वेदान्त भन्छ — जीवनको गहिराइ आत्मामा छ । विज्ञान भन्छ — सत्य तर्क र प्रमाणमा छ । फरक लागे पनि, दुवैले सोध्ने एउटै प्रश्न हो– हामी को हौं, र कसरी राम्रो जीवन जिउन सकिन्छ ?
वेदान्तले जीवनको गहिराइलाई आत्मामा खोज्छ भने विज्ञानले सत्यलाई तर्क र प्रमाणमा स्थापित गर्छ । आजको तीव्र गतिमा चलिरहेको जीवनमा मानिसहरू तनाव, भ्रम र असन्तुलनले घेरिएका छन् । यस्तो अवस्थामा, वेदान्त र विज्ञानले जीवनमा स्पष्टता, सन्तुलन र सही दिशा प्रदान गर्न सक्छन् । मुख्य चुनौती यी गहन ज्ञानलाई कसरी व्यवहारमा उतार्ने भन्ने हो ।
काठमाडौं, शंखमुलस्थित नेरीक एकेडेमीले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता आयोजना गरेको छ। यस प्रतियोगितामा उपत्यकाका २६ वटा विद्यालयले सहभागिता जनाएका थिए।
प्रतियोगितामा सहभागी समूहले पाँच मिनेटभित्र तीज विशेष गीतमा नृत्य प्रस्तुत गरेका थिए। प्रतियोगितामा गोल्डेन पिक स्कुलले प्रथम, कस्मिक इन्टरनेशनल एकेडेमीले द्वितीय र एआइए स्कुलले तृतीय स्थान हासिल गरेका छन्।
प्रथम हुनेलाई २० हजार रुपैयाँ, द्वितीयलाई १५ हजार र तृतीय हुनेलाई १० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरियो। यस्तै, दुई सान्त्वना पुरस्कार विजेताले जनही पाँच हजार रुपैयाँ र ट्रफी प्राप्त गरे भने उत्कृष्ट १० विद्यालयले ट्रफी र प्रमाणपत्र पाए।
कार्यक्रमकी प्रमुख अतिथि, नेकपा (एमाले) की उपाध्यक्ष तथा बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले यस्ता प्रतियोगिताले नेपाली संस्कृति र परम्पराको संरक्षणमा महत्त्वपूर्ण सहयोग पुर्याउने बताइन्।
नेरीक एकेडेमीका प्रिन्सिपल मलिन कँडेल क्षेत्रीले नेपाली संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
