काठमाडौं, १८ मंसिर ।

नेपाल विद्युत प्राधिकरण ऊर्जाशील कर्मचारी संघ
वागमती प्रदेश समितिकाे प्रथम प्रदेश अधिवेशन सम्पन्न भएको छ । काठमाडौँमा भएको अधिवेशनले गोरीनाथ श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ । उपाध्यक्षमा कृष्ण कुमारी वस्याल, सचिव -दुर्गा सुवेदी, सह सचिव- रन्जना भारती, काेषाध्यक्ष- श्रीशु श्रेष्ठ लगायत १९ सदस्यीय कार्यसमिती चयन भएको छ ।
अधिवेशनकको प्रमुख अतिथी संघका केन्द्रीय संयोजक इन्द्रप्रसाद न्यौपाने थिए । अधिवेशनको अध्यक्षता सहसंयोजक महेश्वरदत्त पनेरूले गरेका थिए । सल्लाहकार गजेन्द्र सिह थापा, चतुर्भुज गाैतम, सन्ताेष गाैतम लगायतले शुभकामना दिएका थिए । २ पदाधिकारी र ४ सदस्य मनाेनयनकाे जिम्मा प्रदेश समितिलाई दिईएकाे छ ।

Author

Share.
Leave A Reply

Exit mobile version