काठमाडौं, भदौ १५ ।
साहित्यिक चेतना, सामाजिक संवाद र समावेशी विचारको सशक्त मञ्च र्यान्डम रिडर्स सोसाइटीले आफ्नो १५ औँ साधारण सभा तथा ७ औँ अधिवेशन सम्पन्न गर्दै नयाँ कार्यसमिति चयन गरेको छ। अध्यक्षबाट कार्यकाल समाप्त पार्दै पूर्व अध्यक्ष रुपिन्द्र प्रभावी जोशीले संस्थाको यात्रामा साथ दिने सबैप्रति हार्दिक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका छन्।
सर्वसम्मत निर्णयअनुसार अध्यक्ष पदमा दीपक पराजुली चयन भएका छन्। उपाध्यक्षमा नेपाल प्रकाश अधिकारी र गौरी तमू, सचिवमा ध्रुव केसी, कोषाध्यक्षमा भरत कोइराला, सहसचिवमा बाबुराम सुवेदी, तथा सदस्यहरूमा हसिना बस्नेत, खिम लामिछाने ‘काजी’, विष्णु सुवेदी, रामजीप्रसाद आचार्य, निकिता भट्टराई, र शङ्करमणि त्रिपाठी रहेका छन्।
पूर्व अध्यक्ष जोशीले संस्थाको स्थापनादेखि हालसम्म नेतृत्व सम्हाल्ने राजेन्द्र चापागाईँ ‘आहत’, गनेस पौडेल, उपेन्द्र पौडेल, र केशव शरण लामिछानेप्रति विशेष सम्मान व्यक्त गर्दै, नेपाल प्रज्ञा-प्रतिष्ठानको सामाजिक शास्त्र विभाग तथा विभाग प्रमुख डा. कौशिला रिसाल, लेखक, परिचर्चाकार, टिम सदस्यहरू र सहभागीहरूप्रति पनि आभार प्रकट गरेका छन्।

