काठमाडौं– वान डे क्रिकेट एकेडेमीका बालबालिका यु–१४ अन्तर्राष्ट्रिय त्रिकेट प्रतियोगितामा सहभागी हुन श्रीलंका प्रस्थान गरेका छन्। नेपाल, भारत, श्रीलंका लगायतका देशका खेलाडी सहभागी हुने यस प्रतियोगितामा नेपालबाट १५ सदस्यीय टिम श्रीलंका गएको हो । बालबालिकाको यो टोली प्रशिक्षक पुरुषोत्तम झाको संरक्षणकत्वमा श्रीलंका प्रस्थान गरेको हो । टिमको नेतृत्व कप्तान रिगेन बस्नेतले गर्नेछन् भने बलिग समूहको संयोजन फास्ट बलर हार्दिक न्यौपानेले सम्हाल्नेछन् ।हार्दिक न्यौपाने श्रीलंका जाने तयारीमा बिहानैदेखि जुटेका थिए । उनले बिहान पशुपतिनाथको दर्शन गरे, भ्लग बनाउने गोप्रो क्यामेरा हेलमेटमा फिट गरे, परिवारबाट टिका लगाए, दही खाए, अनि आफूले टिका लगाउनु पर्ने सदस्यलाई पनि टिका लगाइदिए । त्यसपछि सबैसाग विदा मागेर उनी वान डे क्रिकेट एकेडेमीतर्फ लागे । ‘मेरो खेल क्यारियरको शुरुवात भयो,’ हार्दिकले भने, ‘हामी देशमा असजिलो अवस्था भएको बेला खेल्न गएका छौं । यो बेला जितेर आयौं भने देशको नाम अझै माथि पुग्छ । देशको नाम राख्न हामीले मिहिनेत गरेका छौं ।’
एकेडेमीमा आफूहरूसागै जान लागेका १५ जना साथीहरू र अभिभावकलाई भेट भयो । प्रशिक्षक पुरुषोत्तम झाले सबैलाई अंगालो हालेर केही प्रतिवद्धता गराए । जाने बेला साना खेलाडीहरूले आˆना अभिभावकलाई गोडामा ढोगेर विदा भए । संस्कारको यो अनुपम उदाहरण देख्दा अभिभावकको आाखामा हर्षका आासु बगे ।
यस टोलीमा स्विकार खड्का विकेटकिपरको भूमिकामा रहनेछन् भने इन्चोन राउतले स्पिन बलिङको जिम्मेवारी सम्हाल्नेछन् । दुवै खेलाडीले विगतका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । ‘हामी उच्च मनोवलका साथ खेल्नेछौं,’ क्याप्टेन रिगेन बस्नेतले भने, ‘हामी जिन्छौं भन्नेमा विश्वस्त छौं ।’ श्रीलंकामा हुने यो प्रतियोगिता जितेमा आगामी वर्ष बेलायतमा आयोजना हुने यु–१४ प्रतियोगितामा सहभागी हुने अवसर मिल्नेछ।


यी साना खेलाडीहरूले जुन समर्पण, संस्कार र आत्मविश्वासका साथ अन्तर्राष्ट्रिय मैदानमा पाइला चालेका छन्, त्यो सम्पूर्ण राष्ट्रका लागि गर्वको विषय हो। खेल मात्र प्रतिस्पर्धा होइन, यो अनुशासन, सम्मान र आत्मविकासको यात्रा हो। जब बालबालिकाले संस्कार र साहसलाई साथमा लिएर लक्ष्यतर्फ पाइला चाल्छन्, तब राष्ट्रको भविष्य उज्यालो हुन्छ । यही उज्यालो भविष्यको पहिलो किरण बनेर वान डे क्रिकेट एकेडेमीका यी साना खेलाडीहरू श्रीलंकातर्फ अघि बढेका छन् । श्रीलंकातर्फ उडेको यो टिम केवल खेलाडीहरूको समूह होइन—यो सपना, संस्कार र सम्भावनाको उडान हो ।