाव

    ​अटिजमका लक्षणहरू छ महिनादेखि नै देखिन थाले पनि धेरै अभिभावकले यसलाई बेवास्ता गर्छन्। तर प्रारम्भिक थेरापी र सही शिक्षा योजनाले अटिजम भएका बालबालिकाको अवस्थामा ८० देखि ९० प्रतिशतसम्म सुधार ल्याउन सक्छ।

    ​ नीति र संरचनाको अभाव

    ​धेरै देशमा अटिजमसँग सम्बन्धित स्पष्ट नीति, उपचार निर्देशिका र जनचेतना कार्यक्रमको अभाव छ। नेपालमा पनि अटिजमलाई लामो समयसम्म बौद्धिक अपाङ्गताभित्र राखिएको थियो र हालै मात्र यसको रोकथाम र हेरचाहका लागि निर्देशिका तयार पार्ने समिति गठन गरिएको छ।

    Author

    • दामोदर न्यौपाने

      न्यौपाने वेदान्त प्रेसका सम्पादक हुन् । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा संलग्न न्यौपानेका कर्मः सिकाइमा गहिरिएको खाडल, सम्पदा लडाइँ, स्कुल बेच्ने बालकसहित दर्जन बढी पुस्तक प्रकाशित छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    दामोदर न्यौपाने

    न्यौपाने वेदान्त प्रेसका सम्पादक हुन् । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा संलग्न न्यौपानेका कर्मः सिकाइमा गहिरिएको खाडल, सम्पदा लडाइँ, स्कुल बेच्ने बालकसहित दर्जन बढी पुस्तक प्रकाशित छन् ।

    Related Posts

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ४ हप्ता अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    २ महिना अगाडि
    Leave A Reply Cancel Reply

    Demo
    Don't Miss

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    वेदान्त प्रेस३ हप्ता अगाडि

    ​ समाजको ऐना मानिने पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव सँगाल्नुभएका र १९ वटाभन्दा बढी…

    जगदुल्लाको शैक्षिक उडान

    ४ हप्ता अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    २ महिना अगाडि

    विद्यालय ज्ञान आर्जन गर्ने स्थान मात्र होइन, अनुशासन, संस्कार र जीवन जिउने कला सिक्ने दोस्रो घर हो

    ३ महिना अगाडि
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo
    About Us
    About Us

    वेदान्त प्रेस – ज्ञान, अनुसन्धान र बौद्धिक विमर्शको मञ्च

    वेदान्त प्रेस एउटा अनलाइन प्रकाशन गृह र बौद्धिक मञ्च हो । हाम्रो मुख्य उद्देश्य नेपालको शैक्षिक, सांस्कृतिक, पुरातात्विक र प्राकृतिक सम्पदाका क्षेत्रमा गहन अनुसन्धान, विश्लेषण र खुला बहसलाई बढावा दिनु हो ।

    ‘वेदान्त’ शब्दले बोकेको ज्ञानको गहिराइ, सत्यको खोजी र अन्तर्निहित एकताको भावनालाई आत्मसात् गर्दै, हामी पूर्वीय ज्ञान परम्परालाई आधुनिक अनुसन्धान विधिहरूसाग जोडेर नयाँ आयामहरू पत्ता लगाउने प्रयत्नमा छौं ।

    Facebook X (Twitter) Pinterest YouTube WhatsApp
    Our Picks

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ४ हप्ता अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    २ महिना अगाडि
    Most Popular

    मोक्षको भ्रम र वास्तविक मार्ग: के हामी सही बाटोमा छौँ ?

    १० महिना अगाडि5 Views

    निलकण्ठ धामः आध्यात्मिकताको नयाँ ज्योति

    १० महिना अगाडि7 Views

    राष्ट्रिय विभूति अरनिकोको जन्मघर: इतिहास र संरक्षणको नयाँ पहल

    ५ महिना अगाडि8 Views
    © 2026 GoSA Desktop. Designed by GOSA.
    • Home

    Type above and press Enter to search. Press Esc to cancel.