Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ४ हप्ता अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    २ महिना अगाडि
    Facebook X (Twitter) Instagram
    Bedanta Press
    • होमपेज
    • समाज
    • अनुसन्धान
    • खोज
    • पुरातत्व
    • प्रकाशन
      • रिपोर्ट
      • लेख
    • बहस
      • प्रकृति
      • शिक्षा
      • समाज
      • संस्कृति
    • मल्टिमिडिया
    • रैथाने ज्ञान
    • सम्पदा
    Bedanta Press
    Home » गौमाता, श्रीस्वस्थानी र स्वराज्य
    मुख्य स्टोरी

    गौमाता, श्रीस्वस्थानी र स्वराज्य

    वेदान्त प्रेसवेदान्त प्रेस४ महिना अगाडि3 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Follow Us
    Google News Flipboard Threads
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    केशवप्रसाद चौलागाईं


    त्वं माता सर्वदेवानां तब च यज्ञस्य कारणम्।
    त्वं तीर्थ सर्वतीर्थानां नमस्तेस्तु सदानघे।।
    हे पापरहिते! तपाई समस्त देवताहरुको जननी हुनुहुन्छ ,तपाई नै यज्ञको कारण हुनुहुन्छ ,तपाई समस्त तीर्थहरुको महातीर्थ हुनुहुन्छ ,तपाईलाई सदैव नमस्कार गर्दछौं भन्ने प्रार्थनाले गाइको महत्त्व बुझ्न सहज बन्दछ।सनातन हिन्दू धर्ममा गाइको पूजा आराधना विशेष रुपले हुनाका साथै आशिर्वचनहरुमा समेत प्रयोग हुदै आएको छ।
    नमो ब्रह्मण्यदेवाय गोब्राह्मणहिताय च।
    जगद्धिताय कृष्णाय गोविन्दाय नमो नमः।।
    नमो गोभ्यःश्रीमतीभ्य : सौरभेयीभ्य एव च।
    नमो ब्रह्मसुताभ्यश्च पवित्राभ्यो नमो नम: ।।
    प्रत्येक शुभकार्यमा ब्राह्मणहरु द्वारा प्रदान गरिने आशिर्वचनमा समेत गौ माताको उच्चारण हुने मन्त्र परम्पराले गौ संस्कृतिलाई जीवन्त बनाउदै आइरहेको छ।यिनै गौ माताको कृपा स्वरुप वहाको गोबरबाट उत्पन्न हुनु भएकी गोमा ब्राह्मणीको कथा श्रीस्वस्थानी कथामा पाइनुले गौ माता र श्रीस्वस्थानीको सम्बन्ध स्पष्ट हुन आउदछ।भगवान गणेशको आशिर्वाद बाट गोमा ब्राह्मणीका पिता शिवभट्ट ब्राह्मण ले सुनको लड्डु प्राप्त गरि नित्य स्नान गरे पश्चात् खुब दान दिन थाले।पुनः सन्तान प्राप्तिका लागि भगवान श्रीगणेशको साधना गरेर भगवान गणेशको दर्शन र आशिर्वाद प्राप्त गरि वहाको सल्लाह अनुरुप गौ माताको सेवा गरि वहाको गोबर बाट गोमा बाह्मणीको उत्पत्ति भएकोले गौमाताको पूजा आराधना श्रीस्वस्थानी स्थानमा पूण्यदायक रहेको छ।गाइको गोबर बाट उत्पत्ति भएकोले वहाको नाउँ गोमया बाट गोमा रहन गयो ।
    भगवान गणेशको आशिर्वादले शिवभट्ट ब्राह्मण गरिब बाट धनी बन्नुका साथै सन्तान पनि पाउन सफल हुनु भएको तथ्यले गणेशअथर्वशिर्ष पूजन तथा साधना फलदायी मानिन्छ ।ॐ नमस्ते गणपतये।त्वमेव प्रत्यक्षं तत्वमसि।त्वमेव केवलं कर्तासि।त्वमेव केवलं धर्तासि।त्वमेव केवलं हर्तासि।त्वमेव सर्वं खल्विदं ब्रह्मासि।तवं साक्षादात्मसि नित्यम्।।भन्दै प्रारम्भ गरिने गणेश अथर्वशिर्षको पूर्ण पाठ र हवन साधनाले भगवान गणेश प्रशन्न भइ धन र सन्तान प्राप्तिको मार्ग खुल्दछ।भगवान इन्द्र सहित देवताहरुको अनुरोध अनुरुप भगवान शिवले गोमा ब्राह्मणीलाइ श्राप दिइ दु:ख भोग्नुपरेको तथ्यलाइ हृदङ्गम गर्दै इन्द्र भगवानको प्रशन्नताका लागि पनि प्रार्थना गर्नु आबश्यक देखिन्छ ।ॐ यो वै रुद्रःस भगवान यश्चेन्द्रस्तस्मै वै नमो नमः।।अर्थात जो रुद्र हुनुहुन्छ ,वहानै भगवान हुनुहुन्छ र वहानै इन्द्र हुनुहुन्छ ,वहालाइ बारम्बार नमस्कार गर्दछु भन्ने शिवअथर्वशिर्षको मन्त्रले भगवान शिव र इन्द्रलाइ प्रसन्न बनाउन मद्दत पुग्दछ।साथै निम्न मन्त्रहरु द्वारा इन्द्रको स्तुतिले स्वराज्यको प्राप्ति समेत हुन जानेछ।
    इत्था हि सोम इन्मदे ब्रह्मा चकार वर्धनम्।
    शविष्ट वज्रिन्नोजसा पृथिव्या निः शशा अहिर्मचन्ननु स्वराज्यम्।
    हे वज्र धारण गर्ने शक्तिशाली इन्द्रदेव! ब्रह्मनिष्ठहरु द्वारा प्रदान गरिएका दिव्य गुणले सम्पन्न सोमरस पान गरेर तिमीले आफ्नो उत्साह बढायौ।आफ्नो सामर्यले देव समुदायको हानि गर्ने दुराचारीलाइ मारेर पृथ्वीबाट हटाइ दियौं भन्ने ऋगवेदको मन्त्रको भावार्थले इन्द्रको प्रशन्नताबाटै स्वराज्यको प्राप्ति सम्भव हुने स्पष्ट हुन आउछ ।इन्द्रको वाहन मानिने हात्तीले नवराज ब्राह्मणलाई माला लगाइ दिएर लावण्य देशको राजा बनाइ दिएको प्रसंगले हरिहरको आशिर्वाद इन्द्रको वाहन हात्ती मार्फत पुर्ण भएको देखिन्छ।आ यद् वामीय चक्षसा मित्र वयं च सुरय: ।”व्यचिष्ठे वहुपाय्ये यतेमही स्वराज्ये।” अर्थात विस्तृत र वहुमतद्वारा जस्को पालन हुन्छ त्यस्तो स्वराज्य शासनमा जनताको भलाइ का लागि लागि रहौ भन्ने ऋगवेदको भनाइले प्रजातन्त्र ,राष्ट्रियता र समावेशी सिद्धान्तलाई सम्बोधन गर्दै वर्तमान राजनीतिक अन्योलतालाई मार्गदर्शन गर्न सक्नेछ ।एवं प्रकार भगवान गणेशको साधना,गौमाताको आराधना तथा सेवा,भगवान हरिहरको स्तुति तथा श्रीस्वस्थानीको व्रत कथा श्रवणका प्रभावले नवराजले स्वराज्य प्राप्ति गरेको यश प्राचीन लावण्य देश स्थित शालिनदी पूण्यदायक रहेको छ।शालिनदी माथि पुर्व भागमा प्रारम्भ गरिएको गौ प्रार्थना तथा सेवा,यज्ञ हवन पूजन तथा स्वराज्य भागवत ले दैवी र मानविय प्रयास मार्फत सुशासन र समृद्धिको मार्गदर्शन गर्नेछ ।शान्ति र सुशासनका कानुनी अभ्यासलाई शास्त्रीय नैतिक महत्त्व प्रदान गर्दै विश्वसनीय बनाउनेछ।सृष्टि र शासकीय कथा समेटिएको श्रीस्वस्थानी कथा अमुर्त सम्पदाको रुपमा विश्वमा प्रभाव जमाउदै सौम्यशक्तिको रुपमा नेपाल भूमि लाई गौरव तुल्याउने प्रमुख केन्द्र बन्नेछ ।विद्वतवर्गको नियमित प्रवचन,भक्तिसंगीत तथा सत्संगले भक्तिका साथै ज्ञान पक्ष पनि सशक्त बन्दै जानेछ ।सृष्टि र शासनको अध्यन केन्द्र बन्नेछ ।सम्वाद,वविधता र विकास को सांस्कृतिक केन्द्र बन्नेछ ।युगवोध साहित्य ,कला र विज्ञान विकास संस्थाको सतप्रयास सबै क्षेत्रमा सार्थक बन्नेछ ।

    Author

    • वेदान्त प्रेस
      वेदान्त प्रेस

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    वेदान्त प्रेस
    • Website

    Related Posts

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ४ हप्ता अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    २ महिना अगाडि
    Leave A Reply Cancel Reply

    Demo
    Don't Miss

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    वेदान्त प्रेस३ हप्ता अगाडि

    ​ समाजको ऐना मानिने पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव सँगाल्नुभएका र १९ वटाभन्दा बढी…

    जगदुल्लाको शैक्षिक उडान

    ४ हप्ता अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    २ महिना अगाडि

    विद्यालय ज्ञान आर्जन गर्ने स्थान मात्र होइन, अनुशासन, संस्कार र जीवन जिउने कला सिक्ने दोस्रो घर हो

    ३ महिना अगाडि
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo
    About Us
    About Us

    वेदान्त प्रेस – ज्ञान, अनुसन्धान र बौद्धिक विमर्शको मञ्च

    वेदान्त प्रेस एउटा अनलाइन प्रकाशन गृह र बौद्धिक मञ्च हो । हाम्रो मुख्य उद्देश्य नेपालको शैक्षिक, सांस्कृतिक, पुरातात्विक र प्राकृतिक सम्पदाका क्षेत्रमा गहन अनुसन्धान, विश्लेषण र खुला बहसलाई बढावा दिनु हो ।

    ‘वेदान्त’ शब्दले बोकेको ज्ञानको गहिराइ, सत्यको खोजी र अन्तर्निहित एकताको भावनालाई आत्मसात् गर्दै, हामी पूर्वीय ज्ञान परम्परालाई आधुनिक अनुसन्धान विधिहरूसाग जोडेर नयाँ आयामहरू पत्ता लगाउने प्रयत्नमा छौं ।

    Facebook X (Twitter) Pinterest YouTube WhatsApp
    Our Picks

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ४ हप्ता अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    २ महिना अगाडि
    Most Popular

    मोक्षको भ्रम र वास्तविक मार्ग: के हामी सही बाटोमा छौँ ?

    १० महिना अगाडि5 Views

    निलकण्ठ धामः आध्यात्मिकताको नयाँ ज्योति

    १० महिना अगाडि7 Views

    राष्ट्रिय विभूति अरनिकोको जन्मघर: इतिहास र संरक्षणको नयाँ पहल

    ५ महिना अगाडि8 Views
    © 2026 GoSA Desktop. Designed by GOSA.
    • Home

    Type above and press Enter to search. Press Esc to cancel.