Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ४ हप्ता अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    २ महिना अगाडि
    Facebook X (Twitter) Instagram
    Bedanta Press
    • होमपेज
    • समाज
    • अनुसन्धान
    • खोज
    • पुरातत्व
    • प्रकाशन
      • रिपोर्ट
      • लेख
    • बहस
      • प्रकृति
      • शिक्षा
      • समाज
      • संस्कृति
    • मल्टिमिडिया
    • रैथाने ज्ञान
    • सम्पदा
    Bedanta Press
    Home » देशको अवस्था बिग्रेको बेला श्रीलंकामा खेलेर देशको सान बढाउन मेहनत गरिरहेका छौं
    मुख्य स्टोरी

    देशको अवस्था बिग्रेको बेला श्रीलंकामा खेलेर देशको सान बढाउन मेहनत गरिरहेका छौं

    वेदान्त प्रेसवेदान्त प्रेस९ महिना अगाडि3 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Follow Us
    Google News Flipboard Threads
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नमस्ते, म हार्दिक। म १२ वर्षको छु र नेपालको प्रतिनिधित्व गर्दै क्रिकेट खेल्न श्रीलङ्का जाँदैछु। म सहित १५ जनाको टोलीमा छौँ हामी, र मलाई एकदमै ‘एक्साइटेड’ फिलिङ्स भइरहेको छ। यो वर्ष त मेरो लागि खतरा भयो, पहिले भारत, त्यसपछि चीन र अब श्रीलङ्का। मेरो पासपोर्टमा तीनवटा भिसा लागिसक्यो।

    हामी जानुअघि हाम्रो एक्जाम परेको थियो, तर नेपालको अहिलेको सिचुएसनले गर्दा स्कुल छुट्टी भयो। हाम्रो एक्जाम बुधबारबाट सोमबार सर्‍यो। हामी मंगलबार जानुपर्ने भएकाले सोमबारको एउटा एक्जाम मात्र दिन पाइने भयो। अब जाने कुराले एकदमै एक्साइटमेन्ट छ। हाम्रा सरले हामीलाई एउटा सुत्र सिकाउनुभएको छ, ‘विपक्षीले राम्रो खेलिरहेको छ भने त्यसको दिमाग खराब पारिदिने।’ त्यसलाई ‘स्लेज’ गर्ने, जिस्काउने, त्यसको ‘कन््सन्ट्रेसन’ बिगार्ने। ‘क्यान आई सी योर ब्याट?’ भनेर ब्याट लिएर अल्झाउने, अनि त्यसलाई थोरै हल्का गरिदिने रे। ब्याट्सम्यान आफै तर्सिन्छ रे। उसलाई ‘यो नेपालीले केही जादु गर्छ कि’ भन्ने लाग्छ रे। अनि त्यसको ‘कन्फिडेन्स’ घट्छ।


    सडकको आन्दोलन र युवाको पीडा

    म १२ वर्षको मात्र भए पनि मलाई देशको परिस्थितिबारे थाहा छ। भदौ २३ गते भएको जेन-जी को आन्दोलन मैले देखेँ। जेन-जी भनेको 1919 देखि २०12सम्मको एउटा पुस्ता रहेछ। त्यो आन्दोलन हाम्रो देशमा भएको ‘करप्सन’, नेपालीमा भन्दा भ्रष्टाचारविरुद्ध थियो। जनताको दिमाग खराब भइसकेको थियो, अनि सरकारले सामाजिक सञ्जाल बन्द गरिदियो। जनतालाई ‘फियरनेस’ र ‘जस्टिस’ चाहिएको थियो। विदेश जान मन नलागेर पनि ‘कर’ ले जानुपरेको हो, किनकि हामीले तिरेको करको फल पाएका छैनौँ। मैले यो कुरा पहिले पनि एउटा अन्तर्वार्तामा भनेको थिएँ, त्यो खत्रा ‘भाइरल’ भएको थियो।

    त्यो दिन प्रहरीले अन्धाधुन्ध गोली हानेको होइन, घुँडा टेकेर ‘ट्याक्कै’ ताकेर हानेको थियो, बच्चाहरूलाई। मैले त्यो दृश्य देखेँ। एउटा दाइलाई त छातीमा गोली लागेको थियो। त्यो दाइलाई ‘सलुट’ छ। छातीमा र खुट्टामा गोली लागे पनि उहाँ उठेर आफ्नो रगत देखाइरहनुभएको थियो। खल्तीबाट गोली निकालेर देखाउनुभयो, ‘यो मेरो छातीमा लागेको गोली हो’ भनेर। त्यो देख्दा म एकदम ‘इमोसनल’ भएँ। म त्यहीँ थिएँ, पानीको फोहराले अलिअलि भिजें पनि। त्यहाँ एकजना दाइले ‘कति दिन भयो ननुहाएको? गएर नुहाइदिनुपर्ला’ भन्दै हास्नुभएको थियो। त्यो रमाइलो लाग्यो।


    खेल छुट्दाको चिन्ता र राष्ट्रको प्रतिनिधित्व

    मलाई देशको सिचुएसनले दुखी त बनायो, तर मेरो दिमागमा सबैभन्दा धेरै के चलिरहेको छ भने, यो कर्फ्युले गर्दा हाम्रो ट्रेनिङ छुट्यो। हामीले तीन दिन ट्रेनिङ गर्न पाएनौँ। हामी कति धेरै कुरा सिक्न सक्थ्यौँ, हाम्रो टिम ‘कोअर्डिनेसन’ बनाउन सक्थ्यौँ। कति जनालाई त हाम्रो उप-कप्तानको नाम पनि थाहा छैन। मलाई यही कुराले बढी तनाव दिएको छ।

    आज बल्ल अलिअलि ट्रेनिङ भयो। आज हाम्रो ‘सिनारियो’ भएको थियो, जुन म्याच जस्तै हुन्छ। भोलि ‘प्र्याक्टिस म्याच’ छ। म यो टिमको ‘ओपनिङ बलर’ हुँ, ‘वान अफ द मेन बलर’। यो टिमको बलिङ डिपार्टमेन्ट मैले र सामर्थ्य खड्काले सम्हाल्छौँ। हामीले कसलाई र कहिले बलिङ दिने भन्ने सल्लाह दिन्छौँ, अनि निर्णय चाहिँ कप्तानले लिनुहुन्छ।

    हाम्रो टिममा सबै खेलाडी राम्रा छन्। एउटा साथी त एकदमै हँसिलो छ, ‘फुल सिरियस’ मुडमा पनि उसले दिमाग खराब पारिदिन्छ। म ‘अब यसलाई फाड्छु है’ भनेर गइरहेको हुन्छु, पछाडिबाट उसले ‘अप्सरा! के भन्छ?’ भन्दै हाँस्छ। उसले गर्दा ब्याट्सम्यानलाई जिस्काउँदा बल पनि छुटिसकेको हुन्छ। मेरो एउटा समस्या के छ भने, म धेरै ‘डाइभ’ हान्छु। धेरै लड्छु। कहिलेकाहीँ त्यसले टिमलाई फाइदा पनि हुन्छ, कहिलेकाहीँ घाटा। फाइदा चाहिँ विकेट आइदिन्छ, घाटा चाहिँ म आफै घाइते भइदिन्छु।

    हामीले यो अवस्थामा गेम जित्यौँ भने, पछि हाम्रो ‘लाइफ’ मा ‘नेपालको यस्तो कन्डिसन हुँदा नि हामी गेम खेल्न गएका थियौँ है’ भन्ने हुन्छ। ‘यस्तो सिचुएसनमा नि हामीले गेम जितेका थियौँ’ भन्ने हुन्छ। मलाई आशा छ, हामीले राम्रो खेल्नेछौँ र नेपालको नाम राख्नेछौँ।

    Author

    • वेदान्त प्रेस
      वेदान्त प्रेस

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    वेदान्त प्रेस
    • Website

    Related Posts

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ४ हप्ता अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    २ महिना अगाडि
    Leave A Reply Cancel Reply

    Demo
    Don't Miss

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    वेदान्त प्रेस३ हप्ता अगाडि

    ​ समाजको ऐना मानिने पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव सँगाल्नुभएका र १९ वटाभन्दा बढी…

    जगदुल्लाको शैक्षिक उडान

    ४ हप्ता अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    २ महिना अगाडि

    विद्यालय ज्ञान आर्जन गर्ने स्थान मात्र होइन, अनुशासन, संस्कार र जीवन जिउने कला सिक्ने दोस्रो घर हो

    ३ महिना अगाडि
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo
    About Us
    About Us

    वेदान्त प्रेस – ज्ञान, अनुसन्धान र बौद्धिक विमर्शको मञ्च

    वेदान्त प्रेस एउटा अनलाइन प्रकाशन गृह र बौद्धिक मञ्च हो । हाम्रो मुख्य उद्देश्य नेपालको शैक्षिक, सांस्कृतिक, पुरातात्विक र प्राकृतिक सम्पदाका क्षेत्रमा गहन अनुसन्धान, विश्लेषण र खुला बहसलाई बढावा दिनु हो ।

    ‘वेदान्त’ शब्दले बोकेको ज्ञानको गहिराइ, सत्यको खोजी र अन्तर्निहित एकताको भावनालाई आत्मसात् गर्दै, हामी पूर्वीय ज्ञान परम्परालाई आधुनिक अनुसन्धान विधिहरूसाग जोडेर नयाँ आयामहरू पत्ता लगाउने प्रयत्नमा छौं ।

    Facebook X (Twitter) Pinterest YouTube WhatsApp
    Our Picks

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ४ हप्ता अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    २ महिना अगाडि
    Most Popular

    मोक्षको भ्रम र वास्तविक मार्ग: के हामी सही बाटोमा छौँ ?

    १० महिना अगाडि5 Views

    निलकण्ठ धामः आध्यात्मिकताको नयाँ ज्योति

    १० महिना अगाडि7 Views

    राष्ट्रिय विभूति अरनिकोको जन्मघर: इतिहास र संरक्षणको नयाँ पहल

    ५ महिना अगाडि8 Views
    © 2026 GoSA Desktop. Designed by GOSA.
    • Home

    Type above and press Enter to search. Press Esc to cancel.