Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालबालिकालाई हुर्काउने कला: ‘सकारात्मक अभिभावकत्व’ पुस्तक समीक्षा

    १५ घण्टा अगाडि

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ महिना अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ३ महिना अगाडि
    Facebook X (Twitter) Instagram
    Bedanta Press
    • होमपेज
    • समाज
    • अनुसन्धान
    • खोज
    • पुरातत्व
    • प्रकाशन
      • रिपोर्ट
      • लेख
    • बहस
      • प्रकृति
      • शिक्षा
      • समाज
      • संस्कृति
    • मल्टिमिडिया
    • रैथाने ज्ञान
    • सम्पदा
    Bedanta Press
    Home » रुद्रगाडेश्वरको पुरानो रूख: दुर्घटनाको पर्खाइमा
    मुख्य स्टोरी

    रुद्रगाडेश्वरको पुरानो रूख: दुर्घटनाको पर्खाइमा

    वेदान्त प्रेसवेदान्त प्रेस११ महिना अगाडि2 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Follow Us
    Google News Flipboard Threads
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    ​काठमाडौं , ११ भदौ ।

    पाशुपत क्षेत्रभित्रको रुद्रगाडेश्वर महादेवको मन्दिर छेउमा एउटा पुरानो रूख छ, जुन करिब ४-५ वर्षदेखि चिरिएर भाँचिने अवस्थामा पुगेको छ। भुइँबाट करिब ६-७ मिटरको उचाइमा रूखको मुख्य हाँगा नै चर्किएको छ र जुनसुकै बेला पनि ढल्न सक्ने अवस्थामा रहेको देखिन्छ। यसरी जोखिम बढे पनि रूखलाई हटाउन वा व्यवस्थापन गर्न पशुपति क्षेत्र विकास कोषले कुनै कदम चालेको छैन।

    ​उल्टो, कोषले यही जोखिमपूर्ण स्थानलाई यज्ञ, अनुष्ठान र अन्य धार्मिक कार्यका लागि लामो समयसम्म भाडामा दिएको छ। रूखको ठिकमुनि यस्ता धार्मिक गतिविधिहरू भइरहँदा, सुरक्षाको सवाल गम्भीर बनेको छ।

    ​यस विषयमा प्रश्न उठ्दा कोषले आफ्नो जिम्मेवारीबाट पन्छिनका लागि केही उपायहरू अपनाएको देखिन्छ । उदाहरणका लागि, ‘यहाँ यज्ञ अनुष्ठान गर्न आउने मान्छेहरू नआउनुहोस्’ भनी गेटमा सूचना टाँस्ने गरेको छ।

    ​तर, यस्ता सूचनाहरूले मात्रै सम्भावित दुर्घटनाबाट जोगिन सकिँदैन । यदि रूख ढलेर कुनै अप्रिय घटना भइहालेमा, यस्तो पत्रले कोषलाई कानुनी वा नैतिक दायित्वबाट मुक्त गर्न सक्दैन। सुरक्षाको जिम्मेवारी कसले लिने भन्ने प्रश्न ज्युँका त्युँ छ।

    ​स्थानीय्वासी र भक्तजनले प्रकारको जोखिमपूर्ण रूखलाई छिटोभन्दा छिटो वैज्ञानिक तरिकाले व्यवस्थापन गर्नुपर्छ। यसको समाधान रूखलाई पूरै हटाउने वा त्यसलाई सुरक्षित तरिकाले छँटनी गर्ने हुन सक्छ। तर, कोषको ढिलासुस्ती र बेवास्ताले गर्दा यो स्थान अहिले ‘दुर्घटनाको पर्खाइमा’ रहेको जस्तो देखिएको छ। धार्मिक स्थलमा आउने भक्तजन र यज्ञ आयोजना गर्ने व्यक्तिहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठिरहेको छ।

    ​के पशुपति क्षेत्र विकास कोषले कुनै ठूलो दुर्घटना नभएसम्म यो विषयलाई बेवास्ता गरिरहने हो? स्थानीयवासी र भक्तजनहरूले यसको जवाफ खोजिरहेका छन्।

    कोषको सुचना पढ्नुहोस:

    Author

    • वेदान्त प्रेस
      वेदान्त प्रेस

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    वेदान्त प्रेस
    • Website

    Related Posts

    बालबालिकालाई हुर्काउने कला: ‘सकारात्मक अभिभावकत्व’ पुस्तक समीक्षा

    १५ घण्टा अगाडि

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ महिना अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ३ महिना अगाडि
    Leave A Reply Cancel Reply

    Demo
    Don't Miss

    बालबालिकालाई हुर्काउने कला: ‘सकारात्मक अभिभावकत्व’ पुस्तक समीक्षा

    वेदान्त प्रेस१५ घण्टा अगाडि

    कमला केसी ​दामोदर न्यौपाने पत्रकारिता र पुस्तकमार्फत बालबालिका, बालमनोविज्ञान, अभिभावक शिक्षा र शिक्षा प्रणालीका समस्याहरूमाथि…

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ महिना अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ३ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ४ महिना अगाडि
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo
    About Us
    About Us

    वेदान्त प्रेस – ज्ञान, अनुसन्धान र बौद्धिक विमर्शको मञ्च

    वेदान्त प्रेस एउटा अनलाइन प्रकाशन गृह र बौद्धिक मञ्च हो । हाम्रो मुख्य उद्देश्य नेपालको शैक्षिक, सांस्कृतिक, पुरातात्विक र प्राकृतिक सम्पदाका क्षेत्रमा गहन अनुसन्धान, विश्लेषण र खुला बहसलाई बढावा दिनु हो ।

    ‘वेदान्त’ शब्दले बोकेको ज्ञानको गहिराइ, सत्यको खोजी र अन्तर्निहित एकताको भावनालाई आत्मसात् गर्दै, हामी पूर्वीय ज्ञान परम्परालाई आधुनिक अनुसन्धान विधिहरूसाग जोडेर नयाँ आयामहरू पत्ता लगाउने प्रयत्नमा छौं ।

    Facebook X (Twitter) Pinterest YouTube WhatsApp
    Our Picks

    बालबालिकालाई हुर्काउने कला: ‘सकारात्मक अभिभावकत्व’ पुस्तक समीक्षा

    १५ घण्टा अगाडि

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ महिना अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ३ महिना अगाडि
    Most Popular

    मोक्षको भ्रम र वास्तविक मार्ग: के हामी सही बाटोमा छौँ ?

    १२ महिना अगाडि5 Views

    निलकण्ठ धामः आध्यात्मिकताको नयाँ ज्योति

    १२ महिना अगाडि7 Views

    राष्ट्रिय विभूति अरनिकोको जन्मघर: इतिहास र संरक्षणको नयाँ पहल

    ७ महिना अगाडि8 Views
    © 2026 GoSA Desktop. Designed by GOSA.
    • Home

    Type above and press Enter to search. Press Esc to cancel.