Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालबालिकालाई हुर्काउने कला: ‘सकारात्मक अभिभावकत्व’ पुस्तक समीक्षा

    १४ घण्टा अगाडि

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ महिना अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ३ महिना अगाडि
    Facebook X (Twitter) Instagram
    Bedanta Press
    • होमपेज
    • समाज
    • अनुसन्धान
    • खोज
    • पुरातत्व
    • प्रकाशन
      • रिपोर्ट
      • लेख
    • बहस
      • प्रकृति
      • शिक्षा
      • समाज
      • संस्कृति
    • मल्टिमिडिया
    • रैथाने ज्ञान
    • सम्पदा
    Bedanta Press
    Home » दुधपोखरीमा नुहाउन गएका किशोर बेपत्ता
    अनुसन्धान

    दुधपोखरीमा नुहाउन गएका किशोर बेपत्ता

    adminadmin१२ महिना अगाडि2 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Follow Us
    Google News Flipboard Threads
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    लमजुङ, साउन २५ गते । लमजुङ, कास्की र मनाङको सिमानामा रहेको प्रसिद्ध तीर्थस्थल दुधपोखरीमा जनैपूर्णिमाको दिन नुहाउने क्रममा एक किशोर बेपत्ता भएका छन्। पाँच हजार तीनसय मिटर उचाइमा रहेको दुधपोखरीमा नुहाउन लाग्दा लमजुङको क्व्होलासोथार गाउँपालिका –४, भुजुङका १८ वर्षीय मनोज गुरुङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

    प्रहरी र स्थानीयका अनुसार गुरुङ शनिबार बिहान साथीसँग दुधपोखरी पुग्नुभएको थियो । जनैपूर्णिमामा नुहाउने जात्रामा सहभागी हुनुभएका उहाँ बिहान करिब ८ बजेतिर पोखरीको छेउबाट पौडी खेल्दै केही टाढा पुग्नुभएको र त्यसपछि हराएको उहाँका साथीहरूले बताएका छन्।

    उहाँसहित नौ जना साथीहरू शुक्रबार राति थुर्जुमा बास बसेर शनिबार बिहान पोखरीतर्फ गएका थिए। क्व्होलासोथार गाउँपालिकाकी उपाध्यक्ष गमीमाया गुरुङका अनुसार पौडी खेल्ने क्रममा गुरुङलाई उद्धार गर्ने प्रयास भए पनि सफल हुन नसकेपछि साथीहरूले नजिकैको टेलिफोन सिग्नल आउने स्थानमा पुगेर घटनाबारे जानकारी दिएका थिए।

    उपाध्यक्ष गुरुङले स्थानीयवासीको समूह आइतबार बिहानै घटनास्थलतर्फ हिँडेको र साँझसम्म थुर्जु पुगेर सोमबार बिहान पोखरी पुग्ने योजना रहेको बताउनुभयो ।

    जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) रेशम बोहराले घटनापछि प्रहरी निरीक्षक अभिषेक पाण्डेको नेतृत्वमा ९ जनाको संयुक्त टोली घटनास्थलतर्फ पठाइएको बताउनुभयो । उक्त टोलीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय सहयोगीहरू रहेका छन्। डिएसपी बोहराका अनुसार दूधपोखरी मानवबस्तीबाट करिब दुई दिनको पैदल दूरीमा पर्ने भएकाले उद्धार टोली सकेसम्म चाँडो घटनास्थल पुग्ने प्रयास भइरहेको छ।

    Author

    • admin
      admin

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    admin
    • Website

    Related Posts

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ महिना अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ३ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ४ महिना अगाडि
    Leave A Reply Cancel Reply

    Demo
    Don't Miss

    बालबालिकालाई हुर्काउने कला: ‘सकारात्मक अभिभावकत्व’ पुस्तक समीक्षा

    वेदान्त प्रेस१४ घण्टा अगाडि

    कमला केसी ​दामोदर न्यौपाने पत्रकारिता र पुस्तकमार्फत बालबालिका, बालमनोविज्ञान, अभिभावक शिक्षा र शिक्षा प्रणालीका समस्याहरूमाथि…

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ महिना अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ३ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ४ महिना अगाडि
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo
    About Us
    About Us

    वेदान्त प्रेस – ज्ञान, अनुसन्धान र बौद्धिक विमर्शको मञ्च

    वेदान्त प्रेस एउटा अनलाइन प्रकाशन गृह र बौद्धिक मञ्च हो । हाम्रो मुख्य उद्देश्य नेपालको शैक्षिक, सांस्कृतिक, पुरातात्विक र प्राकृतिक सम्पदाका क्षेत्रमा गहन अनुसन्धान, विश्लेषण र खुला बहसलाई बढावा दिनु हो ।

    ‘वेदान्त’ शब्दले बोकेको ज्ञानको गहिराइ, सत्यको खोजी र अन्तर्निहित एकताको भावनालाई आत्मसात् गर्दै, हामी पूर्वीय ज्ञान परम्परालाई आधुनिक अनुसन्धान विधिहरूसाग जोडेर नयाँ आयामहरू पत्ता लगाउने प्रयत्नमा छौं ।

    Facebook X (Twitter) Pinterest YouTube WhatsApp
    Our Picks

    बालबालिकालाई हुर्काउने कला: ‘सकारात्मक अभिभावकत्व’ पुस्तक समीक्षा

    १४ घण्टा अगाडि

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ महिना अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ३ महिना अगाडि
    Most Popular

    मोक्षको भ्रम र वास्तविक मार्ग: के हामी सही बाटोमा छौँ ?

    १२ महिना अगाडि5 Views

    निलकण्ठ धामः आध्यात्मिकताको नयाँ ज्योति

    १२ महिना अगाडि7 Views

    राष्ट्रिय विभूति अरनिकोको जन्मघर: इतिहास र संरक्षणको नयाँ पहल

    ७ महिना अगाडि8 Views
    © 2026 GoSA Desktop. Designed by GOSA.
    • Home

    Type above and press Enter to search. Press Esc to cancel.