Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ४ हप्ता अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    २ महिना अगाडि
    Facebook X (Twitter) Instagram
    Bedanta Press
    • होमपेज
    • समाज
    • अनुसन्धान
    • खोज
    • पुरातत्व
    • प्रकाशन
      • रिपोर्ट
      • लेख
    • बहस
      • प्रकृति
      • शिक्षा
      • समाज
      • संस्कृति
    • मल्टिमिडिया
    • रैथाने ज्ञान
    • सम्पदा
    Bedanta Press
    Home » आत्मविश्वासका साथ खेल्न श्रीलंका जाँदैछौ
    मुख्य स्टोरी

    आत्मविश्वासका साथ खेल्न श्रीलंका जाँदैछौ

    बाल आवाज
    वेदान्त प्रेसवेदान्त प्रेस९ महिना अगाडि2 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Follow Us
    Google News Flipboard Threads
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    ​

    ​स्वीकार खड्का

    ​नमस्कार, म स्वीकार खड्का। म कक्षा सातमा पढ्छु। म वान डे क्रिकेट एकेडेमीमा क्रिकेट सिक्दै छु। अहिले म एकदमै खुसी छु। हाम्रो टिम वर्ल्ड जुनियर प्रिमियर इन्टरनेसनल लिगका लागि श्रीलंका जाँदै छ। यो जुनियरको वर्ल्ड कप जस्तै हो, अन्डर-१४ का लागि।

    ​हामीले श्रीलंकामा चारवटा खेल जित्यौँ भने युकेमा हुने क्वालिफायरको लागि जान पाउँछौँ। त्यसैले हामीले धेरै मेहनत गरेका छौँ। हामी बिहान-बिहान उठेर दुई घण्टा अभ्यास गर्छौं। एकेडेमीमा गएर म्याच खेल्छौँ, ड्रिल्स र नेटिङ गर्छौँ। यहाँ हामीलाई ड्युजबलले खेल्न सिकाउनुभएको छ। ब्याटिङ, बलिङ, किपिङ र फिल्डिङ सबैको अभ्यास हुन्छ।

    ​हामी १५ जनाको टिम छौँ। अक्षराबाट ६ जना, मातृभूमिबाट ४ जना, र एकेडेमीबाट ५ जना खेलाडी। हामीसँग दुई जना कोच पनि हुनुहुन्छ। हामी भदौ ३१ गते श्रीलंका जाँदै छौँ।

    ​हाम्रो टिम एकदमै राम्रो छ। हाम्रो टिममा ब्याटर, बलर, र अलराउन्डर सबै छन्। ओपनिङ, मिडल अर्डर र फिनिसर पनि एकदमै राम्रा छन्। पुरुषोत्तम सरले हामीलाई सधैँ सकारात्मक भएर खेल्नुपर्छ भन्नुहुन्छ। उहाँले सबैलाई आ-आफ्नो भूमिका दिनुभएको छ– कसैले हिटिङ गर्ने, कसैले खेललाई अगाडि बढाउने।

    ​हामीलाई थाहा छ उनीहरूको टोलीका खेलाडीहरू हामीभन्दा अग्ला छन् र धेरै खेलहरू खेलेका पनि छन्। तर, हामीले हार मान्दैनौँ। हामी अनुशासित भएर खेल्नेछौँ। क्याच छुट्यो भने एक-अर्कालाई गाली नगरी प्रोत्साहन दिनेछौँ। हाम्रो टिममा अझै राम्रा खेलाडीहरू पनि छन्, जो खर्चका कारण जान पाउनुभएको छैन। यदि उहाँहरू पनि जानुभएको भए हाम्रो टिम अझै बलियो हुन्थ्यो। तर, हामीलाई हाम्रो टिममाथि विश्वास छ। हाम्रो जित्ने सम्भावना पनि धेरै छ।

    ​हामी हाम्रो देशका लागि उत्कृष्ट प्रदर्शन गर्न चाहन्छौँ र नेपालको नाम उच्च राख्न चाहन्छौँ। हामी श्रीलंका र इन्डियाजस्ता टिमसँग खेल्नुपर्ने हुन सक्छ। म निकै उत्साहित छु।

    Author

    • वेदान्त प्रेस
      वेदान्त प्रेस

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    वेदान्त प्रेस
    • Website

    Related Posts

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ४ हप्ता अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    २ महिना अगाडि
    Leave A Reply Cancel Reply

    Demo
    Don't Miss

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    वेदान्त प्रेस३ हप्ता अगाडि

    ​ समाजको ऐना मानिने पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव सँगाल्नुभएका र १९ वटाभन्दा बढी…

    जगदुल्लाको शैक्षिक उडान

    ४ हप्ता अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    २ महिना अगाडि

    विद्यालय ज्ञान आर्जन गर्ने स्थान मात्र होइन, अनुशासन, संस्कार र जीवन जिउने कला सिक्ने दोस्रो घर हो

    ३ महिना अगाडि
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo
    About Us
    About Us

    वेदान्त प्रेस – ज्ञान, अनुसन्धान र बौद्धिक विमर्शको मञ्च

    वेदान्त प्रेस एउटा अनलाइन प्रकाशन गृह र बौद्धिक मञ्च हो । हाम्रो मुख्य उद्देश्य नेपालको शैक्षिक, सांस्कृतिक, पुरातात्विक र प्राकृतिक सम्पदाका क्षेत्रमा गहन अनुसन्धान, विश्लेषण र खुला बहसलाई बढावा दिनु हो ।

    ‘वेदान्त’ शब्दले बोकेको ज्ञानको गहिराइ, सत्यको खोजी र अन्तर्निहित एकताको भावनालाई आत्मसात् गर्दै, हामी पूर्वीय ज्ञान परम्परालाई आधुनिक अनुसन्धान विधिहरूसाग जोडेर नयाँ आयामहरू पत्ता लगाउने प्रयत्नमा छौं ।

    Facebook X (Twitter) Pinterest YouTube WhatsApp
    Our Picks

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ४ हप्ता अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    २ महिना अगाडि
    Most Popular

    मोक्षको भ्रम र वास्तविक मार्ग: के हामी सही बाटोमा छौँ ?

    १० महिना अगाडि5 Views

    निलकण्ठ धामः आध्यात्मिकताको नयाँ ज्योति

    १० महिना अगाडि7 Views

    राष्ट्रिय विभूति अरनिकोको जन्मघर: इतिहास र संरक्षणको नयाँ पहल

    ५ महिना अगाडि8 Views
    © 2026 GoSA Desktop. Designed by GOSA.
    • Home

    Type above and press Enter to search. Press Esc to cancel.