Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालबालिकालाई हुर्काउने कला: ‘सकारात्मक अभिभावकत्व’ पुस्तक समीक्षा

    २ दिन अगाडि

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ महिना अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ३ महिना अगाडि
    Facebook X (Twitter) Instagram
    Bedanta Press
    • होमपेज
    • समाज
    • अनुसन्धान
    • खोज
    • पुरातत्व
    • प्रकाशन
      • रिपोर्ट
      • लेख
    • बहस
      • प्रकृति
      • शिक्षा
      • समाज
      • संस्कृति
    • मल्टिमिडिया
    • रैथाने ज्ञान
    • सम्पदा
    Bedanta Press
    Home » ‘चौथो अक्षरा एजुकेसन एक्स्पो’ सम्पन्न: विद्यार्थीले आफैँ लेखेका पुस्तकहरू मुख्य आकर्षण
    मुख्य स्टोरी

    ‘चौथो अक्षरा एजुकेसन एक्स्पो’ सम्पन्न: विद्यार्थीले आफैँ लेखेका पुस्तकहरू मुख्य आकर्षण

    वेदान्त प्रेसवेदान्त प्रेस६ महिना अगाडि2 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Follow Us
    Google News Flipboard Threads
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौँ, २४ माघ काठमाडौँको काँडाघारीस्थित अक्षरा स्कुलमा ‘एजुकेसन इन एभ्री स्टेप’ भन्ने मूल नाराका साथ ‘चौथो अक्षरा एजुकेसन एक्स्पो’ भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयले हरेक दुई वर्षमा आयोजना गर्ने यो बृहत् शैक्षिक प्रदर्शनीमा विद्यार्थीहरूले वर्षभरि सिकेका सीप र सिर्जनाहरू प्रस्तुत गरेका थिए।

    सिर्जनशीलता र ‘लेखक कार्यशाला’

    एक्स्पोको मुख्य आकर्षणको रूपमा रहेको ‘लेखक कार्यशाला’ मा कक्षा ८ र ९ का विद्यार्थीहरूले तयार पारेका पुस्तकहरू प्रदर्शन गरिएको थियो। विद्यार्थी महिम जोशीका अनुसार यो कार्यशालाको योजना शैक्षिक सत्रको सुरुदेखि नै बनाइएको थियो। “हामीजस्तै युवा लेखकहरूले पुस्तक वर्षको आरम्भदेखि नै लेख्न सुरु गरेका थियौँ। यहाँ अङ्ग्रेजी र नेपाली दुवै भाषाका पुस्तकहरू छन्,” जोशीले बताए।

    प्रदर्शनीमा हरर, थ्रिलर, र फ्यान्टासी फिक्सन जस्ता विभिन्न विधाका पुस्तकहरू राखिएका थिए। अर्का विद्यार्थी लक्ष्यजीत मल्लले हरेक विद्यार्थीले अनिवार्य रूपमा पुस्तक लेख्नुपर्ने जानकारी दिँदै भने, “यसले हाम्रो क्रिटिकल थिङ्किङ र क्रिएटिभिटीलाई लेखनको माध्यमबाट देखाउन मद्दत गर्छ।”

    विद्यार्थीको निरन्तर सिकाइको प्रतिफल: प्रिन्सिपल लोप्चन

    विद्यालयका प्रिन्सिपल मिलन लोप्चनले यस एक्स्पोलाई विद्यार्थीहरूको निरन्तर सिकाइको प्रतिफलका रूपमा अथ्र्याउनुभयो। उहाँका अनुसार यो प्रदर्शनीले विद्यार्थीहरूमा व्यवहारिक ज्ञान र नेतृत्व क्षमताको विकास गरेको छ। यो काम आजको मात्र नभएर वैशाखदेखि नै ‘ओभर द इयर’ विद्यार्थीहरूले पढ्दै र प्रोजेक्टमा काम गर्दै बिल्ड गरेको नतिजा भएको बताउनुभयो। उहाँले भन्नुभयो, “अघिल्लो वर्षको तुलनामा यसपालि बच्चाहरूले एकदमै इन्जोय गरिरहेका छन् र अडियन्सको क्वेस्चनिङ पनि एकदम धेरै इन्ट्रेस्टिङ छ।”

    उत्साहजनक सहभागिता र प्रतिक्रिया

    प्रदर्शनी अवलोकन गर्न बालकोटको वैदिक स्कुल लगायत विभिन्न विद्यालयका विद्यार्थी, अभिभावक र बाह्य आगन्तुकहरूको बाक्लो उपस्थिति थियो। अवलोकनकर्ता साथीहरूले पनि आफ्नो विद्यालयमा यस्तै ‘लेखक कार्यशाला’ सुरु गर्ने इच्छा व्यक्त गरेको विद्यार्थीहरूले सुनाए।

    अक्षरा स्कुलले हरेक दुई वर्षमा ‘एक्स्पो’ र हरेक वर्ष ‘लिटरेचर फेस्टिभल’ आयोजना गर्दै आएको छ, जसले विद्यार्थीहरूलाई आफ्नो सीप र शिक्षा प्रस्तुत गर्ने एउटा साझा मञ्च प्रदान गर्दै आएको छ।

    Author

    • वेदान्त प्रेस
      वेदान्त प्रेस

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    वेदान्त प्रेस
    • Website

    Related Posts

    बालबालिकालाई हुर्काउने कला: ‘सकारात्मक अभिभावकत्व’ पुस्तक समीक्षा

    २ दिन अगाडि

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ महिना अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ३ महिना अगाडि
    Leave A Reply Cancel Reply

    Demo
    Don't Miss

    बालबालिकालाई हुर्काउने कला: ‘सकारात्मक अभिभावकत्व’ पुस्तक समीक्षा

    वेदान्त प्रेस२ दिन अगाडि

    कमला केसी ​दामोदर न्यौपाने पत्रकारिता र पुस्तकमार्फत बालबालिका, बालमनोविज्ञान, अभिभावक शिक्षा र शिक्षा प्रणालीका समस्याहरूमाथि…

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ महिना अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ३ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ४ महिना अगाडि
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo
    About Us
    About Us

    वेदान्त प्रेस – ज्ञान, अनुसन्धान र बौद्धिक विमर्शको मञ्च

    वेदान्त प्रेस एउटा अनलाइन प्रकाशन गृह र बौद्धिक मञ्च हो । हाम्रो मुख्य उद्देश्य नेपालको शैक्षिक, सांस्कृतिक, पुरातात्विक र प्राकृतिक सम्पदाका क्षेत्रमा गहन अनुसन्धान, विश्लेषण र खुला बहसलाई बढावा दिनु हो ।

    ‘वेदान्त’ शब्दले बोकेको ज्ञानको गहिराइ, सत्यको खोजी र अन्तर्निहित एकताको भावनालाई आत्मसात् गर्दै, हामी पूर्वीय ज्ञान परम्परालाई आधुनिक अनुसन्धान विधिहरूसाग जोडेर नयाँ आयामहरू पत्ता लगाउने प्रयत्नमा छौं ।

    Facebook X (Twitter) Pinterest YouTube WhatsApp
    Our Picks

    बालबालिकालाई हुर्काउने कला: ‘सकारात्मक अभिभावकत्व’ पुस्तक समीक्षा

    २ दिन अगाडि

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ महिना अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ३ महिना अगाडि
    Most Popular

    मोक्षको भ्रम र वास्तविक मार्ग: के हामी सही बाटोमा छौँ ?

    १२ महिना अगाडि5 Views

    निलकण्ठ धामः आध्यात्मिकताको नयाँ ज्योति

    १२ महिना अगाडि7 Views

    राष्ट्रिय विभूति अरनिकोको जन्मघर: इतिहास र संरक्षणको नयाँ पहल

    ७ महिना अगाडि8 Views
    © 2026 GoSA Desktop. Designed by GOSA.
    • Home

    Type above and press Enter to search. Press Esc to cancel.