Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ४ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    १ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ३ महिना अगाडि
    Facebook X (Twitter) Instagram
    Bedanta Press
    • होमपेज
    • समाज
    • अनुसन्धान
    • खोज
    • पुरातत्व
    • प्रकाशन
      • रिपोर्ट
      • लेख
    • बहस
      • प्रकृति
      • शिक्षा
      • समाज
      • संस्कृति
    • मल्टिमिडिया
    • रैथाने ज्ञान
    • सम्पदा
    Bedanta Press
    Home » अक्षराको रंगमन्चमा देशको स्वर
    मुख्य स्टोरी

    अक्षराको रंगमन्चमा देशको स्वर

    वेदान्त प्रेसवेदान्त प्रेस१० महिना अगाडि2 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Follow Us
    Google News Flipboard Threads
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं, भदौ ७ ।

    अक्षरा स्कुलको आयोजनामा तथा लालाबालाको सहकार्यमा काठमाडौंको पिङ्गलास्थानस्थित ‘स्टुडियो थिएटर’मा सम्पन्न दोस्रो राष्ट्रिय नाटक महोत्सवले बाल–अभिनयको उज्यालो फैलायो। पाँच दिनसम्म चलेको महोत्सवले देशभरका १७ विद्यालयका बाल–मनहरूलाई संवाद, अभिनय र सन्देशको रंगमञ्चमा उभ्यायो।

    कवि तथा अभिनेता विजय बरालको प्रमुख आतिथ्यमा उद्घाटन भएको महोत्सवको समापन शुक्रबार भयो। अन्तिम दिन लिटिल एन्जल्स स्कुलले ‘भिरमा फुलेका फूल’, पवन प्रकृति स्कुलले ‘पिता…??’, पिक प्वाइन्ट एजुकेसन नेटवर्कले ‘यशस्वी भवः’ र काठमाडौं प्रज्ञा कुञ्ज स्कुलले ‘समीर नाचेको दिन’ प्रस्तुत गरे।

    यसअघि भ्याली भ्यु स्कुलले ‘इच्छा भर्सेस समय’, ग्ल्याडस्टोन एकेडेमीले ‘गीता’, आकाशगंगा इन्टरनेसनल एकेडेमीले ‘बैमानी काल’, ग्लोबल पब्लिक स्कुलले ‘The Tale of Indra Jatra’, निस्ट स्कुलले ‘पार्वती’, कान्जिरोवा राष्ट्रिय माविले ‘दुःखी राजकुमारी’, हिमालयन ह्वाइट हाउस स्कुलले ‘The Greek Mythology OlymPiaganza’, टाइम्स इलिमेन्ट्री स्कुलले ‘दुःखी राजकुमारी’, रोजबड स्कुलले ‘परदेशको स्कुल’, क्रिएटिभ एकेडेमीले ‘सपनासँगको शून्यता’, द जोय हाउस कलेक्टिवले ‘द जोय माछाको रंगीन सपना’, काष्ठमण्डप विद्यालयले ‘The Internet is a Distract – Oh look, a kitten!’ र आयोजक अक्षरा स्कुलले ‘मोक्षको मार्ग’ मञ्चन गरेका थिए।

    अभिनयमा शिक्षा, संवादमा संस्कार

    समापन समारोहमा आयोजक अक्षरा स्कुलकी संस्थापक निर्देशक अन्जु भट्टराईले सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिन्। उनले साहित्य, संगीत, कला र संस्कृति मानव जीवनका अभिन्न अङ्ग भएको उल्लेख गर्दै विद्यालय तहमै अभिनयात्मक कला सिकाउनु आवश्यक भएको बताइन्।

    “साहित्य समाजको दर्पण हो, जसबाट बालबालिकाले सामाजिक मूल्य–मान्यता, संस्कार र संस्कृतिसहित जीवनका सम्पूर्ण पक्षको अध्ययन गर्न सक्छन्। नाटकजस्तो संवादात्मक र अभिनयात्मक प्रस्तुतिले सिकाइलाई सहज बनाउने भएकाले अभिनयलाई कक्षा कोठाभित्रै सिकाउन आवश्यक छ,” उनले भनिन्।

    ‘थिएटर इन एजुकेसन कार्यक्रम’ अन्तर्गत प्रस्तुत भएका नाटकहरू केवल अभिनय थिएनन्—यी त बालबालिकाको दृष्टिकोण, उनीहरूको प्रश्न, र कल्पनाको उज्यालो थिए। प्रत्येक नाटकले फरक कथा बोकेको थियो—कहीँ समयसँगको संघर्ष, कहीँ संस्कृतिको पुनरावलोकन, त कहीँ बाल–कल्पनाको रंगीन संसार।

    समापन कार्यक्रममा नेपाली चलचित्र निर्देशक तथा पटकथा लेखक प्रदीप भट्टराईसहित विभिन्न क्षेत्रका कलाकारहरूको उपस्थिति थियो। यसअघि पहिलो संस्करण लालाबालाले आयोजना गरेको थियो। यसपटक अक्षरा स्कुलले महोत्सवलाई शिक्षा, कला र संस्कृतिको संगम बनाउँदै, बाल–अभिनयलाई राष्ट्रिय स्तरमा उभ्याएको छ ।

    Author

    • वेदान्त प्रेस
      वेदान्त प्रेस

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    वेदान्त प्रेस
    • Website

    Related Posts

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ४ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    १ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ३ महिना अगाडि
    Leave A Reply Cancel Reply

    Demo
    Don't Miss

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    वेदान्त प्रेस४ हप्ता अगाडि

    ​ समाजको ऐना मानिने पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव सँगाल्नुभएका र १९ वटाभन्दा बढी…

    जगदुल्लाको शैक्षिक उडान

    १ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ३ महिना अगाडि

    विद्यालय ज्ञान आर्जन गर्ने स्थान मात्र होइन, अनुशासन, संस्कार र जीवन जिउने कला सिक्ने दोस्रो घर हो

    ४ महिना अगाडि
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo
    About Us
    About Us

    वेदान्त प्रेस – ज्ञान, अनुसन्धान र बौद्धिक विमर्शको मञ्च

    वेदान्त प्रेस एउटा अनलाइन प्रकाशन गृह र बौद्धिक मञ्च हो । हाम्रो मुख्य उद्देश्य नेपालको शैक्षिक, सांस्कृतिक, पुरातात्विक र प्राकृतिक सम्पदाका क्षेत्रमा गहन अनुसन्धान, विश्लेषण र खुला बहसलाई बढावा दिनु हो ।

    ‘वेदान्त’ शब्दले बोकेको ज्ञानको गहिराइ, सत्यको खोजी र अन्तर्निहित एकताको भावनालाई आत्मसात् गर्दै, हामी पूर्वीय ज्ञान परम्परालाई आधुनिक अनुसन्धान विधिहरूसाग जोडेर नयाँ आयामहरू पत्ता लगाउने प्रयत्नमा छौं ।

    Facebook X (Twitter) Pinterest YouTube WhatsApp
    Our Picks

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ४ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    १ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ३ महिना अगाडि
    Most Popular

    मोक्षको भ्रम र वास्तविक मार्ग: के हामी सही बाटोमा छौँ ?

    १० महिना अगाडि5 Views

    निलकण्ठ धामः आध्यात्मिकताको नयाँ ज्योति

    १० महिना अगाडि7 Views

    राष्ट्रिय विभूति अरनिकोको जन्मघर: इतिहास र संरक्षणको नयाँ पहल

    ५ महिना अगाडि8 Views
    © 2026 GoSA Desktop. Designed by GOSA.
    • Home

    Type above and press Enter to search. Press Esc to cancel.