काठमाडौं, पुस १७ गते — नेपाल विद्युत प्राधिकरण ऊर्जाशील कर्मचारी संघमा नयाँ नेतृत्वले पदभार ग्रहण गरेको छ।

संघका केन्द्रीय संयोजक इन्द्रप्रसाद न्यौपाने तथा सह–संयोजक श्री महेश्वर दत्त पनेरू लगायतले भव्य समारोहका बीच पदभार ग्रहण गर्दै आफ्नो ऐतिहासिक जिम्मेवारीलाई आधिकारिक रूपमा थालनी गर्नुभएको हो।

कार्यक्रममा सिङ्गो केन्द्रीय समिति, प्रदेश समिति, देशभरिका सदस्य तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

पदभार ग्रहण समारोहमा संयोजक न्यौपानेले “यो कुर्सी आरामको होइन, जिम्मेवारीको हो। यो पद सत्ताको होइन, सेवाको हो” भन्ने अभिव्यक्ति दिँदै कर्मचारीको आवाजलाई संस्थागत रूपमा डोर्‍याउने, हक–हित र गरिमाका मुद्दालाई ट्रेड युनियन नेतृत्वमार्फत निर्णायक टेबलसम्म पुर्‍याउने तथा परिणाममुखी पहलमा निडरतापूर्वक कर्तव्यबोध गर्ने प्रण गर्नुभएको छ।

यस अवसरमा संघले श्रमिक अधिकार र कर्मचारी हितका मुद्दामा दृढ़तापूर्वक अघि बढ्ने संकल्प व्यक्त गरेको सुचना प्रविधी तथा प्रकाशन विभागका संयोजक पवन विश्वकर्माले जानकारी दिए ।

Author

Share.
Leave A Reply

Exit mobile version