Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालबालिकालाई हुर्काउने कला: ‘सकारात्मक अभिभावकत्व’ पुस्तक समीक्षा

    ३ महिना अगाडि

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ६ महिना अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ६ महिना अगाडि
    Facebook X (Twitter) Instagram
    Bedanta Press
    • होमपेज
    • समाज
    • अनुसन्धान
    • खोज
    • पुरातत्व
    • प्रकाशन
      • रिपोर्ट
      • लेख
    • बहस
      • प्रकृति
      • शिक्षा
      • समाज
      • संस्कृति
    • मल्टिमिडिया
    • रैथाने ज्ञान
    • सम्पदा
    Bedanta Press
    Home » प्राधिकरणमा उर्जाशिल कर्मचारी संघ
    मुख्य स्टोरी

    प्राधिकरणमा उर्जाशिल कर्मचारी संघ

    वेदान्त प्रेसवेदान्त प्रेस१२ महिना अगाडि2 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Follow Us
    Google News Flipboard Threads
    श्रम कार्यालयमा संघ दर्ता भएपछि प्राधिकरणका कर्मचारी कार्यालय बाहिर जम्मा हुदै ।
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं, कात्तिक २५ ।

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण (ने.वि.प्रा.) मा कर्मचारीहरूको नयाँ सङ्गठन ‘नेपाल विद्युत् प्राधिकरण ऊर्जाशील कर्मचारी सङ्घ’ औपचारिक रूपमा दर्ता भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा रोजगार कार्यालय, टेकु–काठमाडौँले सङ्घलाई २०८२ कात्तिक २३ गते दर्ता प्रमाणपत्र सङ्ख्या ४०८३ जारी गरेको हो।

    ट्रेड युनियन ऐन, २०४९ (संशोधनसहित) को दफा ३ को उपदफा (३) र ट्रेड युनियन नियमावली, २०७१ को नियम ८ र १४ बमोजिम दर्ता गरिएको यो सङ्घले नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरूको हक-अधिकार र पेसागत हितको संरक्षण लाई आफ्नो प्राथमिक उद्देश्य बनाएको जनाएको छ।

    सङ्घले हालका लागि केन्द्रीय तदर्थ समिति २०८२ गठन गरेको छ। जसमा गजेन्द्र सिंह धापा र सरद धापा संस्थापक सल्लाहकारका रूपमा रहनुभएको छ भने इन्द्रप्रसाद न्यौपाने संयोजक र महेश्वर दत्त पन्त सह-संयोजक रहनुभएको छ। उक्त समितिमा विभिन्न विभाग, शाखा र प्रदेश कार्यालयहरूबाट प्रतिनिधित्व हुने गरी ४७ जना सदस्यहरू समावेश छन्।

    सङ्घका पदाधिकारीहरूले ऊर्जाशील कर्मचारी सङ्घ संस्थागत सुधार, सेवा-सुविधाको एकरूपता र समग्र कार्यक्षमता अभिवृद्धि मा योगदान पुर्‍याउने साझा मञ्च बन्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूले प्राधिकरणभित्र विद्यमान विविध कर्मचारी सङ्घ-संस्थाहरूसँग सहकार्य गर्दै सकारात्मक र पेसागत वातावरण निर्माणमा ध्यान केन्द्रित गर्ने बताएका छन्।

    नेपाल विद्युत् प्राधिकरणमा यसअघि पनि विभिन्न कर्मचारी सङ्गठनहरू क्रियाशील रहँदै आएका छन्। नयाँ दर्ता भएको ‘ऊर्जाशील कर्मचारी सङ्घ’ थप एक सङ्गठनको रूपमा संस्थाभित्र प्रवेश गरेको हो।

    Author

    • वेदान्त प्रेस
      वेदान्त प्रेस

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    वेदान्त प्रेस
    • Website

    Related Posts

    बालबालिकालाई हुर्काउने कला: ‘सकारात्मक अभिभावकत्व’ पुस्तक समीक्षा

    ३ महिना अगाडि

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ६ महिना अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ६ महिना अगाडि
    Leave A Reply Cancel Reply

    Demo
    Don't Miss

    बालबालिकालाई हुर्काउने कला: ‘सकारात्मक अभिभावकत्व’ पुस्तक समीक्षा

    वेदान्त प्रेस३ महिना अगाडि

    कमला केसी ​दामोदर न्यौपाने पत्रकारिता र पुस्तकमार्फत बालबालिका, बालमनोविज्ञान, अभिभावक शिक्षा र शिक्षा प्रणालीका समस्याहरूमाथि…

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ६ महिना अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ६ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ७ महिना अगाडि
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo
    About Us
    About Us

    वेदान्त प्रेस – ज्ञान, अनुसन्धान र बौद्धिक विमर्शको मञ्च

    वेदान्त प्रेस एउटा अनलाइन प्रकाशन गृह र बौद्धिक मञ्च हो । हाम्रो मुख्य उद्देश्य नेपालको शैक्षिक, सांस्कृतिक, पुरातात्विक र प्राकृतिक सम्पदाका क्षेत्रमा गहन अनुसन्धान, विश्लेषण र खुला बहसलाई बढावा दिनु हो ।

    ‘वेदान्त’ शब्दले बोकेको ज्ञानको गहिराइ, सत्यको खोजी र अन्तर्निहित एकताको भावनालाई आत्मसात् गर्दै, हामी पूर्वीय ज्ञान परम्परालाई आधुनिक अनुसन्धान विधिहरूसाग जोडेर नयाँ आयामहरू पत्ता लगाउने प्रयत्नमा छौं ।

    Facebook X (Twitter) Pinterest YouTube WhatsApp
    Our Picks

    बालबालिकालाई हुर्काउने कला: ‘सकारात्मक अभिभावकत्व’ पुस्तक समीक्षा

    ३ महिना अगाडि

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ६ महिना अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ६ महिना अगाडि
    Most Popular

    मोक्षको भ्रम र वास्तविक मार्ग: के हामी सही बाटोमा छौँ ?

    १ वर्ष अगाडि6 Views

    राष्ट्रिय विभूति अरनिकोको जन्मघर: इतिहास र संरक्षणको नयाँ पहल

    १० महिना अगाडि9 Views

    काठमाडौं डुबानको चुरो कुरो : विकास कि विनास ?

    १ वर्ष अगाडि10 Views
    © 2026 GoSA Desktop. Designed by GOSA.
    • Home

    Type above and press Enter to search. Press Esc to cancel.