पोखरा — स्टार्स स्टुडियोको नवौं स्थापना दिवस तथा स्टार्स फाउन्डेसनको छैटौं वार्षिकोत्सवको अवसरमा यही २०८२ असोज ७ गते आयोजित विशेष समारोहमा कविता प्रतियोगिता सम्पन्न भयो।
प्रतियोगितामा पर्वत, पैयुँकी शर्मिला कार्की “शरु” को कविता इन्द्रेणी सपना प्रथम घोषित भयो। सिन्धुपाल्चोकका सुन्दर श्रीस दोस्रो स्थानमा र धादिङ बेनीघाटका मोहन त्यागी तेस्रो स्थानमा पुरस्कृत भए।
प्रोत्साहन पुरस्कार पोखराकी अञ्जलि शाही ठकुरी र प्रभा मिलन तिमिल्सिनाले प्राप्त गरे। विजेताहरूलाई क्रमशः रु २०,०००, रु १०,००० र रु ५,००० नगदसहित प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरियो।
