Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ४ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    १ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ३ महिना अगाडि
    Facebook X (Twitter) Instagram
    Bedanta Press
    • होमपेज
    • समाज
    • अनुसन्धान
    • खोज
    • पुरातत्व
    • प्रकाशन
      • रिपोर्ट
      • लेख
    • बहस
      • प्रकृति
      • शिक्षा
      • समाज
      • संस्कृति
    • मल्टिमिडिया
    • रैथाने ज्ञान
    • सम्पदा
    Bedanta Press
    Home » माटोको सहर र राजाको दरबार
    मुख्य स्टोरी

    माटोको सहर र राजाको दरबार

    वेदान्त प्रेसवेदान्त प्रेस९ महिना अगाडि5 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Follow Us
    Google News Flipboard Threads
    Share
    Facebook Twitter LinkedIn Pinterest Email


    – विष्णु गिरि निश्चल

    मुक्तिनाथको स्पर्श गरेपछि हामीले मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिकामा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रममा भाग लियौँ। गाउँपालिकाका उपप्रमुख, वडा अध्यक्षहरू, कर्मचारीहरू र स्थानीय विद्यालयका गरी करिब ४० जनाको सहभागितामा भएको उक्त कार्यक्रममा मैले आफ्नो प्रस्तुति दिएँ। राकेस श्रीस र प्रदीप कँडेलले पनि प्रस्तुति दिनुभएको थियो भने हाम्रो हरेक कार्यलाई सफल बनाउन पछाडि बसेर होम थापाले लोभलाग्दो सक्रियता देखाउनुभएको थियो। यो कार्यक्रमको संयोजन गाउँपालिकामा कार्यरत मित्र राजन कँडेल र आशीष भण्डारीले गर्नुभएको थियो। कार्यक्रम सम्पन्न भएपछि हामीले सँगै खाना खायौँ र उपल्लो मुस्ताङको कोरला नाका जाने योजना बनायौँ ।

    गाउँपालिकाका साथीहरूसँग उपल्लो मुस्ताङको यात्रा तय गरियो। काठमाडौँबाट चार जनाले सुरु गरेको यात्रामा जोमसोमबाट तीन जना थप भई सात जनाको टोली बेलुका ५ बजेतिर उपल्लो मुस्ताङका लागि हिँड्यो। उपल्लो मुस्ताङ जानका लागि विदेशीलाई अनुमति लिनुपर्छ र त्यसबापत शुल्क पनि तिर्नुपर्छ, तर नेपालीलाई भने निःशुल्क यात्रा गर्न मिल्छ। यात्रामा सँगै रहनुभएका एक मित्र आशीष भण्डारीले कालीगण्डकी करिडोर (राष्ट्रिय गौरवको आयोजना) बन्ने तयारीमा रहेको जानकारी गराउनुभयो।


    प्रकृतिको अदभूत कला

    लोमान्थाङ हाम्रो लागि नितान्त नयाँ गन्तव्य थियो। भीर, पाखा, डाँडा, नदीनालाका दृश्य र परिदृश्यहरू हाम्रा लागि सबै नयाँ थिए। त्यसैले, सकेसम्म त्यहाँको मन र माटो छाम्दै, खोतल्दै यात्रालाई जीवन्त र परिपक्व बनाउनु थियो। काग खोला तरेपछि गाडी रोकियो। पहाडहरू खण्डहर र मरुभूमिजस्ता देखिन्थे। कालीगण्डकीपारि पश्चिम किनारमा दुईवटा पहाडको फेदीमा एउटा सानो, अति सुन्दर र हरियालीले ढाकिएको तिरी गाउँ अवस्थित थियो।

    तिरी गाउँमा खेती गरिएका गह्राहरू र विभिन्न पुस्ताका फलफूलका रूखहरूले भरिएका थिए। त्यसपछि हामी पहाडी मरुभूमिभित्र प्रकृतिले कुँदेका रङ्गीबिरङ्गी चित्रहरू खोज्न अगाडि बढ्यौँ। कालीगण्डकीले बगरमा बालुवा सुकाइरहेकी थिइन्। पहाड होचो हुँदै थिए। प्राकृतिक दृश्यहरू हरियालीविहीन भए पनि शब्दमा वर्णन गर्नै नसकिने गरी सुन्दर देखिन्थे। बादल पनि डाँडाको चुचुरोमा टाँसिएर हिउँजस्तै देखिन्थे। सीधा अगाडि बढ्दै थियौँ, एउटा पहाड इजिप्टको पिरामिडजस्तै सुन्दर आकृति र शैलीमा ठिङ्ग उभिएको दृश्यले मनै मोहित बनाइदियो।


    धार्मिक तथा सांस्कृतिक सौन्दर्य

    भीर, पाखा र पखेरामा बुच्का-बुच्की बोटबिरुवाहरू, ढुङ्गा र माटोबाहेक केही थिएन। पहाडहरूमा हावा र हल्का वर्षादले निरन्तर कुँदेका अलौकिक र अद्भुत चित्रकलाहरूभन्दा कम थिएनन् प्राकृतिक पहाडमा आफैँ कुँदिएका आकृतिहरू! हिन्दू भएर हेर्दा अनगिन्ती मन्दिर तथा मूर्तिहरूको आकृति देखिन्थे। हिन्दूहरूका लागि त्यहाँ हनुमान, राम, सीता, रावण भेटिन्थे भने बौद्ध बनेर हेर्दा प्रशस्त बुद्धका गुम्बा, छोर्तेन, माने, ध्वजापताका र झन्डाहरू देखिन्थे। जति अगाडि बढ्यो, त्यति नै जादुमयी पहाडी शृङ्खलाहरूले मन र आँखालाई एकटकले तानिरहेका थिए।

    छिनछिनमा मानिसको मन, सोचाइ र हेराइ बदल्ने दृश्य थिए। कतै सिंगो पहाड नै मन्दिर, गुम्बा, चर्च र मस्जिद बनेर सजिलैसँग मिलेर बसेका देखिन्थे। लाग्दथ्यो, प्रकृतिले त कुनै धर्म, जातजाति, लिङ्ग र वर्गबीच भेदभाव र विभेद गरेको छैन।


    लोमान्थाङको माटोको सहर र राजाको दरबार

    कहिले दोहोरी गाउँदै त कहिले रमाइलो कुराकानी गर्दै हाम्रो यात्रा अगाडि बढ्यो। मुस्ताङमै कार्यरत साथीहरू साथमा भएको र उहाँहरूले धेरै पटक उपल्लो मुस्ताङको यात्रा गरिसकेको हुनाले हामीलाई कुनै असहजता भएन। जुन ठाउँ पुग्यो, त्यहाँको वर्णन उहाँहरूले गरिहाल्नुहुन्थ्यो। मित्र आशीष भण्डारीले दिनुभएको जानकारीअनुसार उपल्लो मुस्ताङका बासिन्दाको मुख्य आम्दानी होटल व्यवसाय, पशुपालन र खेती नै रहेछ। उजाड पहाडमा पनि उवा, फापर फल्दो रहेछ।

    हामी भिडियो र फोटो खिच्दै स्वर्गको अनुभूति गर्दै छुसाङ पुग्यौँ, जुन कालीगण्डकी र नर्साङ खोलाको संगम पनि थियो। हामी घ्याकर, समर, भेना, साङ्बोचे, घिलिङ, जैते, घमी, चराङ हुँदै लोमान्थाङ पुग्यौँ।

    लोमान्थाङ एक अलौकिक सुन्दरता र फरक भौगोलिक विशेषता भएको विशाल उपत्यकाभित्र ठूलो पर्खालले घेरिएको माटोको सहर रहेछ। जहाँ कृषिकर्म, माने, गुम्बा, गुफा र दरबारजस्ता प्राचीन संस्कृतिले अड्डा जमाएका रहेछन्। यो विश्वसम्पदामा सूचीकृत विशेष संरक्षित क्षेत्र रहेछ। त्यसपछि हामी त्यहाँका पूर्वराजाको दरबार हेर्न गयौँ। उक्त दरबार चौधौँ शताब्दीमा तत्कालीन राजा आङ्देन साङ्बो विष्टको पालामा निर्माण गरिएको रहेछ। यो दरबारले करिब दुई रोपनी पाँच आना क्षेत्रफल ढाकेको रहेछ, जसमा पाँच तलामा गरी एक सय आठ कोठाहरू रहेछन्। अक्सिजनको कमीले श्वासप्रश्वासमा अप्ठ्यारो महसुस भयो।


    कोरला नाकाः नेपाल-चीन सीमाको अवस्था

    त्यहाँबाट कोरला नाका (नेपाल–चीन सीमा) तर्फ बिहान करिब ८ बजे प्रस्थान ग¥यौँ। लोमान्थाङबाट देब्रे र दाहिने गरी दुईवटा बाटो रहेछन्। हामी नेचुङ पुग्यौँ, जहाँ नेपालको भन्सार, क्वारेन्टाइन, सशस्त्र प्रहरी बल, नेपाल बी.ओ.पी.को कार्यालय स्थापना भएको रहेछ। त्यहाँबाट नाका पुग्न १४ किलोमिटर रहेछ।

    निरन्तरको यात्रापछि ४,६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन सीमामा पुग्यौँ। यो क्षेत्र निकै फराकिलो, समथर, सुन्दर र रमणीय थियो। हावाको बहाव निकै तेज थियो। मैदानको बीचमा नेपाल र चीनको सीमा क्षेत्र छुट्याउने नेपालतर्फको प्रतिनिधित्व गर्दै वि.सं. २०१९ मा निर्मित २४ नम्बरको एक्लो, सानो सीमास्तम्भ मात्र थियो। नेपालतर्फको दशगजा क्षेत्र खुल्ला छ भने चीनको क्षेत्र तारबारले घेरिएकोले प्रवेश बन्द गरिएको छ।

    चीनभित्र लोभलाग्दा पूर्वाधारहरू जस्तै सीमा सुरक्षा बल, भन्सार, अध्यागमन कार्यालय र कर्मचारी आवास भवनहरू थिए भने नेपालतर्फ खाली थियो। सुरक्षाका लागि दुई जना सशस्त्र प्रहरीबाहेक अरू केही देखिएन। नेपालतर्फ भने पूर्वाधार विकासको लागि सीमामा कुनै कामको छनक नै पाइएन। चीनले एक दिनमा एक जना मात्र जान पाउने र गाडी लैजान नदिने नियम बनाएको छ। हाल चीनबाट आयात मात्र भएको छ, नेपाली सामान निर्यात हुन सकेको छैन।


    छेसर गुफा र यात्राको सुखद अन्त्य

    फर्किने क्रममा हामी छेसर गुफा हेर्नका लागि नेचुङ कटेपछि देब्रेतिरको अर्को बाटो लाग्यौँ र केही समयमै छेसर गुफामा पुग्यौँ। गुफा त नितान्त फरक र कलात्मक प्रकृतिको रहेछ। गुफा पहाडभित्र खोपेर बनाइएको पाँच तलाको बलियो, अलौकिक, अद्भुत र विचित्रको थियो। पाँच तलाको गुफाको विशेषता भनेको भ¥याङबाहेक अन्य बनावट पूर्ण रूपमा पहाडकै भाग थियो। गेटमा घाम ताप्दै लमतन्न परेर सुतेका एक वृद्धले त्यस गुफाको रेखदेख गर्दा रहेछन्। हामी ७ जनाका लागि प्रतिव्यक्ति रु. १०० का दरले टिकट लियौँ।

    त्यहाँबाट हामी लोमान्थाङतिर लाग्यौँ। कालीगण्डकीले बगरमा बालुवा सुकाइरहेकी थिइन्। हामीले जोमसोमबाट आएका साथीहरूलाई जोमसोममै छोडेर म्याग्दीको तातोपानीमा बस्ने तयारीका साथ यात्रालाई निरन्तरता दियौँ। हामी साँझ ७ बजेतिर म्याग्दीको तातोपानी पुग्यौँ र गेस्ट हाउसमा बस्यौँ। त्यहाँ बेलुका तातोपानीमा डुबुल्की मार्यौँ।

    यात्राको क्रममा मोटरसाइकलमा दुई-दुई जना बसेर यात्रा गरियो, कतिपय ठाउँमा एक्लै। त्यति धेरै गाडी चल्दासमेत १० वर्षदेखि ९० वर्षसम्मका पर्यटकहरू पैदल हिँडिरहेका, लौरो र गाइडको सहारामा हिँडिरहेका देख्दा मन रोमाञ्चित भयो। फरक र मनमोहक दृश्य, जता फर्के पनि देखिने हिमाल, तालतलैया, हिमाली जीवनशैली, गुफा र गुम्बाहरू मुस्ताङका मुख्य आकर्षण हुन्।

    Author

    • वेदान्त प्रेस
      वेदान्त प्रेस

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    वेदान्त प्रेस
    • Website

    Related Posts

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ४ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    १ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ३ महिना अगाडि
    Leave A Reply Cancel Reply

    Demo
    Don't Miss

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    वेदान्त प्रेस४ हप्ता अगाडि

    ​ समाजको ऐना मानिने पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव सँगाल्नुभएका र १९ वटाभन्दा बढी…

    जगदुल्लाको शैक्षिक उडान

    १ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ३ महिना अगाडि

    विद्यालय ज्ञान आर्जन गर्ने स्थान मात्र होइन, अनुशासन, संस्कार र जीवन जिउने कला सिक्ने दोस्रो घर हो

    ४ महिना अगाडि
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo
    About Us
    About Us

    वेदान्त प्रेस – ज्ञान, अनुसन्धान र बौद्धिक विमर्शको मञ्च

    वेदान्त प्रेस एउटा अनलाइन प्रकाशन गृह र बौद्धिक मञ्च हो । हाम्रो मुख्य उद्देश्य नेपालको शैक्षिक, सांस्कृतिक, पुरातात्विक र प्राकृतिक सम्पदाका क्षेत्रमा गहन अनुसन्धान, विश्लेषण र खुला बहसलाई बढावा दिनु हो ।

    ‘वेदान्त’ शब्दले बोकेको ज्ञानको गहिराइ, सत्यको खोजी र अन्तर्निहित एकताको भावनालाई आत्मसात् गर्दै, हामी पूर्वीय ज्ञान परम्परालाई आधुनिक अनुसन्धान विधिहरूसाग जोडेर नयाँ आयामहरू पत्ता लगाउने प्रयत्नमा छौं ।

    Facebook X (Twitter) Pinterest YouTube WhatsApp
    Our Picks

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ४ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    १ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ३ महिना अगाडि
    Most Popular

    मोक्षको भ्रम र वास्तविक मार्ग: के हामी सही बाटोमा छौँ ?

    १० महिना अगाडि5 Views

    निलकण्ठ धामः आध्यात्मिकताको नयाँ ज्योति

    १० महिना अगाडि7 Views

    राष्ट्रिय विभूति अरनिकोको जन्मघर: इतिहास र संरक्षणको नयाँ पहल

    ५ महिना अगाडि8 Views
    © 2026 GoSA Desktop. Designed by GOSA.
    • Home

    Type above and press Enter to search. Press Esc to cancel.