Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ४ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    १ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ३ महिना अगाडि
    Facebook X (Twitter) Instagram
    Bedanta Press
    • होमपेज
    • समाज
    • अनुसन्धान
    • खोज
    • पुरातत्व
    • प्रकाशन
      • रिपोर्ट
      • लेख
    • बहस
      • प्रकृति
      • शिक्षा
      • समाज
      • संस्कृति
    • मल्टिमिडिया
    • रैथाने ज्ञान
    • सम्पदा
    Bedanta Press
    Home » अर्जुनधारामा महाभारतको झल्को
    पुरातत्व

    अर्जुनधारामा महाभारतको झल्को

    दामोदर न्यौपानेदामोदर न्यौपाने१० महिना अगाडि3 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Follow Us
    Google News Flipboard Threads
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    झापा, भदौ ६ गते ।

    झापाको अर्जुनधारा नगरपालिका–११ मा अवस्थित अर्जुनधारा धाम साधारण धार्मिक स्थल मात्र होइन, एक ऐतिहासिक, सांस्कृतिक र आस्थाको धरोहर हो । यसको नाम सुन्यो भने धेरैलाई महाभारतकालीन अर्जुनसँग जोडिएको कथा याद आउँछ । भनिन्छ, अर्जुनले यही स्थानमा आफ्नो धनुषबाट भुइँमा बाण प्रहार गर्दा यहाँको धर्तीबाट पवित्र पानीको धारा निस्कियो । यही ‘धारा’ पछि अर्जुनधारा धामको मूल पहिचान बन्यो ।

    पौराणिक कथा र आस्था

    स्थानीय बासिन्दा का यो धाम महाभारतकालीन घटनासँग गाँसिएको छ । युद्धकालीन यात्रामा अर्जुन प्यासले व्याकुल हुँदा, उनले भगवान् श्रीकृष्णको अनुमति लिएर यही स्थानमा बाण हानेका थिए । चमत्कारिक रूपमा धर्तीबाट पानीको मुल फुट्यो । त्यो जललाई श्रद्धालुहरूले गंगाजल सरह पवित्र मान्छन् ।

    के हो महाभारत ?

    महाभारतको युद्ध हस्तिनापुरको सिंहासनका लागि कौरव र पाण्डव बीच भएको थियो। यो युद्ध कुरुक्षेत्रको मैदानमा १८ दिन सम्म चलेको थियो। युद्धको मुख्य कारण धृतराष्ट्रका छोराहरू (कौरव) र पाण्डुका छोराहरू (पाण्डव) बीचको राज्यको अधिकारसम्बन्धी विवाद थियो। जुवाको खेलमा पाण्डवहरूले सबै गुमाएपछि र द्रौपदीको चीरहरण भएपछि युद्ध अनिवार्य बन्यो। यस युद्धमा पाण्डवहरूको पक्षमा भगवान् श्रीकृष्ण स्वयं सारथी बन्नुभएको थियो। उहाँले अर्जुनलाई दिनुभएको उपदेश नै श्रीमद्भगवद्गीता हो। युद्धमा लाखौँ योद्धाले ज्यान गुमाए र यो इतिहासको सबैभन्दा ठूलो र विनाशकारी युद्ध मानिन्छ। अन्तमा, धर्मको पक्षमा रहेका पाण्डवहरूको विजय भयो। यो युद्धले अधर्म र अन्यायको बाटोमा हिँड्नेको हार निश्चित हुने सन्देश दिएको छ। युद्धपछि पाण्डवहरूले हस्तिनापुरको शासनभार सम्हाले। ३६ बर्ष हस्तिनापुरको सत्ता सम्हालेपछि युधिष्ठिर बैकुण्ठ गएको कथा महाभारतमा पाइन्छ ।

    अर्जुन धाराको प्राकृतिक सौन्दर्य

    अर्जुनधारा धाम वरिपरिको वातावरण अत्यन्त हरियाली छ । विशाल रुखहरू, पंक्षीको चहक, र ठण्डा बतासले यहाँको आँगनलाई सधैं आनन्दमय बनाइराख्छ । बिहान–साँझ पूजा गर्नेहरूको भीड मात्र होइन, शान्त वातावरण खोज्ने यात्रु र पर्यटकको पनि पसल जस्तै धाम बनिसकेको छ । विशेष गरी बिहानको सुनौलो घाममा धामको छायाँ र धारा बग्ने आवाज मिल्दा मन नै शुद्ध भएको अनुभव हुन्छ ।

    धार्मिक र सांस्कृतिक महत्व

    अर्जुनधारा धाम हिन्दू धर्मावलम्बीहरूको लागि विशेष महत्व बोकेको स्थान हो । यहाँको पानीलाई तीर्थ सरह पवित्र मानिन्छ । विशेष गरी चाडपर्व, व्रतबन्ध, पितृकार्य र धार्मिक अनुष्ठानका बेला यहाँ भीड लाग्छ । झापा मात्र होइन, भारतका सीमावर्ती क्षेत्रका भक्तजन पनि यहाँ आउँछन् ।

    स्थानीय सरोकार र संरक्षण

    अर्जुनधारा धाम केवल धार्मिक स्थल नभई स्थानीय समाजको अभिमान हो । यहाँको व्यवस्थापन र संरक्षणमा नगरपालिका, स्थानीय संघसंस्था र स्वयंसेवकहरूको महत्वपूर्ण योगदान छ । तर बढ्दो शहरीकरण र पर्यटन चापका कारण यसको मौलिकता जोगाउने चुनौती पनि उत्तिकै छ । स्थानीय युवाहरूले धामलाई स्वच्छ, आकर्षक र व्यवस्थित बनाउन अभियान चलाइरहेका छन्, जुन उल्लेखनीय प्रयास हो ।

    आन्तरिक पर्यटनको गन्तव्य

    अर्जुनधारा धाम धार्मिक मात्र नभई आन्तरिक पर्यटनका लागि पनि उत्तिकै आकर्षणको केन्द्र बन्दैछ । यहाँ आउने जो कोहीलाई हरियाली वातावरण, धार्मिक सौन्दर्य र स्थानीय आतिथ्यले लोभ्याउँछ । छेउकै बजारमा स्थानीय उत्पादन, मिठा पकवान र झापाली संस्कृति अनुभव गर्न सकिन्छ ।

    अर्जुनधारा धाम आज केवल एउटा धार्मिक स्थल होइन, झापाली पहिचान, आस्था र संस्कृतिको धरोहर बनेको छ । यहाँको कथा, यहाँको धारा र यहाँको वातावरणले प्रत्येक आगन्तुकलाई श्रद्धा र शान्तिको अनुभूति दिलाउँछ । त्यसैले भन्न सकिन्छ, अर्जुनधारा धाम झापाको मात्र गौरव होइन, सम्पूर्ण नेपाली समाजको सांस्कृतिक सम्पदा हो ।

    Author

    • दामोदर न्यौपाने

      न्यौपाने वेदान्त प्रेसका सम्पादक हुन् । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा संलग्न न्यौपानेका कर्मः सिकाइमा गहिरिएको खाडल, सम्पदा लडाइँ, स्कुल बेच्ने बालकसहित दर्जन बढी पुस्तक प्रकाशित छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    दामोदर न्यौपाने

    न्यौपाने वेदान्त प्रेसका सम्पादक हुन् । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा संलग्न न्यौपानेका कर्मः सिकाइमा गहिरिएको खाडल, सम्पदा लडाइँ, स्कुल बेच्ने बालकसहित दर्जन बढी पुस्तक प्रकाशित छन् ।

    Related Posts

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ४ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    १ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ३ महिना अगाडि
    Leave A Reply Cancel Reply

    Demo
    Don't Miss

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    वेदान्त प्रेस४ हप्ता अगाडि

    ​ समाजको ऐना मानिने पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव सँगाल्नुभएका र १९ वटाभन्दा बढी…

    जगदुल्लाको शैक्षिक उडान

    १ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ३ महिना अगाडि

    विद्यालय ज्ञान आर्जन गर्ने स्थान मात्र होइन, अनुशासन, संस्कार र जीवन जिउने कला सिक्ने दोस्रो घर हो

    ४ महिना अगाडि
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo
    About Us
    About Us

    वेदान्त प्रेस – ज्ञान, अनुसन्धान र बौद्धिक विमर्शको मञ्च

    वेदान्त प्रेस एउटा अनलाइन प्रकाशन गृह र बौद्धिक मञ्च हो । हाम्रो मुख्य उद्देश्य नेपालको शैक्षिक, सांस्कृतिक, पुरातात्विक र प्राकृतिक सम्पदाका क्षेत्रमा गहन अनुसन्धान, विश्लेषण र खुला बहसलाई बढावा दिनु हो ।

    ‘वेदान्त’ शब्दले बोकेको ज्ञानको गहिराइ, सत्यको खोजी र अन्तर्निहित एकताको भावनालाई आत्मसात् गर्दै, हामी पूर्वीय ज्ञान परम्परालाई आधुनिक अनुसन्धान विधिहरूसाग जोडेर नयाँ आयामहरू पत्ता लगाउने प्रयत्नमा छौं ।

    Facebook X (Twitter) Pinterest YouTube WhatsApp
    Our Picks

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ४ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    १ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ३ महिना अगाडि
    Most Popular

    मोक्षको भ्रम र वास्तविक मार्ग: के हामी सही बाटोमा छौँ ?

    १० महिना अगाडि5 Views

    निलकण्ठ धामः आध्यात्मिकताको नयाँ ज्योति

    १० महिना अगाडि7 Views

    राष्ट्रिय विभूति अरनिकोको जन्मघर: इतिहास र संरक्षणको नयाँ पहल

    ५ महिना अगाडि8 Views
    © 2026 GoSA Desktop. Designed by GOSA.
    • Home

    Type above and press Enter to search. Press Esc to cancel.