
काठमाडौंको सिफल मैदानमा सम्पन्न राइजिङ स्टार बोइज टी–२० क्रिकेट टुर्नामेन्टमा देशभरका २६ टिमले सहभागिता जनाए। सहभागी टोलीहरूमा पोखरा, घोडाघोडी, जनकपुर, नेपालगञ्ज लगायतका शहरका टिमहरू रहेका थिए।

आज भएको फाइनल खेलमा वान डे क्रिकेट एकेडेमीले उत्कृष्ट प्रदर्शन गर्दै सिइसी एकेडेमीलाई पराजित गर्दै उपाधि हात पारेको छ। खेलमा बेस्ट बलर को उपाधी सार्थक भन्डारीले प्राप्त गरे ।
वान डे बी टिमका कप्तान हार्दिक न्यौपानेको नेतृत्वमा खेलिएको यस फाइनलमा विजयी टोलीले नगद ३०,००० रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।

यस जितसँगै वान डे एकेडेमीले आफ्नो क्रिकेट क्षमताको बलियो परिचय दिएको छ। प्रतियोगितामा देखिएको उत्साह र प्रतिस्पर्धाले नेपाली क्रिकेटको भविष्य उज्ज्वल रहेको संकेत गरेको छ ।
