काठमाडौं — सडक पेटि, पाटी तथा सार्वजनिक स्थलमा अलपत्र अवस्थामा रहेका बेवारिसे मानवहरूको सेवामा समर्पित संस्था मानव कल्याण समाजलाई रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कारबाट सम्मानित गरिएको छ। संस्थाले विगत दशकदेखि गरिब, असहाय र बेवारिसे व्यक्तिहरूको उद्धार, पुनःस्थापना तथा मानव अधिकारको संरक्षणमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ।

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषद्वारा आयोजित एघारौं पुरस्कार तथा सम्मान अर्पण समारोहमा मानव कल्याण समाजलाई नगद रु. दुई लाख सहित सम्मानपत्र प्रदान गरिएको हो।

समारोहका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति, जापानका महामहिम राजदूत तथा शिक्षाविद प्रा. डा. केदार भक्त माथेमाले संस्थाका प्रतिनिधिलाई चेक तथा सम्मानपत्र हस्तान्तरण गर्नुभयो। उहाँले मानव कल्याण समाजको कार्यलाई “समाजको अन्तर्मनमा टेकेर गरिने सेवा” भन्दै प्रशंसा गर्नुभयो।

पुरस्कार कोषले मानव सेवा, सामाजिक न्याय र गरिबी निवारणमा क्रियाशील संस्थाहरूलाई हरेक वर्ष सम्मान गर्दै आएको छ। यस वर्षको छनोटमा मानव कल्याण समाजको निरन्तरता, पारदर्शिता र प्रभावकारी सेवाको मूल्यांकन गरिएको आयोजकले जनाएका छन्।


Author

Share.
Leave A Reply

Exit mobile version