Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ४ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    १ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ३ महिना अगाडि
    Facebook X (Twitter) Instagram
    Bedanta Press
    • होमपेज
    • समाज
    • अनुसन्धान
    • खोज
    • पुरातत्व
    • प्रकाशन
      • रिपोर्ट
      • लेख
    • बहस
      • प्रकृति
      • शिक्षा
      • समाज
      • संस्कृति
    • मल्टिमिडिया
    • रैथाने ज्ञान
    • सम्पदा
    Bedanta Press
    Home » ऋषिपञ्चमीः रजस्वलासँग मात्र जोडिएको पर्व होइन
    बहस

    ऋषिपञ्चमीः रजस्वलासँग मात्र जोडिएको पर्व होइन

    दामोदर न्यौपानेदामोदर न्यौपाने९ महिना अगाडि3 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Follow Us
    Google News Flipboard Threads
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं, १२ भदौ ।
    भाद्र शुक्ल पञ्चमी—नेपाली सनातन परम्पराको एक गहन पर्व । यो केवल महिलाको स्नान वा रजस्वलाको प्रायश्चित्त मात्र होइन, यो आत्मशुद्धि, वंशस्मृति, र आध्यात्मिक पुनर्जागरणको दिन हो । तर पछिल्लो समय, यस पर्वलाई रजोनिवृत्तिसँग मात्र जोडेर सीमित गर्न खोज्ने दृष्टिकोणहरू देखा परेका छन् । डा अरुणा उप्रेती, संचारकर्मी आरती चटौत लगायत सामाजिक अभियन्ताहरूले पञ्चमी पूजालाई महिनावारीसँग जोडेर आलोचना गरेपछि संस्कृतिविद्हरुले असहमति जनजाएका छन् । यो महिनाबारीसंग मात्र जोडिएको पर्व होइन भनेर बुझाउने प्रयास गरेका छन् ।
    संस्कृत भाषा र साहित्यका विज्ञ विष्णु पोखरेलले गहिरो र तथ्यपूर्ण जवाफ दिएका छन् । यसले यस पर्वको गूढता र सनातन चेतनालाई पुनः उजागर गरेको छ ।

    सप्तर्षि पूजनः आत्मपूजा र देहशोधन


    विष्णु पोखरेलका अनुसार, ऋषिपञ्चमी भनेको केवल रजस्वलाको प्रायश्चित्त होइन। यो आत्म वा देहशोधनका लागि वंशोक्त ऋषिहरूको पूजा हो—जहाँ कायिक, वाचिक, मानसिक कर्मद्वारा गरिएका ज्ञाताज्ञात कर्मको प्रायश्चित्त गरिन्छ ।

    विशेषतः पुरुषहरूले नित्यकर्ममा पितृकार्यका माध्यमबाट देव–मनुष्य–पितृऋणबाट मुक्त हुन जनैपूर्णिमाका दिन सप्तर्षिहरूको पूजा गर्दै वर्षभरिका कृत्याकृत्य कर्मको प्रायश्चित्त गर्दछन्।

    वंशानुगत परम्परामा आएका कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र ऋषिपत्नी अरुन्धतीको पूजा गर्दै प्रवरगणका आङ्गिरस, बार्हस्पत्य, भार्गव, वाशिष्ठ, मैत्रेय, अर्चनानस, श्यावाश्व आदि बहुसङ्ख्यक ऋषिहरूका साथ आफ्नो पिता–पितामह–प्रपितामह–बृद्धप्रपितामह–अतिबृद्धप्रपितामह हुँदै ब्रह्माजीसम्म कर्मको सम्बन्ध जोडिन्छ ।

    यो पर्व विगतका कर्मको प्रायश्चित्त र आगामी वर्षका लागि पवित्र सोच र आध्यात्मिक शक्तिको पुनर्जागरण हो।

    तीज र सप्तर्षि पूजनः नारी चेतनाको समर्पण


    तीजको दिन विवाहिताले पतिको दीर्घायु र अविवाहिताले असल वरको कामनाका साथै परिवारको सर्वाभ्युदयको लागि व्रत बसी पर्वको अन्तिम दिनमा सप्तर्षिहरूको पूजा गर्दछन्। यो पूजा केवल धार्मिक कर्म होइन—यो नारीको आत्मबल, श्रद्धा, र परिवारप्रतिको समर्पणको प्रतीक हो ।

    शब्दशक्ति र प्रायश्चित्तः ब्रह्मको संज्ञा
    शब्दलाई ब्रह्मको संज्ञा दिइएको छ। मन्त्र र शब्दको गलत उच्चारण र प्रयोग गर्नाले शब्दशक्तिमा क्षय हुन पुग्दछ । त्यसो नहोस् भन्नका लागि प्रायश्चित्त गर्नुपर्ने विधान छ।

    कण्ठ–दन्त्य–ओष्ठ–नासिकानुनासिक–स्थान–ह्रस्व–दीर्घ–प्लुतादि संज्ञक वर्णोच्चारणमा आएको त्रुटी, वृथाभाषण, भक्ष्याभक्ष्य, गम्यागम्य, स्पर्शास्पर्श आदिको प्रायश्चित्त गर्ने पर्व हो। प्रस्तुत विषयहरू सदाचारसँग जोडिएकोले पुरुष र महिलाको लागि सबै पर्व बराबर मानिन्छन् । यहाँ विभेदको गन्ध कतै देखिंदैन।

    समकालीन बहसः रजस्वला र पुनर्पाठ
    डा अरूणा उप्रेतीले पञ्चमी पूजालाई रजोनिवृत्तिसँग जोडेर आलोचना गरेपछि, विष्णु पोखरेलले स्पष्ट रूपमा भने—“पञ्चमी केवल महिनावारीको प्रायश्चित्त होइन। यो आत्मशुद्धि, वंशस्मृति, शब्दशक्ति, र आध्यात्मिक चेतनाको समग्र उत्सव हो।”

    उनको भनाइमा, आधुनिक पात्रहरूले अज्ञानतावश पञ्चमीलाई रजस्वलासँग मात्र जोडेर तोडमोड गर्दै बोल्ने हो भने यस्ता बोलक्कडहरूलाई भन्नु केही छैन। दृश्य तथा लेख्य समाचारमा अभिव्यक्तिदिने व्यक्तिलाई पर्वको अन्तर्य र गूढ रहस्यको बारेमा जानकारी हुनु आवश्यक छ। तर ज्ञान छैन भने नबोल्नु नै ठीक हुन्छ।

    वेदान्त दृष्टिकोणः श्रद्धा र विवेकको समन्वय
    वेदान्त प्रेसको दृष्टिकोण स्पष्ट छ—परम्परा केवल पूजाको विधि होइन, चेतनाको अभ्यास हो । परिवर्तन केवल विरोध होइन, पुनर्पाठको निम्तो हो ।

    ऋषिपञ्चमीलाई नारी सशक्तिकरण, पुरुषको आत्मशोधन, वंशको स्मृति, र शब्दको शक्ति सँग जोडेर हेर्न सकिन्छ । यस पर्वमा विभेद होइन, समर्पण छ । आत्मग्लानी होइन, आत्मगौरव छ।

    ऋषिपञ्चमी भनेको आत्मचेतनाको दीप जलाउने दिन हो—जहाँ शरीर, वाणी, र मनले एकैसाथ क्षमा माग्छन्, श्रद्धा गर्छन्, र पुनः सुरु गर्छन् । रजस्वला महिलाको शरीरसग जोडिएको विषय हो । यो पाप होइन, प्राकृतिक देन हो । महिनावारीसग जोडिएका अवैज्ञानिक मान्यता समय अनुसार परिवर्तन हुनै पर्छ । तर ऋषि पञ्चमी भनेको महिनावारीको पाप पखाल्ने पर्व नभइ आत्न्म शुद्धिको पर्व हो । हरेक पर्व कसरी मान्ने ब्यक्तिको स्वतन्त्रताको कुरा । पर्व मान्न पनि पाइयो । नमान्न पनि पाइयो । केही नराम्रा पक्ष छन भने त्यसलाई सच्याउनु पनि पर्छ । सच्याउन बहस पनि चलाउनु पर्छ । तर बहस अर्ध ज्ञानका आधारमा हैन, पूर्ण ज्ञानका आधारमा हुनु पर्छ । त्यही अनुसार ग्रहण गरियो भने हाम्रो यो महान् चाडको गरिमा झनै बढ्नेछ ।

    Author

    • दामोदर न्यौपाने

      न्यौपाने वेदान्त प्रेसका सम्पादक हुन् । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा संलग्न न्यौपानेका कर्मः सिकाइमा गहिरिएको खाडल, सम्पदा लडाइँ, स्कुल बेच्ने बालकसहित दर्जन बढी पुस्तक प्रकाशित छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    दामोदर न्यौपाने

    न्यौपाने वेदान्त प्रेसका सम्पादक हुन् । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा संलग्न न्यौपानेका कर्मः सिकाइमा गहिरिएको खाडल, सम्पदा लडाइँ, स्कुल बेच्ने बालकसहित दर्जन बढी पुस्तक प्रकाशित छन् ।

    Related Posts

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ४ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    १ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ३ महिना अगाडि
    Leave A Reply Cancel Reply

    Demo
    Don't Miss

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    वेदान्त प्रेस४ हप्ता अगाडि

    ​ समाजको ऐना मानिने पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव सँगाल्नुभएका र १९ वटाभन्दा बढी…

    जगदुल्लाको शैक्षिक उडान

    १ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ३ महिना अगाडि

    विद्यालय ज्ञान आर्जन गर्ने स्थान मात्र होइन, अनुशासन, संस्कार र जीवन जिउने कला सिक्ने दोस्रो घर हो

    ४ महिना अगाडि
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo
    About Us
    About Us

    वेदान्त प्रेस – ज्ञान, अनुसन्धान र बौद्धिक विमर्शको मञ्च

    वेदान्त प्रेस एउटा अनलाइन प्रकाशन गृह र बौद्धिक मञ्च हो । हाम्रो मुख्य उद्देश्य नेपालको शैक्षिक, सांस्कृतिक, पुरातात्विक र प्राकृतिक सम्पदाका क्षेत्रमा गहन अनुसन्धान, विश्लेषण र खुला बहसलाई बढावा दिनु हो ।

    ‘वेदान्त’ शब्दले बोकेको ज्ञानको गहिराइ, सत्यको खोजी र अन्तर्निहित एकताको भावनालाई आत्मसात् गर्दै, हामी पूर्वीय ज्ञान परम्परालाई आधुनिक अनुसन्धान विधिहरूसाग जोडेर नयाँ आयामहरू पत्ता लगाउने प्रयत्नमा छौं ।

    Facebook X (Twitter) Pinterest YouTube WhatsApp
    Our Picks

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ४ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    १ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ३ महिना अगाडि
    Most Popular

    मोक्षको भ्रम र वास्तविक मार्ग: के हामी सही बाटोमा छौँ ?

    १० महिना अगाडि5 Views

    निलकण्ठ धामः आध्यात्मिकताको नयाँ ज्योति

    १० महिना अगाडि7 Views

    राष्ट्रिय विभूति अरनिकोको जन्मघर: इतिहास र संरक्षणको नयाँ पहल

    ५ महिना अगाडि8 Views
    © 2026 GoSA Desktop. Designed by GOSA.
    • Home

    Type above and press Enter to search. Press Esc to cancel.